विद्यार्थीले पस्किए ‘फुड फेस्टिभल’मा खानाका परिकार « Khabarhub

विद्यार्थीले पस्किए ‘फुड फेस्टिभल’मा खानाका परिकार


१८ पुस २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


72
Shares
  • change font
  • change font
  • change font

गुल्मी– विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना गरिएको छ । 

तम्घासस्थित महेन्द्र नमूना माध्यमिक विद्यालयमा अतिरिक्त क्रियाकलापअन्तर्गत आज आयोजित ‘फुड फेस्टिभल’मा कक्षा ३ देखि १२ सम्मका विद्यार्थीको  सहभागिता थियो ।

विद्यार्थीले विभिन्न खानाका परिकार बनाएर बिक्री गरेका छन् । कक्षा ११ का रोशन पाण्डे नेतृत्वको समूहले रसबरीलगायतका परिकार तयार पारेको थियो भने कक्षा ९ का हिमाल पाण्डेले मःम र पकौडा बिक्री गरेका थिए  । कक्षा ५ का सफल गौतमको समूहले चाउमिन फ्राइ मःम र पकौडा बनाउँदै आम्दानीसँगै सीप सिकेको बताए ।

त्यसैगरी,  कक्षा ७ का छात्र अञ्जन पाण्डे भान्सामै कफी तयार गरेर प्रतिकप ३५ रुपैयाँमा बिक्री गरेका थिए । विद्यालयका सबै विद्यार्थीले फुडफेस्टिभलमा कुनै न कुनै परिकार बनाएर कार्यक्रममा सहभागिता जनाएका थिए । विद्यार्थी बिहानैदेखि दिनभर खाना बनाउन, स्टलबाट सामग्री बिक्री गर्न र ग्राहक व्यवस्थापनमा व्यस्त रहेका देखिन्थे ।
 
कार्यक्रमका संयोजक गिरीप्रसाद खनालका अनुसार विद्यार्थीलाई किताबी ज्ञानमा मात्र सीमित नराखी व्यावहारिक सीप सिकाउने उद्देश्यले उक्त कार्यक्रमको आयोजना गरिएको बताइएको छ । ४४ वटा स्टल रहेको फेस्टिभलमा सेलरोटी, खीर, अचार, गुलाबजामुन, पानीपुरी, चटपटे, आलुचप, मःम, पकौडा, फलफूल र ब्रेड रोललगायत दर्जजौँ खानाका परिकार राखिएको थियो ।

विद्यालयका प्रधानाध्यापक कृष्णप्रसाद मरासिनीले सो कार्यक्रमले विद्यार्थीहरूभित्र अन्तर्निहित प्रतिभा पहिचान गर्न सहयोग पुगेको बताए । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रामप्रसाद पन्थीले यसले विद्यार्थीको चौतर्फी विकासमा योगदान पुर्‍याउने विश्वास व्यक्त गरे।

रेसुङ्गा नगरपालिका उपप्रमुख अमृतादेवी कुँवरले विद्यालयमा गरिने यस्ता प्रकारका कार्यक्रम विद्यार्थीको सिकाइका लागि निकै प्रभावकारी र व्यावहारिक हुने भन्दै यसलाई निरन्तरता दिनुपर्नेमा जोड दिएका थिए । ‘फुड फेस्टिबल’ कार्यक्रममा चार सयभन्दा बढी विद्यार्थीहरूको प्रत्यक्ष सहभागिता थियो । 

प्रकाशित मिति : १८ पुस २०८२, शुक्रबार  ७ : २६ बजे

ट्रम्पको चेतावनीः इरानमा प्रदर्शनकारी मारिए अमेरिकाले हस्तक्षेप गर्छ

वासिङ्टन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमा जारी जीवनयापनको लागतविरुद्धका

बिजुलीको अत्यधिक मागपछि सबस्टेशनको ‘बसबार’ स्तरोन्नति स्थगित

कास्की – पोखराको कुँडहरमा रहेको नेपाल विद्युत् प्राधिकरणको कुँडहर सबस्टेशनको

कांग्रेस महाधिवेशन आगामी वैशाख २८ मा गर्ने प्रस्ताव पारित, महामन्त्रीलगायतको असहमति

काठमाडौं – नेपाली कांग्रेसले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८

निर्वाचन रोक्ने बहाना स्वीकार्य छैनः योगेश भट्टराई

विराटनगर – नेपाल कम्युनिष्ट पार्टी (एमाले)का उपमहासचिव योगेश भट्टराईले आगामी