निर्वाचन ३१ दिन बाँकी : ३० लाख मतपत्र छापियो « Khabarhub

निर्वाचन ३१ दिन बाँकी : ३० लाख मतपत्र छापियो


१९ माघ २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा निर्वाचनको प्रत्यक्षतर्फ हालसम्म ३० लाख मतपत्र छपाइ भएको छ। निर्वाचन आयोगका अनुसार कूल २५ जिल्लाको मतपत्र छपाइ गरिसकेको छ।

आयोगले जनक शिक्षा सामग्री केन्द्र भक्तपुरमा मतपत्र छपाइ नियमित रुपमा भइरहेको जनाएको छ।

समानुपातिक निर्वाचन प्रणालीतर्फको दुई करोड आठ लाख ३० हजार मतपत्र छपाइ यसअघि सम्पन्न भइसकेको छ।

त्यसैगरी मतदाता शिक्षा प्रयोजनका लागि १० लाख ९८ हजार २०० थान नमूना मतपत्र छपाइ सम्पन्न भइसकेको छ।

यसबीचमा निर्वाचन शिक्षा प्रदान गर्ने उद्देश्यले आयोगको निर्वाचन सूचना सम्प्रेषण तथा समन्वय केन्द्रअन्तर्गत मतदाता शिक्षा एकाइले हालसम्म १५८ वटा सामग्री आयोगबाट स्वीकृत गराइ सार्वजनिक गरेको छ।

आयोगको आधिकारिक फेसबुक पेज, एक्स, टिकटक र युट्युवमा ती सामग्री राखिएका छन्।

मतदाता, राजनीतिक दल, उम्मेदवार तथा सरोकारवाला लक्षित यस्ता सामग्रीले निर्वाचनको स्वच्छता बढाउने र नागरिकलाई आधिकारिक तथा विश्वासनीय सूचना प्राप्त हुने र मिथ्या तथा भ्रमपूर्ण सूचनाको प्रभाव न्यूनीकरणमा सहयोग पुग्ने विश्वास लिइएको छ।

प्रतिनिधिसभा सदस्य निर्वाचनबारे अन्तरराष्ट्रिय समुदायलाई जानकारी गराउने उद्देश्यका साथ आयोगको समन्वयमा परराष्ट्र मन्त्रालयबाट काठमाडौंस्थित कूटनीतिक नियोग एवं संयुक्त राष्ट्र सङ्घीय निकायका प्रमुख तथा प्रतिनिधिलाई ब्रिफिङ गरेको छ।

आयोग र गृह मन्त्रालयका प्रतिनिधिसमेतको उपस्थितिमा निर्वाचनको वातावरण, निर्वाचन आयोगबाट भएका तयारी, राष्ट्रिय र अन्तर्राष्ट्रिय पर्यवेक्षणलगायतका विषयमा जानकारी गराइएको आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले जानकारी दिए।

प्रकाशित मिति : १९ माघ २०८२, सोमबार  ५ : ४८ बजे

इरान युद्धको छायामा ट्रम्प-ताकाइची भेट : अमेरिका जापानसँग के चाहन्छ ?

वासिङ्टन– जापानकी प्रधानमन्त्री सानाए ताकाइची र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पबीच

कर्णालीबाट ३८ हजार विद्यार्थी एसइईमा सहभागी हुँदै

कर्णाली– यही चैत १९ गतेदेखि सञ्चालन हुने माध्यमिक शिक्षा परीक्षा

आज विश्व हिमनदी दिवस

काठमाडौं– आज विश्व हिमनदी दिवस हो । संयुक्त राष्ट्रसङ्घको आह्वानमा गत

नवलपुरमा साझेदारी वनद्वारा जैविक मल उत्पादन सुरु

त्रिवेणी– नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको मध्यबिन्दु साझेदारी वन उपभोक्ता समूहले

शपथका लागि सांसद दुई घण्टा अगाडि उपस्थित हुनुपर्ने, थप के छ सूचनामा ?

काठमाडौँ – प्रतिनिधि सभाका नवनिर्वाचित सदस्यको शपथ सम्बन्धी सूचना संघीय