प्रदीपलाई हिट फिल्मको खाँचो, ‘एक्लो’ले फ्लपको ह्याट्रिक पुर्‍याउने डर ! « Khabarhub

प्रदीपलाई हिट फिल्मको खाँचो, ‘एक्लो’ले फ्लपको ह्याट्रिक पुर्‍याउने डर !


१८ पुस २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : 4 मिनेट


84
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – पछिल्लो समय नेपाली फिल्मलाई दर्शक पाउन सकस परेको छ । प्रचार सामाग्रीले दर्शक फिल्मप्रति आकर्षित नहुँदा पहिलो दिनकै अनुकपेन्सी कमजोर देखिएको छ ।

दर्शकबाट राम्रो साथ पाएको पछिल्लो फिल्म हो ‘परान’ । कात्तिक १४ बाट प्रदर्शनमा आएको यस फिल्मले १७ करोड ६८ लाखभन्दा बढी व्यापार गरेको छ । त्यसयता नायक प्रदीप खड्का स्टारर फिल्म ‘एक्लो’बाहेक अन्य ९ फिल्म प्रदर्शनमा आए ।

‘एक्लो’ शुक्रबार दोस्रो दिनमा प्रदर्शनरत छ । त्यसअघि प्रदर्शनमा आएका ९ फिल्मको व्यापार बिजोग छ । ब्लकबस्टर फिल्म ‘जारी’को सिक्वेल ‘जारी २’ यहीबीचमा प्रदर्शनमा आएर फ्लप भयो । जसको लाइफटाइम ग्रस कलेक्सन ६ करोड २५ लाखमात्रै छ । ती ९ फिल्ममध्ये सबैभन्दा बढी व्यापार यसकै छ ।

ती ९ मा सबैभन्दा कमजोर व्यापार गर्ने फिल्म ‘चिराग’ हो । जसको व्यापार ६८ हजार ४५० रुपैयाँ छ । यो फिल्म ३३० जनाले हेरेको तथ्यांक चलचित्र विकास बोर्डसँग छ ।

कात्तिक १४ पछि प्रदर्शनमा आएका नेपाली फिल्मले हलमा दर्शक पाएनन् । तर, मंसिर १९ बाट प्रदर्शनमा आएको हिन्दी फिल्म ‘धुरन्धर’ले भने ९ करोडमाथि व्यापार गरेको छ । यसले पनि नेपाली फिल्मले दर्शक तान्न नसकेको प्रष्ट हुन्छ ।

९ नेपाली फिल्मले तान्न नसकेका ठूलो संख्याका दर्शकलाई हलमा ल्याउने अवसर ‘एक्लो’लाई छ । कहीँ कतै ‘नेपाली फिल्म राम्रै बन्न छोडे’ भन्ने मानसिकतामा राम्रो फिल्म कुरेर बसेका दर्शकलाई हालमा तान्न ‘एक्लो’ टीमलाई चुनौती पनि छ । प्रदीप खड्कालाई पनि आफ्नो स्टारडम देखाउने अवसर छ ।

किनभने प्रदीपका पछिल्ला फिल्महरुले इनिसियल व्यापार सुखद गर्न सकेका छैनन् । उनी स्टार कलाकारलाई महँगो पारिश्रमिक दिनुको कारण पनि इनिसियल व्यापार हो । भाष्य छ, ‘स्टार कलाकारलाई लिए फिल्मको प्रचार सहज हुन्छ, जसले इनिसियल व्यापारा राम्रो हुन्छ ।’

फिल्म व्यवसायमा इनिसियल व्यापारको ठूलो अर्थ छ । इनिसियल दर्शकबाट पाउने प्रतिक्रियाले नै त्यस फिल्मको भविष्य निर्धारण हुन्छ । राम्रो प्रतिक्रिया आए फिल्म चल्छ । नभए हल खाली हुँदै जान्छ, शो कटौतीमा पर्छ ।

अर्थात्, राम्रो कन्टेन्ट भएका फिल्मले इनिसियल दर्शक पाए उनीहरूको सिफारिसमा हलमा दर्शक ओइरिन्छन् ।

‘एक्लो’को इनिसियल व्यापार कस्तो छ ?

‘एक्लो’ फिल्ममा सबैभन्दा चर्चित अनुहार नायक प्रदीप नै हुन् । निर्माण पक्षले फिल्म प्रचारका लागि प्रदीपकै अनुहार देखाएको छ । तर, फिल्ममा उनको भूमिका छोटो छ ।

यो फिल्म हेर्नले सिक्वलेको केन्द्रीय पात्रका लागि ‘एक्लो’मा प्रदीपको पात्र स्थापित मात्रै गर्न खोजिएको अनुमान गरेका छन् ।
नेपालका लागि नौलो साइन्स फिक्सन जनरामा बनेको ‘एक्लो’ले प्रदर्शनको पहिलो दिन दर्शक तान्न सकेन ।

१२४ शोसहित प्रदर्शनमा आएको यस फिल्मको व्यापार कमजोर बन्यो । केही शोमा दर्शक आए भने धेरैजसो कमजोर अकुपेन्सीमा सीमित भए ।

त्यहीकारण दोस्रो दिन शुक्रबार हलहरूले यसको शो कटौती गरी ८१ मा झारेका छन् । शुक्रबार पनि यो फिल्मको टिकट बुकिङ कमजोर छ ।

सकारात्मक ‘वर्ड अफ माउथ’को चर्चा नहुनु पनि व्यापारिक हिसाबले भोलिका दिनका लागि सुखद संकेत होइन ।

आजको कमजोर व्यापारका कारण भोलि शनिबारको सार्वजनिक बिदा भए पनि शो कटौती हुने सम्भावना उच्च देखिन्छ । विगतमा हलहरूले अन्य फिल्महरूमा गरेको व्यवसायीको अभ्यास यस्तै छ । ‘एक्लो’ अपवाद बन्ला र ?

