बीपीएल : सन्दीपको टिम राजशाही सुपर ओभरमा विजयी « Khabarhub

बीपीएल : सन्दीपको टिम राजशाही सुपर ओभरमा विजयी


१८ पुस २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


519
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – बङ्गलादेश प्रिमियर लिग (बीपीएल) अन्तर्गत बिहीबार भएको खेलमा नेपाली लेग स्पिन सन्दीप लामिछाने आवद्ध टिम राजशी वारियर्स सुपर ओभरमा विजयी भएको छ ।

चौथो खेलमा सन्दीपको टिमले रंगपुर राइडर्सलाई सुपर ओभरमा हराएको हो । उक्त रोचक खेलमा सुरुमा ब्याटिङ गर्दै राजशाहीले आठ विकेटको क्षतिमा १५९ रन बनाएको थियो ।

१६० रनको लक्ष्य पछ्याएको रंगपुरले ६ विकेटको क्षतिमा १५९ रन बनाएपछि खेल सुपर ओभरमा धकेलिएको हो ।
सुपर ओभरमा सुरुमा ब्याटिङ गरेको रंगपुरले दुई विकेट गुमाउँदै मात्र ७ रनको चुनौती दिएको थियो । उक्त लक्ष्य राजशाहीले तीन बलमा १० रन बनाउँदै पूरा गरेको हो ।

यो जितसँगै राजशाही चार खेल खेल्दा ६ अंक जोडेर शीर्ष स्थानमा कायम छ । दुई खेलमा एक जित र एक हारको सामना गरेको रंगपुर तालिकाको तेस्रो स्थानमा छ । सुरुको दुई खेलमा प्लेइङ ११ मा परेका सन्दीप लामिछाने भने पछिल्ला खेलमा बेन्चमा छन् । उनले दुई खेलमा तीन विकेट लिएका छ् ।

प्रकाशित मिति : १८ पुस २०८२, शुक्रबार  ७ : ४० बजे

निर्वाचन आयोगमा बालेन शाहविरुद्ध उजुरी

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता तथा झापा–५ मा

माघ तेस्रो सातादेखि एचपीभी खोप लगाइँदै

काठमाडौं- सरकारले यस वर्ष पनि पाठेघरको मुखको क्यान्सरविरुद्धको ‘ह्युमन पापिलोमा

चोरीको मोटरसाइकलसहित एकजना पक्राउ

काठमाडौं- ट्राफिक प्रहरीले चोरीको मोटरसाइकलसहित एकजनालाई नियन्त्रणमा लिएको छ ।

आचारसंहिता अनुगमन गर्न ७७ वटै जिल्लामा खटाइयो अधिकृत

काठमाडौँ– निर्वाचन आयोगले ७७ वटै जिल्लामा आचारसंहिता अनुगमन अधिकृत खटाएको

इरानमा प्रदर्शन दमनमा हजारौँको मृत्यु, तेहरानद्वारा अमेरिकालाई चेतावनी

पेरिस – तेहरानले वासिङ्टनलाई हस्तक्षेप नगर्न चेतावनी दिँदै सुरक्षा फौजले