कैफियत देखिएपछि तीन फर्मलाई कारबाही « Khabarhub

कैफियत देखिएपछि तीन फर्मलाई कारबाही


१९ माघ २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नियमित बजार अनुमगन तथा निरीक्षण गर्दै आएको वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले तीन वटा फर्मलाई जरिवाना गरेको छ ।

अनुमगनको क्रममा कैफियत देखिएपछि विभागले पोखरेल टे«डर्सलाई १५ हजार, सुलभ किराना एण्ड खाद्य सप्लायर्सलाई १० हजार र शितल खाद्यान्न स्टोर ललितपुरलाई पाँच हजार जरिवाना गरेको हो ।

उपभोक्ता संरक्षण ऐन, २०७५ बमोजिम कार्य नगरेकाले ती फर्मलाई कारवाही स्वरुप जरिवाना गराइएको विभागले जनाएको छ ।

त्यसैगरी चिया कटेरो प्रालिलाई व्यवसायसँग सम्बन्धित कागजात लिई तीन दिनभित्र विभागमा उपस्थित हुन निर्देशन दिइएको छ । विभागले अन्य १० वटा फर्मलाई भने सुधारात्मक निर्देशन दिएको छ ।

स्थानीय प्रशासन, उपभोक्ता अधिकारकर्मीसमेतको उपस्थितिमा विभागले बजारलाई व्यवस्थित बनाउन र कानुन कार्यान्वयन गराउन नियमित बजार अनुमगन गर्दै आएको छ ।

प्रकाशित मिति : १९ माघ २०८२, सोमबार  ७ : ३६ बजे

यी भूभागमा चट्याङसहित मध्यमदेखि भारी वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

मानव–हात्ती द्वन्द्व न्यूनीकरणका लागि सुरक्षा कार्ययोजना पुनरावलोकन

झापा– झापामा मानव–हात्ती द्वन्द्वका घटना बढ्दै गएपछि त्यसबाट हुने मानवीय

एनपीएल : काठमाडौँ र जनकपुर तथा कर्णाली र विराटनगर भिड्दै

काठमाडौँ – नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज दुई खेल

बिहीबार भगवान विष्णुको पूजा गर्नुहोस्

काठमाडौँ– आज २०८३ साल कात्तिक १२ गते बिहीबार सन् २०२६

आज २०८३ साल कात्तिक १२ गते बिहीबारको राशिफल

काठमाडौँ – २०८३ साल कात्तिक १२ गते बिहीबार सन् २०२६