साफ महिला च्याम्पियनसिप : आज नेपाल र भुटान तथा बंगलादेश र भारत खेल्ने « Khabarhub

साफ महिला च्याम्पियनसिप : आज नेपाल र भुटान तथा बंगलादेश र भारत खेल्ने


१९ माघ २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

पोखरा– १९ वर्ष मुनिको साफ महिला च्याम्पियनसिप फुटबल प्रतियोगितामा आज दुई खेल हुँदैछन् ।

पोखरा रंगशालामा मध्याह्न १२ बजे हुने पहिलो खेलमा बंगलादेश र भारतबीच प्रतिस्पर्धा हुनेछ ।

यसैगरी घरेलु टोली नेपालले दिउँसो ३ बजे भूटानसँग प्रतिस्पर्धा गर्नेछ । नेपाल र भूटान दुबै यसअघि आफ्नो पहिलो खेलमा पराजित भएका थिए । नेपाललाई भारतले १–० गोलले निरास बनाएको थियो । प्रतियोगिताको उद्घाटन खेलमा भुटान भने बङ्गलादेशसँग १२–० को फराकिलो अन्तरले पराजित भएको थियो ।

त्यसैले प्रतियोगिताको दोस्रो खेलमा नेपाल र भूटान दुबै टोली दबाबमा हुनेछन् । फाइनल सम्भावना जीवित राख्नका लागि दुबै टोलीलाई आजको खेल महत्वपूर्ण रहनेछ । बङ्गलादेश र भारतले भने एक/एक खेल जितेर समान तीन अङ्क जोडेका छन् ।

प्रतियोगितामा यसपटक चार टोलीले मात्र सहभागिता जनाएका छन् । दक्षिण एसियाली फुटबल महासङ्घ (साफ)को समन्वय तथा अखिल नेपाल फुटबल सङ्घ (एन्फा)को आयोजनामा भएको प्रतियोगिता ‘राउन्ड रोबिन लिग’ प्रणालीमा खेलाइएको छ । जहाँ प्रत्येक टोलीले अन्य टोलीसँग एक–एक खेल खेल्ने छन् ।

प्रतियोगिताको लिग चरणपछि शीर्ष दुई टोलीले माघ २४ मा हुने फाइनल खेलमा उपाधिका लागि प्रतिस्पर्धा गर्ने छन् ।

प्रकाशित मिति : १९ माघ २०८२, सोमबार  ८ : २० बजे

हिमाली र पहाडी क्षेत्रमा आंशिक बदली, केही स्थानमा वर्षा र हिमपातको सम्भावना

काठमाडौं – मौसम पूर्वानुमान महाशाखाका अनुसार आज देशका हिमाली र

अमेरिकाको अपिलमा क्युबाको व्यङ्ग्य : ‘टुथपेस्ट बेचेजस्तो गरी सीआईएका लागि भर्ती’

हवाना– अमेरिकी विदेशमन्त्री मार्को रुबियोले क्युबामा परिवर्तन चाहने नागरिकलाई अवसरको सदुपयोग

रियादतर्फ प्रहार गरिएको ब्यालेस्टिक मिसाइल साउदीले निष्क्रिय पार्‍यो

रियाद– यमनका हुथी विद्रोहीहरूले साउदी अरबको राजधानी रियादतर्फ प्रहार गरेको ब्यालेस्टिक

फ्रान्समा प्रदर्शन नियन्त्रण गर्न ७० हजार सुरक्षाकर्मी परिचालन

पेरिस– गत साता भएका प्रदर्शनका क्रममा वर्षौँयताकै गम्भीर सहरी हिंसा

सम्पर्कविहीन दुई जापानी पर्वतारोहीको शव भेटियो

मनाङ– गङ्गापूर्ण हिमाल आरोहणका क्रममा सम्पर्कविहीन भएका जापानी पर्वतारोहीको शव