तीन स्थानीय तहमा फोहरमैला व्यवस्थापन नीतिको वैधता प्रक्रिया सम्पन्न « Khabarhub

तीन स्थानीय तहमा फोहरमैला व्यवस्थापन नीतिको वैधता प्रक्रिया सम्पन्न


१८ पुस २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


54
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– युरोपियन युनियनको सहयोगमा सञ्चालित ग्रिनसिफ्ट परियोजना अन्तर्गत तीन स्थानीय तहमा समग्र फोहरमैला व्यवस्थापनका लागि बनेको नीतिको वैधता प्रक्रिया सम्पन्न गरेको छ । 

परियोजना अन्तर्गत सञ्चालित मधेश प्रदेशको जनकपुरधाम उपमहानगरपालिका, बर्दिबास नगरपालिका र बागमती प्रदेशको ललितपुर महानगरपालिकाका लागि बनाइएको फोहरमैला व्यवस्थापन विधेयकमाथिको नीतिगत वैधता प्रक्रिया सम्पन्न गरिएको क्रिएसन नेपालका कार्यक्रम निर्देशक सुजाता कोइरालाले जानकारी दिइन । 

युरोपियन संघको आर्थिक तथा प्राविधिक सहयोगमा जनकपुर उपमहानगरपालिका, बर्दिबास नगरपालिका र ललितपुर महानगरपालिकामा फोहर व्यवस्थापन नीतिको वैधतामाथि वृहत् छलफल गरी सम्बन्धित स्थानीय तहले अगामी बोर्ड बैठकबाट पारित गर्ने परियोजनाका लिड सन्तोष कुमार मगरले बताए । 

उक्त वैधता प्रक्रिया सम्बन्धित स्थानीय तहहरूमा फोहर व्यवस्थापन विधेयकको प्रभावकारी कार्यान्वयनका लागि महत्त्वपूर्ण आधारका रूपमा लिइएको छ ।

कार्यक्रमअन्तर्गत घरेलु, व्यावसायिक, औद्योगिक, निर्माणजन्य, जैविक, अजैविक तथा जोखिमयुक्त फोहरसमेत सबै प्रकारका फोहरको दिगो व्यवस्थापन, फोहोरमैला व्यवस्थापनमा संलग्न सफाइकर्मीहरूको पेशागत स्वास्थ्य र सुरक्षा सुनिश्चित गर्ने र निजी क्षेत्रको सहभागिता उद्देश्यले तयार गरिएको नीतिको समीक्षा, छलफल र सुझाव संकलन गरिएको थियो । 

यस प्रक्रियामा स्थानीय जनप्रतिनिधि, नगर/महानगरका प्राविधिक कर्मचारी, निजी क्षेत्र, नागरिक समाज, महिला तथा युवा समूह, फोहर व्यवस्थापनमा संलग्न कामदार, तथा विकास साझेदारहरूको सक्रिय सहभागिता रहेको थियो ।

नीति वैधता कार्यशालाहरूमा स्रोतमा फोहर छुट्याउने अभ्यास, पुनः प्रयोग र पुनर्चक्रणको प्रवर्द्धन, जैविक फोहरको कम्पोस्टिङ, प्लास्टिक तथा अन्य अजैविक फोहरको व्यवस्थापन, निजी क्षेत्रको सहभागिता, तथा चक्रीय अर्थतन्त्रका अवधारणाहरूलाई स्थानीय तहमा कसरी कार्यान्वयन गर्ने भन्ने विषयमा गहन छलफल गरिएको थियो ।

सम्बन्धित स्थानीय तहहरूले नीतिको वैधता प्रक्रिया पश्चात् फोहर व्यवस्थापन विधेयकलाई अन्तिम रूप दिई कार्यान्वयनमा लैजाने प्रतिबद्धता व्यक्त गरेका छन् । 

यसले स्वच्छ सहर निर्माण, वातावरण संरक्षण, जनस्वास्थ्य सुधार तथा हरित रोजगारी सिर्जनामा महत्त्वपूर्ण योगदान पुर्‍याउने अपेक्षा गरिएको छ ।

प्रकाशित मिति : १८ पुस २०८२, शुक्रबार  १ : १५ बजे

सेतो गवारोको सङ्क्रमण बढेपछि कफी किसान चिन्तित

गुल्मी- “लटरम्म फलेका कफीका बोटमा सेतो गवारो लाग्यो । वर्षौंसम्म

उष्ण लहरको चेतावनीपछि दुई आणविक रियाक्टर बन्द

पेरिस- फ्रान्सको मुख्य ऊर्जा प्रदायक कम्पनीले बिहीबार दुई आणविक रियाक्टर

डा. चेतना पौडेल पक्राउ प्रकरण : ‘नक्कली चिकित्सक’ कि प्राकृतिक चिकित्सा विज्ञ ?

काठमाडौं- आफूलाई चिकित्सक भन्दै बिरामीलाई भ्रममा पारेर उपचार तथा औषधि

एकता महाधिवेशनका नाममा चिप्लियो रास्वपा, नयाँ-पुराना सबैको चर्को असन्तुष्टि

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी बितेका पाँच दिनदेखि चितवनमा अल्मलिएको छ।