इमर्जेन्सी ढोका खोलेका मोक्तान भन्छन्ः एयर होस्टेसले नतान्नु भन्दै हुनुहुन्थ्यो, मैले लात्ती हानेर खोलिदिएँ « Khabarhub

बुद्ध एयरको जहाज दुर्घटना

इमर्जेन्सी ढोका खोलेका मोक्तान भन्छन्ः एयर होस्टेसले नतान्नु भन्दै हुनुहुन्थ्यो, मैले लात्ती हानेर खोलिदिएँ


१८ पुस २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


17.7k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – भद्रपुर विमानस्थलमा अवतरणका क्रममा बुद्ध एयरको विमान रनवेमा चिप्लिएको छ । झापाका प्रहरी प्रमुख प्रहरी उपरीक्षक राजन लिम्बूका अनुसार विमान रनवेबाट करिब १८० मिटर बाहिर पुगेको हो ।

आज साँझ ७ः०० बजे काठमाडौँबाट भद्रपुर प्रस्थान गरेको विमान ९ः४५ बजेतिर अवतरण गर्ने क्रममा उक्त घटना भएको हो ।

नेपाल नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता ज्ञानेन्द्र भुलले काठमाडौँ–भद्रपुर उडानको ९ एन एएमएफ कलसाइन भएको एटिआर ७२ जहाज दुर्घटनामा परेको बताउँदै यात्रु र चालक दलका सदस्य सबै सकुशल रहेको बताए ।

जहाजमा यात्रुका रुपमा उमेश मोक्तान पनि थिए । उनैले इमर्जेन्सी झ्यालको ढोका खोलेका थिए । उनी भन्छन् ‘एयर होस्टेज आतिएपछि मैले धकेल्दिएर जहाजको इमर्जेन्सी ढोका खोले। एयरहोस्टेजले नतान्नु भन्दै हुनुहुन्थ्यो तर मैले उहाँको जिद्दी नमानिकन पछि धकेलिएर इमर्जेन्सी ढोका खोले ।’

उनले इमर्जेन्सी ढोका खुलेपछि यात्रुहरुले त्यहीबाट हाम फालेर ज्यान जोगाएको बताए । उमेशले भने, ‘ल्यान्ड भइसकेको थियो आइपुग्यो भनेर खुसी भइयो। तर एक्कासी चिप्लिएको आवाज आयो पछाडिबाट धुवाको मुस्लो देखियो र गनायो। सबैजना डराउनुभयो । कोही रुने, कराउने गर्न थाल्नुभयो । मैले इमर्जेन्सी ढोका हत्तपत्त खोले । धेरैजना आमाहरुले पनि हाम फालेर ज्यान बचाउनु भएको छ । हाम नफालेको भए त निशासिएर मरिसकिने थियो। धेरैजना यात्रुहरूले चिच्याउँदै ढोकामा लात्ता हान्नुभएको थियो तर खुल्ने अवस्था थिएन। सपना हो की जस्तो लाग्यो ।’

प्रकाशित मिति : १८ पुस २०८२, शुक्रबार  ११ : १९ बजे

रास्वपाका प्रतिनिधिलाई पार्टीको खाना आजमात्रै भोलिदेखि आफैँ बस्दोबस्ती गर्नुपर्ने

काठमाडाैं – सत्तारुढ दल रास्वपाको चितवनमा जारी पहिलो महाविधेशनका लागि

रास्वपा महाधिवेशनमा नगएका अमरेशको चेतावनी : संघीयतामाथि हस्तक्षेप स्वीकार्य हुँदैन

काठमाडौं – रास्वपाका सांसद अमरेशकुमार सिंहले रास्वपाकै प्रस्तावनामाथि कडा टिप्पणी

रास्वपा निर्वाचन : कोशीमा निशालाई सर्वाधिक मत, विश्वराज दोस्रो

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम राष्ट्रिय महाधिवेशनअन्तर्गत केन्द्रीय

रास्वपाको केन्द्रिय सदस्यमा कर्णालीबाट सीता, तासी र विनिता विजयी

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय सदस्य पदको निर्वाचनमा

रास्वपाको केन्द्रीय सदस्यमा स्वर्णिमलाई सर्वाधिक मत

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय सदस्य पदको