अस्ट्रेलियन ओपन इलिट ट्रफी खेल्न शिभाली गुरुङलाई बिदाइ « Khabarhub

अस्ट्रेलियन ओपन इलिट ट्रफी खेल्न शिभाली गुरुङलाई बिदाइ


१८ पुस २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– अस्ट्रेलियन ओपन अन्तर्गतको इलिट ट्रफी खेल्न जान लागेकी टेनिस खेलाडी शिभाली गुरुङलाई बिदाइ गरिएको छ ।  

अष्ट्रेलियाको मेलबर्नमा जनवरी १४ देखि ३० तारिखसम्म सञ्चालन हुने अष्ट्रेलियन ओपनको १४ वर्ष मुनिको जुनियर इलिट ट्रफी विधामा प्रतिस्पर्धा गर्न त्यसतर्फ जान लाग्नुभएकी शिभाली गुरुङलाई शुक्रबार काठमाडौंमा आयोजित एक कार्यक्रमकाबीच भाटभटेनी सुपर मार्केट र इन्फिटिनी वेयरले बिदाइ गरेका हुन् । 

उमेर समूहका विभिन्न अन्तर्राष्ट्रिय प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्दै उनी ग्रान्डस्लामसम्म पुग्ने नेपालको पहिलो खेलाडी समेत बन्न सफल भएकी छन् ।

बिदाइ कार्यक्रममा टेनिस खेलाडी शिभाली गुरुङले सबैको साथ र सहयोगका कारण इलिट ट्रफी खेल्ने मौका पाएको भन्दै नेपालको प्रतिनिधित्व गरेर उत्कृष्ट खेल प्रदर्शन गर्ने बताइन् ।

हाल शिभाली १४ वर्ष मुनिको टेनिस एसियाली वरियतामा तेस्रो स्थानमा छन् । 

प्रकाशित मिति : १८ पुस २०८२, शुक्रबार  १ : ०६ बजे

फ्लप भयो नीता-अशोकको फिल्म ‘पार्वती’

काठमाडौं – नायिक नीता ढुंगाना र बाल गायक अशोक दर्जी

नयाँदिल्लीमा भवन भत्किँदा छ जनाको मृत्यु

नयाँदिल्ली– नयाँदिल्लीको सत्य निकेतनमा पाँचतले भवन भत्किँदा छ जनाको मृत्यु

कल्याण गुरुङ भन्छन् : भोटेकोशी बाढीबाट पाठ सिक्दै नदी किनारमा २०० मिटर क्षेत्र खाली राखौँ

काठमाडौं- गत भदौ १० गते भोटेकोशीमा आएको विनाशकारी बाढीले रसुवा,

झापाबाट २२ हात्ती भारत तर्फ

झापा– विगत एक महिनादेखि जिल्लाका विभिन्न सामुदायिक वनमा डेरा जमाएर

पीडितले सरकारको अभाव महसुस गर्न नपरोस् : सभामुख अर्याल

धादिङ– सभामुख डोलप्रसाद अर्यालले प्राकृतिक विपद्बाट प्रभावित कुनै पनि नागरिकले