आज २०८२ साल माघ १९ गते सोमबारको राशिफल « Khabarhub

आज २०८२ साल माघ १९ गते सोमबारको राशिफल


१९ माघ २०८२, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


489
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – आज २०८२ साल माघ १९ गते सोमबार फागुन कृष्ण पक्षको प्रतिपदा तिथि । तदनुसार सन् २०२५ फेब्रुअरी २ तारिख । विश्व सीमसार दिवस । नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी हुन्छ। खबरहबका लागि ज्योतिष पण्डित सूर्यनाथ लुइटेलले तयार पार्नुभएको आजको फलादेश:

मेष : धन लाभ हुने दिन छ । स्वास्थ्य क्षेत्रको लगानीमा फाइदा हुनेछ । राजनीतिक क्षेत्रमा साथीको साथ मिल्नेछ । सेवाको अवसर मिल्नेछ । गोपनीयता भंग गरेमा घाटा हुनेछ ।

वृष : धार्मिक क्षेत्रको यात्रा तय हुने दिन छ । बोली र व्यवहारमा एकरुपता नहुँदा समस्या पर्नेछ । सञ्चित धन अनुत्पादक क्षेत्रमा खर्च हुनेछ । शिक्षामा ढिलासुस्ती हुनेछ । व्यापारमा भने फाइदा हुनेछ ।

मिथुन : साना कुराले मन अशान्त बन्नेछ । गणेशको सेवा गर्न सकेमा दिन सहज बन्नेछ । धार्मिक क्षेत्रको यात्रा तय हुनेछ । विज्ञसँगको भेटले मनमा ऊर्जा मिल्नेछ । परिवारमा सुखशान्ति मिल्नेछ ।

कर्कट : शनिको प्रभावले साथी टाढा हुनेछ । स्वास्थ्यमा सुधार हुनाले मनमा उत्साह मिल्नेछ । पश्चिमको लामो यात्रा नगर्नु उचित हुनेछ । राजनीतिक व्यक्तिसँग सचेत भएर अगाडि बढ्नुपर्ने देखिन्छ ।

सिंह : परिवारको साथ र सहयोग प्राप्त हुनेछ । रोगसँग लड्ने क्षमता बढाउन खानपानमा विशेष ख्याल गर्नुपर्नेछ । प्रेम सम्बन्ध सुमधुर बन्ने योग छ । यात्रा अगाडि साेच विचार गर्नु राम्रो हुनेछ ।

कन्या : नजिकका साथीले तपाईंको बोलीको गलत अर्थ लगाउने जोखिम रहेको छ । व्यापारमा भन्दा शिक्षामा गरेको प्रयास सफल बन्नेछ । खानपानमा समस्या हुनसक्छ । परिवारले निगरानी गर्ने भएकाले व्यवहार गर्दा सचेत बन्नुपर्नेछ ।

तुला : शिक्षा क्षेत्रको लगानीले उत्साह मिल्नेछ । विपक्षी साथीले तपाईंको प्रशंसा गर्नेछन् । परिवारको तर्फबाट उचित सुझाव प्राप्त हुनेछ । बौद्धिक व्यक्तिसँगको भेटले मनमा उत्साह मिल्नेछ ।

वृश्चिक : बन्धुसँगको सहकार्यले फाइदा हुनेछ । स्वास्थ्यमा समस्या हुने भएकाले औषधीलाई नियमित गर्नु उचित हुनेछ । निजी क्षेत्रमा गरेको लगानीबाट आम्दानी बढ्नेछ । गोप्य योजना सुरुमा परिवारभित्र सार्वजनिक गर्दा ठुलो घाटा हुनेछ ।

धनु : आजको दिन शिक्षा क्षेत्रमा गरेको लगानीबाट फाइदा हुनेछ । व्यापारमा लगानी नगर्नु उचित हुनेछ । परिवारको साथ र सहयोग प्राप्त हुनेछ । दाम्पत्य जीवन सुखयम बित्नेछ ।

मकर : लगानीका क्षेत्रमा फाइदा हुनेछ । गुम्न लागेको सम्पत्ति प्राप्त हुनेछ । दाजुभाइसँगको सहकार्यले मनमा उत्साह बढ्नेछ । शिक्षाको क्षेत्रमा ढिलासुस्ती हुने देखिन्छ । परिवारसँग रमाइलो गरेर दिन बिताउने समय रहेको छ ।

कुम्भ : अनुत्पादक क्षेत्रमा खर्च बढ्नेछ । अरुका कुरा थोरै सुनेर आफ्नो काम गर्नु उचित हुनेछ । परिवारले दिएको सुझाव अनुसार अगाडि बढेमा फाइदा हुनेछ । व्यापारमा फाइदा हुनेछ । धार्मिक कार्यमा सहभागी भएर दिनको सुरुवात गर्नु उचित हुनेछ ।

मीन : गुम्न लागेको धन प्राप्त हुनेछ । दाजुभाइबाट भन्दा सहकर्मीबाट उचित सल्लाह पाउने योग छ । शिक्षाको क्षेत्रमा मिहेनतको खाँचो छ । बिहान उठेर पिपलको परिक्रमा मात्र गरेमा दिन सहज बन्नेछ । 

प्रकाशित मिति : १९ माघ २०८२, सोमबार  ५ : १२ बजे

पाकिस्तानले गर्‍यो विश्वकपमा भारतसँगको खेल बहिष्कार

काठमाडौं – पाकिस्तान सरकारले आईसीसी टी-२० विश्वकपमा भारतसँगको खेल बहिष्कार

कंगोमा खानी भत्किँदा दुई सय भन्दा बढीको मृत्यु

किन्सासा – प्रजातान्त्रिक गणतन्त्र कङ्गोको पूर्वी क्षेत्रमा विद्रोही लडाकू समूहको

राष्ट्रपति पौडेल जापान प्रस्थान: कस्तो छ भ्रमण तालिका ?

काठमाडौं – राष्ट्रपति रामचन्द्र पौडेल मित्रराष्ट्र जापानको औपचारिक भ्रमणमा गएका

निर्वाचन ३१ दिन बाँकी : ३० लाख मतपत्र छापियो

काठमाडौं – आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा

सोमबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमयदर