प्रेस काउन्सिलको मिडिया जागरण राष्ट्रिय अभियान धादिङबाट सुरु « Khabarhub

प्रेस काउन्सिलको मिडिया जागरण राष्ट्रिय अभियान धादिङबाट सुरु


१९ माघ २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


18
Shares
  • change font
  • change font
  • change font

धादिङ– प्रतिनिधिसभा सदस्य निर्वाचनको मिति नजिकिँदै गर्दा प्रेस काउन्सिल नेपालले निर्वाचन आचारसंहिता र मिडिया जागरण अभियान सुरु गरेको छ ।

निर्वाचनको बेला राजनीतिक दल र सञ्चारमाध्यम दुवै पक्षबाट हुन सक्ने आचारसंहिता उल्लङ्घनका घटना कम गराउने उद्देश्यसहित आइतबार धादिङदेखि अभियान थालनी गरेको हो । सो अभियानसँगै नेपाल पत्रकार महासङ्घले जिम्मेवार पत्रकारिता, निर्वाचन रिपोर्टिङ र सामाजिक सञ्जालको प्रयोगसम्बन्धी राष्ट्रिय अभियान पनि धादिङबाटै सुरुवात गरेको छ ।

निर्वाचनमा आचारसंहिता पालना, अनलाइन, रेडियो टिभी पत्रपत्रिकाले निभाउनुपर्ने जिम्मेवार मिडियाको भूमिका तथा सञ्चारकर्मीले निष्पक्षता, सन्तुलन र सत्यतामा आधारित भएर आचारसंहिता पालना गर्नुपर्ने प्रेस काउन्सिल नेपालका अध्यक्ष डा. कुमार शर्मा आचार्यले बताए ।

नेपाल पत्रकार महासङ्घका अध्यक्ष निर्मला शर्माले स्वच्छ निष्पक्ष र भयमुक्त वातावरणमा निर्वाचन सम्पन्न गर्न पत्रकार आचारसंहिताको पालना गर्नुपर्ने बताइन् ।

सञ्चारमाध्यम र सञ्चारकर्मी जिम्मेवार भए नागरिक बलियो हुने भएकाले निर्वाचनको समयमा सञ्चारकर्मीले कसैको पक्ष वा विपक्षमा नबोल्न र नागरिकलाई सचेत गराउन पर्नेमा जोड उनको जोड थियो ।

कार्यक्रममा सूचना विभागका महानिर्देशक छविन्द्र पराजुली, प्रमुख जिल्ला अधिकारी विजयराज सुवेदी, प्रेस काउन्सिल नेपालका बोर्ड सदस्यहरु शान्तराम विडारी, भिमलाल श्रेष्ठ, नकुल अर्याल, बालकृष्ण अधिकारी, पदमराज जोशी, कुमारीनिमा काफ्ले, विजयराज अधिकारी, केशवशरण लामिछानेलगायतले निर्वाचन जागरण कार्यक्रममा संचारकर्मी, मिडियाले ध्यानदिनुपर्ने विषयमा आआफ्नो विचार व्यक्त गरेका थिए ।

यसैबीच नेपाल पत्रकार महासङ्घ धादिङले छुट्टाछुट्टै विधामा चार जना सञ्चारकर्मीहरुलाई पुरस्कृत गरेको छ । राजेन्द्रप्रताप शाह स्मृति पत्रकारिता पुरस्कारबाट पत्रकार केशव अधिकारलाई १५ हजार नगदसहित पुरस्कृत गरेको छ ।

सीतारामप्रसाद वर्मा स्मृति स्वास्थ्य पत्रकारिता पुरस्कारबाट पत्रकार पोषनाथ अधिकारी, विकास पत्रकारिता पुरस्कारबाट पत्रकार राजन अधिकारी र शालिकराम वर्मा स्मृति पुरस्कारबाट पत्रकार रामबहादुर ठकुरीलाई पुरस्कृत गरेको हो ।

नेपाल पत्रकार महासङ्घ धादिङले आफ्नो आधिकारिक वेबसाइट डब्लुडब्लुडब्लु डट एफएनजे डट ओआरजीको आइतबारबाटै विधिवत सुरुवात गरेको छ । पत्रकार महासङ्घको गतिविधि, इतिहास र सदस्यहरुको विवरण, सञ्चारसंस्थाहरुको विवरण वेबसाइटमा राखिएको छ ।

प्रकाशित मिति : १९ माघ २०८२, सोमबार  ७ : ४२ बजे

अभिनयमा ‘फ्लप’ गायकको घानमा थपिए– प्रकाश सपुत !

काठमाडौं – ठूलो पर्दाको रहर अपवाद बाहेक कुन कलाकारलाई नहोला

साफ महिला च्याम्पियनसिप : आज नेपाल र भुटान तथा बंगलादेश र भारत खेल्ने

पोखरा– १९ वर्ष मुनिको साफ महिला च्याम्पियनसिप फुटबल प्रतियोगितामा आज

ठेकेदारको लापरबाहीले स्थानीय तहका प्रशासनिक भवन अलपत्र

बाँके– ठेकेदार कम्पनीको लापरबाहीले यहाँका केही स्थानीय तहका निर्माणाधीन प्रशासनिक

प्रेस काउन्सिलको मिडिया जागरण राष्ट्रिय अभियान धादिङबाट सुरु

धादिङ– प्रतिनिधिसभा सदस्य निर्वाचनको मिति नजिकिँदै गर्दा प्रेस काउन्सिल नेपालले

कैफियत देखिएपछि तीन फर्मलाई कारबाही

काठमाडौं– नियमित बजार अनुमगन तथा निरीक्षण गर्दै आएको वाणिज्य, आपूर्ति