जाडोयाममा स्वास्थ्य सतर्कता अपनाउन मन्त्रालयको अपिल « Khabarhub

जाडोयाममा स्वास्थ्य सतर्कता अपनाउन मन्त्रालयको अपिल


१८ पुस २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – जाडोयाम सुरु भएसँगै चिसो, कुहिरो, हिमपात लगायतका कारण जनस्वास्थ्यमा प्रतिकूल असर पर्न थालेको भन्दै स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आवश्यक सतर्कता अपनाउन आग्रह गरेको छ ।

मन्त्रालयले आज एक विज्ञप्ति जारी गर्दै जाडोयाममा रुघा, खोकी, ज्वरो, दम बढ्ने, सास फेर्न गाह्रो हुने तथा शीताङ्ग ९हाइपोथर्मिया० का लक्षण देखिने बिरामीको सङ्ख्या बढ्दै गएको उल्लेख गरेको छ । पछिल्ला वर्ष जाडोयामसँगै बढ्ने वायु प्रदूषणले मुटु, फोक्सो, मस्तिष्कलगायत अङ्गमा गम्भीर असर पु¥याउने र दम तथा क्यान्सर जस्ता दीर्घ रोगको जोखिम बढाउने गरेको मन्त्रालयको भनाइ छ ।

विशेषगरी बालबालिका, गर्भवती, वृद्धवृद्धा र दीर्घ रोगीहरू जाडोयाममा बढी जोखिममा रहने भएकाले चिसोबाट बच्न, धुवाँ–धुलोबाट जोगिन, पोषक तत्वयुक्त सन्तुलित खाना खान, न्यानो लुगा लगाउन तथा भिटामिन ‘सी’ युक्त फलफूल र सागपात पर्याप्त मात्रामा सेवन गर्न मन्त्रालयले आग्रह गरेको छ । सरसफाइमा ध्यान दिन, प्रशस्त मात्रामा झोल पदार्थ सेवन गर्न र अत्यधिक चिसो समयमा अनावश्यक रूपमा बाहिर ननिस्कन पनि मन्त्रालयका प्रवक्ता डा प्रकाश बुढाथोकीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

मन्त्रालयले चिसोका कारण देखिने समस्या बढेमा नजिकको स्वास्थ्य संस्थामा सम्पर्क गर्न वा ‘हेलो स्वास्थ्य कल सेन्टर १११५’ मा परामर्श लिन आग्रह गरेको छ । त्यसैगरी जाडोयाममा आगो, हिटर तथा गिजर प्रयोग गर्दा सावधानी नअपनाउँदा हरेक वर्ष मृत्यु तथा अस्पताल भर्ना हुने घटना हुने गरेको उल्लेख गर्दै मन्त्रालयले विशेष सतर्कता अपनाउन भनेको छ ।

हावा पास नहुने कोठामा यस्ता उपकरण प्रयोग गर्दा कार्बन मोनोअक्साइड ग्यास जम्मा भई ज्यानसमेत जोखिममा पर्न सक्ने भएकाले आगो तथा तताउने उपकरण खुला र सुरक्षित स्थानमा मात्र प्रयोग गर्न, सुत्ने बेलामा निभाउन, ज्वलनशील सामग्री टाढा राख्न र गिजर बाथरुमबाहिर जडान गर्न आग्रह गरिएको छ ।

यस्ता उपकरण प्रयोग गर्दा टाउको दुख्ने, रिङ्गटा लाग्ने जस्ता लक्षण देखिएमा तुरुन्त हावा आवतजावत हुने खुला स्थानमा जान र समस्या निरन्तर रहेमा नजिकको स्वास्थ्य संस्थामा तत्काल सम्पर्क गर्न मन्त्रालयले अनुरोध गरेको छ ।

प्रकाशित मिति : १८ पुस २०८२, शुक्रबार  १० : ४९ बजे

आपत्कालीन ढोका खोलेर जसले बचाए बुद्धको जहाजका ५१ यात्रुको ज्यान

काठमाडौं– झापाको भद्रपुर विमानस्थलमा अवतरणका क्रममा शुक्रबार राति बुद्ध एयरको

जाडोयाममा स्वास्थ्य सतर्कता अपनाउन मन्त्रालयको अपिल

काठमाडौं – जाडोयाम सुरु भएसँगै चिसो, कुहिरो, हिमपात लगायतका कारण

बन्दीपुर भ्रमण वर्षमा साढे छ लाख पर्यटक भित्रिए

तनहुँ – बन्दीपुर भ्रमण वर्ष २०२५ को अवसरमा बन्दीपुरमा छ

बुद्ध एयरका यात्रु अर्जुनधाराका मेयर भन्छन् : दुई जना भाइहरूले ढोका फुटाए, हाम्फालेर बाँच्यौँ

काठमाडौँ । शुक्रबार साँझ काठमाडौँबाट भद्रपुर झापा उडान भरेको बुद्ध