‘एक्लो’को सुरुवाती दिनको व्यापार हिट हुने लक्षण होइन । तर, केही फिल्मले प्रदर्शनको तेस्रो–चौथो दिनबाट दर्शकको साथ पाएको उदाहरण पनि छ ।

‘परान’ले प्रदर्शनको चौथो दिन सोमबारबाट दर्शकको पाएको हो । नेपाली फिल्म इतिहासकै सबैभन्दा बढी व्यापार गर्ने फिल्म ‘पूर्णबहादुरको सारङ्गी’ले चौथो दिनबाट दर्शकको साथ पाएको हो ।

अब ‘एक्लो’को हकमा के हुन्छ ? त्यो हेर्न बाँकी छ । प्रदीप जस्तो स्टार नायकको फिल्मको सुरुवाती व्यापार कमजोर हुनु राम्रो लक्षण होइन । यो उनको स्टारडममाथि धक्का पनि हो ।

प्रदीपलाई हिट फिल्मको खाँचो

लभ स्टोरी जनराको फिल्म ‘प्रेम गीत’को सिक्वेलबाट फ्यान फलोइङ कमाएका नायक हुन्– प्रदीप ।

लभस्टोरीपछि प्रदीपले ‘प्रकाश’ र ‘पुजार सार्की’ जस्ता सामाजिक कथाका फिल्ममा अभ्यास गरे । प्रकाशले यी फिल्मबाट सकारात्मक प्रतिक्रिया पाए भने व्यापार भने ठीक ठाक रह्यो ।

उनको सबैभन्दा बढी सात करोडमाथि व्यापार गर्ने फिल्म नै ‘पुजार सार्की’ हो । मल्टिस्टारर फिल्म भएकाले हिटको सम्पूर्ण क्रेडिट प्रदीपलाई जाँदैन ।

प्रदीप पछिल्लो समय प्रयोगमा थिए । यसमा उनी लगातार दुई पटक असफल भए । उनका अघिल्ला दुई फिल्म ‘एक्टर : टेक वान’ र ‘पिताम्बर’ फ्लप भएका हुन् ।

प्रदीप चल्तीका स्टारमा गनिन्छन् । तर, फिल्म लगातर फ्लप छन् । त्यहीमाथि उनका कुनै पनि फिल्मले १० करोडको आँकडा पार गरेका छैनन् । ‘यसले उनलाई किन महँगो पारिश्रमिक दिइन्छ ?’ भन्ने प्रदीपमाथिको प्रश्नलाई थप गहन बनाएको छ ।

उनका प्रमुख प्रतिद्वन्द्वी मानिएका अनमोल केसीको फिल्म ‘जेरी अन टप’ले १० करोड आँकडा पार गरेपछि उनीमाथि थप दबाब बढेको छ ।

यसबेला प्रदीपलाई आफूले पाएको सुपरस्टारको ट्याग झन् भारी बनेको छ । ट्याग सुपरस्टार तर फिल्मको व्यापार भने कमजोर देखिन्छ ।

‘एक्लो’ फ्लप भएको अवस्थामा प्रदीपले ‘फ्लप फिल्म दिन ह्याट्रिक’ हान्नेछन् । यसको नतिजा उनलाई आउने फिल्मको प्रस्ताव संख्यामा देखा पर्न सम्भावना उच्च छ ।

लगातार फ्लप फिल्म दिएका नायकसँग काम गर्न मेकरहरु धेरै सोच्ने गर्छन् ।

प्रदीप जसरी नै फरक जनरामा अभ्यास गर्दा फ्लप भएर करिअर धरापमा पार्ने नायकहरुको पनि छन् । अहिले प्रदीपमा उक्त जोखिम देखिन्छ ।

यसअर्थ प्रदीपलाई अहिले एउटा हिट फिल्म चाहिएको छ । ‘एक्लो’ असफलतापछि उनको आफ्नो करिअरलाई कसरी अगाडि बढाउँछन्, त्यो भने आगामी दिनमा देखिनेछ ।

अझै प्रमुख चासोसाथ हेरिएको विषय हो– प्रदीप लभस्टोरी जनरामा फर्किन्छन् वा नयाँ जनरामै आफूलाई पुष्टि गर्छन् ?

प्रकाशित मिति : १८ पुस २०८२, शुक्रबार  ६ : २३ बजे

भद्रपुर विमानस्थलमा बुद्ध एयरको जहाज चिप्लियो

काठमाडौँ- झापाको भद्रपुर विमानस्थलमा बुद्ध एयरको जहाज दुर्घटनामा परेको छ

५११ प्रहरी नायव निरीक्षकको सरुवा, १७० को बढुवा (हेर्नुहोस् सूची)

काठमाडौं- नेपाली प्रहरीको जनपथ समूहतर्फ ठूलो संख्यामा प्रहरी नायब निरीक्षकको

दक्षिण कोरियाका पूर्वराष्ट्रपति युनविरुद्ध पुनः पक्राउ पुर्जी जारी

सियोल – दक्षिण कोरियाको एक अदालतले शुक्रबार पूर्वराष्ट्रपति युन सुक

यस्ता छन् कांग्रेस कार्यसम्पादन समितिका निर्णयहरू

काठमाडौं– नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले विशेष महाधिवेशनको औचित्य

ट्रम्पको चेतावनीः इरानमा प्रदर्शनकारी मारिए अमेरिकाले हस्तक्षेप गर्छ

वासिङ्टन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमा जारी जीवनयापनको लागतविरुद्धका