काठमाडौं – कलाकार मरिचमान श्रेष्ठ ‘बल्छी धुर्बे’को लेखन, निर्देशन र प्रमुख भूमिकामा रहेको फिल्म ‘गोबर गणेश’को ट्रेलर सार्वजनिक भएको छ ।
निर्माण पक्षले कमलपोखरीस्थित एक फिल्म हलमा कार्यक्रमको आयोजना गरी सार्वजनिक गरेको ट्रेलरले फिल्ममा बल्छी धुर्बे नै केन्द्रीय भूमिकामा रहेको प्रष्ट पारेको छ । ३ मिनेट लामो ट्रेलरमा उनी नै हाबी छन् ।
गरिबीमा हुर्किएको ग्रामिण युवाले सहरमा भोग्ने कथाहरुका फिल्म बनेको ट्रेलरले बताउँछ । संघर्षका दौरान उसले पाएको भोग्न कष्ट आमासँग जोडेर देखाइएको छ । बल्छीको आमाको भूमिकामा सितादेवी तिमल्सेना रहेकी छन् ।
फिल्ममा हाँस्य र भावनात्मक खुराकहरुहरुले पूर्ण रहेको सन्देश ट्रेलरबाट दिन खोजिएको छ । वर्षा र बल्छीको सम्बन्ध ट्रेलरमा खुलाइएको छैन ।
‘होस्टल ३’बाट चर्चामा आएका पदम तामाङ र सन्तोष बानियाँ भने बल्छीको साथीको भूमिकामा देखिएका छन् ।
बल्छी धुर्बे फिल्मस्को प्रस्तुतीमा बनेको यस फिल्मको पुजन घिमिरे, बुद्धि तामाङ, निर्मल शर्मा, माओत्से गुरुङलगायतको अभिनयर रहेको छ ।
यसको प्रदर्शन मिति माघ १ लाई तोकिएको छ ।
ट्रलेरको लिंक :













प्रतिक्रिया