बल्छी धुर्बेको फिल्म ‘गोबर गणेश’को ट्रेलर सार्वजनिक « Khabarhub

बल्छी धुर्बेको फिल्म ‘गोबर गणेश’को ट्रेलर सार्वजनिक


१८ पुस २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


93
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – कलाकार मरिचमान श्रेष्ठ ‘बल्छी धुर्बे’को लेखन, निर्देशन र प्रमुख भूमिकामा रहेको फिल्म ‘गोबर गणेश’को ट्रेलर सार्वजनिक भएको छ ।

निर्माण पक्षले कमलपोखरीस्थित एक फिल्म हलमा कार्यक्रमको आयोजना गरी सार्वजनिक गरेको ट्रेलरले फिल्ममा बल्छी धुर्बे नै केन्द्रीय भूमिकामा रहेको प्रष्ट पारेको छ । ३ मिनेट लामो ट्रेलरमा उनी नै हाबी छन् ।

गरिबीमा हुर्किएको ग्रामिण युवाले सहरमा भोग्ने कथाहरुका फिल्म बनेको ट्रेलरले बताउँछ । संघर्षका दौरान उसले पाएको भोग्न कष्ट आमासँग जोडेर देखाइएको छ । बल्छीको आमाको भूमिकामा सितादेवी तिमल्सेना रहेकी छन् ।

फिल्ममा हाँस्य र भावनात्मक खुराकहरुहरुले पूर्ण रहेको सन्देश ट्रेलरबाट दिन खोजिएको छ । वर्षा र बल्छीको सम्बन्ध ट्रेलरमा खुलाइएको छैन ।

‘होस्टल ३’बाट चर्चामा आएका पदम तामाङ र सन्तोष बानियाँ भने बल्छीको साथीको भूमिकामा देखिएका छन् ।

बल्छी धुर्बे फिल्मस्को प्रस्तुतीमा बनेको यस फिल्मको पुजन घिमिरे, बुद्धि तामाङ, निर्मल शर्मा, माओत्से गुरुङलगायतको अभिनयर रहेको छ ।

यसको प्रदर्शन मिति माघ १ लाई तोकिएको छ ।

ट्रलेरको लिंक :

प्रकाशित मिति : १८ पुस २०८२, शुक्रबार  ६ : ५७ बजे

इरानका संवेदनशील क्षेत्रमा आक्रमण, तर जोखिम न्यून

एजेन्सी– अन्तर्राष्ट्रिय आणविक ऊर्जा निकायका अनुसार इरानका खोनदाब र खुजेस्तानस्थित

पहिचान, इतिहास र संस्कृतिको खोजमा राजवंशी ठाकुर समुदाय

कञ्चनपुर– थारू जातिभित्रको राजवंशी ठाकुर समुदायले आफ्नो भाषा, संस्कृति र

मध्यपूर्व द्वन्द्वको वैश्विक असर, अर्थतन्त्रमा दबाब

एजेन्सी– मध्यपूर्वमा जारी युद्धले विश्व अर्थतन्त्रमा गहिरो र बहुआयामिक असर

ओली–लेखकको पक्राउ राजनीतिक प्रतिशोध र पूर्वाग्रहको पराकाष्ठा : तरुण दल 

काठमाडौँ– नेपाली कांग्रेसको भ्रातृ सङ्गठन नेपाल तरुण दलले पूर्वप्रधानमन्त्री केपी

फौजी एक्सन : महाशुद्धीकरणको आरम्भ कि राजनीतिक प्रतिशोध ?

सरकार गठन भएको २४ घण्टा नबित्दै नेपाली राजनीतिको एउटा विशाल