बिजुलीको अत्यधिक मागपछि सबस्टेशनको ‘बसबार’ स्तरोन्नति स्थगित « Khabarhub

बिजुलीको अत्यधिक मागपछि सबस्टेशनको ‘बसबार’ स्तरोन्नति स्थगित


१८ पुस २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


99
Shares
  • change font
  • change font
  • change font

कास्की – पोखराको कुँडहरमा रहेको नेपाल विद्युत् प्राधिकरणको कुँडहर सबस्टेशनको बसबार स्तरोन्नति स्थगित गरिएको छ ।

सो कार्यका लागि आजदेखि पुस २१ गतेसम्म दैनिक पाँच घण्टा बिजुली आपूर्ति बन्द हुने कार्यतालिका रहे पनि प्रतिकूल मौसमका कारण बिजुलीको माग बढ्न गएर फिडरहरूमा समस्या भएपछि केही दिनका लागि स्तरोन्नति स्थगित गरिएको पोखरा वितरण केन्द्रका प्रमुख जितेन्द्र यादवले जानकारी दिए ।

उनका अनुसार पोखरामा एकदुई दिनयताको चिसो मौसमका कारण बिजुलीको माग बढेर पावर ट्रान्सफर्मरमा पनि ओभरलोड भएर समस्या आएको छ । “कुँडहरको १३२ केभी बसबारको आज बिहान स्तरोन्नति गरेपछि लाइन सञ्चालन गर्दा प्रतिकूल मौसमका कारण अत्यधिक लोड वृद्धि भएर फिडरहरूमा समस्या आयो । त्यसकारणले हाललाई सो कार्य केही दिनका लागि स्थगन गरिएको हो । मौसम अनुकूल भएपछि कार्यतालिका प्रकाशित गरी सो कार्य पुनः सुरु गर्नेछौँ”, केन्द्र प्रमुख यादवले भने ।

विद्युत् प्राधिकरणको पोखरा ग्रीड महाशाखाअन्तर्गतको कुँडहर सबस्टेशनमा बसबार स्तरोन्नतिका लागि बिहान ६ः०० देखि ११ः०० बजेसम्म चार दिनसम्म पोखराको सम्पूर्ण क्षेत्रमा बिजुली आपूर्ति बन्द हुने प्राधिकरणले जनाएको थियो ।

प्रकाशित मिति : १८ पुस २०८२, शुक्रबार  ८ : ४५ बजे

उपसभामुख पदमा श्रम संस्कृति पार्टीको दाबी

काठमाडौँ– श्रम संस्कृति पार्टीले संघीय संसद अन्तर्गत प्रतिनिधिसभाको उपसभामुखमा दाबी

व्यासको बैरेनी जग्गा विकास आयोजनामा ८० प्रतिशत भौतिक प्रगति

तनहुँ– व्यवस्थित सहर विकासका लागि तनहुँको व्यास नगरपालिकाले बैरेनीमा सञ्चालन

भूतपूर्व सैनिक सम्मेलन आइतबारदेखि हुँदै

काठमाडौँ– भूतपूर्व सैनिकहरुको सम्मेलन आइतबारदेखि सुरु हुँदैछ । नेपाली सेनाले

तराईसहित पाँच प्रदेशमा हावाहुरी, पहाडी भूभागमा वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

महिला चेम्बरद्वारा अग्रणी महिला सम्मानित

काठमाडौँ– राजनीति, न्याय, शिक्षा, समाजसेवा, कला, प्रशासन, पर्यटन, खेलकूद लगायतका