कंगोमा खानी भत्किँदा दुई सय भन्दा बढीको मृत्यु « Khabarhub

कंगोमा खानी भत्किँदा दुई सय भन्दा बढीको मृत्यु


१९ माघ २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


87
Shares
  • change font
  • change font
  • change font

किन्सासा – प्रजातान्त्रिक गणतन्त्र कङ्गोको पूर्वी क्षेत्रमा विद्रोही लडाकू समूहको कब्जामा रहेको एक खानीमा ‘विशाल’ पहिरो गएको सरकारले आइतबार जनाएको छ । प्रारम्भिक जानकारी अनुसार पहिरोमा परी कम्तिमा दुई सय जनाको मृत्यु भएको आशङ्का गरिएको समाचार एजेन्सी एएफपीले उल्लेख गरेको छ ।

सन् २०२१ मा एम–२३ भनिने स्रोत–समृद्ध पूर्वको विशाल भूभाग कब्जा गरेको एक सशस्त्र समूहले सन् २०२४ अप्रिलमा रुवान्डाको सहयोगमा उत्तरी किभु प्रान्तको रुबाया खानी कब्जा गरेको थियो।

राजधानीबाट निकै टाढा रहेको खानी नजिकै रहेको सुरक्षा निकायका अनुसार पहाडको एक भाग बुधबार दिउँसो भत्किएको र त्यहाँको अर्को भागमा बिहीबार बिहान दोस्रो पहिरो गएको थियो ।

एम–२३ का गभर्नर इरास्टन बाहाटी मुसाङ्गाले भनेका छन्, “पहिरोमा परी कम्तिमा दुई सय जनाको मृत्यु भएको आशङ्का गरिएको छ।”

त्यहाँ धेरै दिनदेखि फोन नेटवर्क बन्द भएको छ। कङ्गोका अधिकारी र नागरिक समाज समूहहरू एम–२३ लडाकू समूह घटनास्थलमाम आइपुगेपछि क्षेत्र छोडेर भागेका थिए ।

रुबाया खानीले ल्यापटप र मोबाइल फोन जस्ता इलेक्ट्रोनिक्सको उत्पादनको एक प्रमुख स्रोत कोल्टनको विश्वव्यापी आपूर्तिको १५ देखि ३० प्रतिशत उत्पादन गर्दछ ।

विज्ञहरूको अनुमान अनुसार एम–२३ ले कोल्टनको उत्पादन र बिक्रीबाट प्रति किलो सात डलर कर लिने गरेको छ र खानिबाट प्रति महिना लगभग आठ लाख अमेरिकी डलर कमाउँछ।

विश्वव्यापी कोल्टनको कम्तिमा ६० प्रतिशत हिस्सा ओगटेको प्रजातान्त्रिक गणतन्त्र कङ्गोको फराकिलो पूर्वी क्षेत्र सुन र टिनको विशाल भण्डार क्षेत्र पनि हो ।

प्रकाशित मिति : १९ माघ २०८२, सोमबार  ६ : २५ बजे

छानबिन प्रतिवेदनलाई अपूर्ण र पूर्वाग्रही भन्दै अर्को आयोग गठन गर्न नेकपा संयुक्तको माग

काठमाडौं- नेकपा संयुक्तले पूर्वन्यायाधीश गौरीबहादुर कार्की नेतृत्वको आयोगको प्रतिवेदनलाई अपूर्ण

ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु, दुई गम्भीर घाइते

किमाथांका– कोशी राजमार्गअन्तर्गत सङ्खुवासभाको खाँदबारी–तुम्लिुङटार सडकखण्डमा ट्याक्टर दुर्घटना हुँदा एक

इस्लामावादमा अमेरिका-पाकिस्तान-इरानबीच प्रत्यक्ष वार्ता सुरु

काठमाडौं- पाकिस्तानको राजधानी इस्लामावादमा अमेरिका, इरान र पाकिस्तानबीच उच्चस्तरीय त्रिपक्षीय

लुम्बिनी प्रदेश मुख्यमन्त्री कप पुरुष भलिबलको उपाधि गुल्मीलाई

घोराही– दोस्रो मुख्यमन्त्री कप लुम्बिनी प्रदेशस्तरीय पुरुष भलिबल प्रतियोगिताको उपाधि

इरानी र अमेरिकी प्रतिनिधिमण्डलसँग पाकिस्तानी प्रधानमन्त्रीको छुट्टाछुट्टै भेटवार्ता

इस्लामावाद– इरानी प्रतिनिधिमण्डलले शनिबार पाकिस्तानका प्रधानमन्त्रीलाई भेटेर उपराष्ट्रपति जेडी भान्सको