तराईमा हुस्सुको प्रभाव, उच्च पहाडी क्षेत्रमा हिमपातको सम्भावना « Khabarhub

तराईमा हुस्सुको प्रभाव, उच्च पहाडी क्षेत्रमा हिमपातको सम्भावना


१८ पुस २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


96
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– देशभर हाल पश्चिमी वायुको आंशिक प्रभाव कायमै रहेकाले तराई भू–भागका अधिकांश स्थानहरूमा आज दिउँसो हुस्सु तथा कुहिरो लाग्ने छ भने केही प्रदेशमा आंशिक बदली भएको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । 
    
अहिले तराईका अधिकांश स्थानहरू हुस्सुले ढाकिएका छन् । महाशाखाका अनुसार आज दिउँसो देशका पहाडी तथा हिमाली भू–भागमा साधारण बदली रही बाँकी भू–भागमा आंशिक बदली रहनेछ । 

कोशी र गण्डकी प्रदेशका पहाडी भू–भागका एकदुई स्थानमा हल्का वर्षाका साथै उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानमा हल्का हिमपातको सम्भावना छ ।  

त्यसैगरी, आज राति कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका पहाडी तथा हिमाली भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मुख्यतया मौसम सफा रहनेछ । कोशी, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना छ । तराईका केही स्थानमा हुस्सु रहनेछ ।

मौसम पूर्वानुमान महाशाखाले तराई क्षेत्रमा हुस्सुको प्रभावका कारण दैनिक जनजीवन, स्वास्थ्य तथा सडक यातायातमा आंशिक असर पर्न सक्ने चेतावनी दिएको छ । महाशाखाले आवश्यक सतर्कता अपनाउन तथा दैनिक रूपमा जारी हुने अद्यावधिक मौसमी सूचनाको जानकारी लिन सर्वसाधारणलाई अनुरोध गरेको छ ।

प्रकाशित मिति : १८ पुस २०८२, शुक्रबार  ६ : २९ बजे

कांग्रेस महाधिवेशन विवाद : सभापति देउवाले शीर्ष नेतालाई छलफलमा बोलाए

काठमाडौं – नेपाली कांग्रेसभित्र नियमित महाधिवेशन स्थगित गरेर महामन्त्रीद्वयले विशेष

निर्माणाधीन एसियाली राजमार्गमा दुर्घटना बढे

झापा– निर्माणाधीन एसियाली राजमार्गको मेचीनगर–६ स्थित पालिया पुलमा बिहीबार राति

पोखरामा आजदेखि चार दिनसम्म दैनिक पाँच घण्टा बिजुली आपूर्ति बन्द हुने

कास्की– पोखरामा आजदेखि २१ गतेसम्म दैनिक पाँच घण्टा बिजुली आपूर्ति

इरानमा बढ्दो महँगीविरुद्ध प्रदर्शन, तीन जनाको मृत्यु

इरान – इरानमा बढ्दो महँगीविरुद्ध जारी विरोध प्रदर्शन रोकिएको छैन।

विद्युत् प्राधिकरणले माग्यो २६० भन्दा बढी कर्मचारी, माघ १० गतेभित्र आवेदन दिन सकिने

काठमाडौं– नेपाल विद्युत् प्राधिकरणले २६० भन्दा बढी कर्मचारी पदपूर्तिका लागि