बुद्धको अर्काे जहाज टेक्निकल टिम लिएर गयो झापा « Khabarhub

बुद्धको अर्काे जहाज टेक्निकल टिम लिएर गयो झापा


१८ पुस २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


645
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – झापाको भद्रपुर विमानस्थलमा दुर्घटनाग्रस्त जहाजबारे अध्ययन गर्नका लागि बुद्ध एयरको टेक्निकल टिम त्यसतर्फ गएको छ । नागरिक उड्डयन प्राधिकरणका अनुसार किाठमाडौँबाट भद्रपुर उडानको ९ एन एएमएफ कलसाइन भएको बुद्ध एयरको जहाज शुक्रबार राति दुर्घटनामा परेको हो ।

‘काठमाडौंबाट अर्को जहाजमा टेक्निकल एवं रिलिफ टिम पठाइएको छ’ बुद्ध एयरले भनेको छ ।

जहाज रन वेबाट चिप्लिएर दुर्घटनामा परेको नेपाल नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता ज्ञानेन्द्र भुलले जानकारी दिए ।

उनले काठमाडौँ–भद्रपुर उडानको ९ एन एएमएफ कलसाइन भएको एटिआर ७२ जहाज दुर्घटनामा परेको बताउँदै यात्रु र चालक दलका सदस्य सबै सकुशल रहेको बताए । जहाजमा ५१ जना सवार थिए ।

प्रकाशित मिति : १८ पुस २०८२, शुक्रबार  १० : १९ बजे

राजनीतिकर्मी अनुसन्धानकर्ता पनि हुनुपर्छ : अध्यक्ष बिजुक्छे

भक्तपुर– नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले राजनीतिकर्मीले राजनीति

२९ प्रतिशत सामुदायिक विद्यालयमा सूचना प्रविधि प्रयोगशाला स्थापना

काठमाडौँ – मुलुकभर सञ्चालित सामुदायिक विद्यालयमध्ये २९ दशमलव ६ प्रतिशत

ट्राफिक प्रहरीद्वारा पाँच हजार ४३४ जनचेतनामूलक कार्यक्रम

काठमाडौँ– काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले सवारी दुर्घटना न्यूनीकरण तथा

पर्यटकको रोजाइमा घोडेपानी–पुनहिल

म्याग्दी– पूर्वी क्षितिजमा लाली चढ्दै गर्दा पुनहिलको टाकुरा पर्यटकले भरिन

एनपीएलमा डेढ अर्बको आर्थिक कारोबार हुने, स्पोन्सरसिपबाट मात्रै २० करोड संकलन

काठमाडौँ – नेपाल प्रिमियर लिग (एनपिएल)लाई आर्थिक रूपमा निकै उचाइमा