अस्ट्रेलियामाथि पाकिस्तानको क्लिन स्वीपः अन्तिम खेलमा १११ रनको विशाल जित « Khabarhub

अस्ट्रेलियामाथि पाकिस्तानको क्लिन स्वीपः अन्तिम खेलमा १११ रनको विशाल जित


१९ माघ २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


111
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – पाकिस्तानले टी–२० शृङ्खलामा अस्ट्रेलियाविरुद्ध क्लिन स्वीप गरेको छ । अन्तिम खेलमा १११ रनको विशाल अन्तरको जित निकाल्दै तीन खेलको शृङ्खलामा क्लिन स्वीप गरेको हो ।

अन्तिम खेलमा टस जितेर पहिले ब्याटिङ गरेको पाकिस्तानले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर २०७ रनको योगफल बनाएको थियो ।

पाकिस्तानका लागि सइम अयुबले ५६ रन बनाउँदा बाबर आजमले अविजित ५० रन बनाए । अन्तिम ओभरमा आक्रामक ब्याटिङ गरेका शादाब खानले ४६ रन थपे । उनले १९ बलको सामना गर्दा पाँच छक्का बनाउँदै आक्रामक ब्याटिङ गरेका थिए ।

२०८ रनको लक्ष्य पछ्याएको अस्ट्रेलियाका लागि मार्कस स्टोइनिसले २३ र क्यामरन ग्रीनले २२ रन जोड्नुबाहेक अन्य ब्याट्सम्यानले टिकेर खेल्न सकेनन् । अस्ट्रेलियालाई सस्तैमा समेट्न पाकिस्तानका मोहम्मद नवाजले ५ विकेट लिए । उनले मात्र १८ रन खर्चिएका थिए । शाहीन शाह अफ्रिदीले दुई विकेट लिए ।

पाकिस्तानले पहिलो खेलमा २२ र दोस्रोमा ९० रनले जितेको थियो ।

प्रकाशित मिति : १९ माघ २०८२, सोमबार  १० : ०४ बजे

शनिबार अपराह्नपछि चक्रवात ‘अर्नब’ को प्रभाव कम हुने

काठमाडौँ– नेपाल मौसम विज्ञान विभागले शनिबार अपराह्नपछि चक्रवात ‘अर्नब’ को

बढ्दो तौललाई लिएर ट्रोल गर्नेहरूलाई क्याट्रिनाको जवाफ- ‘म किन पछाडि फर्किनु ?’

मुम्बई – बलिउड अभिनेत्री क्याट्रिना कैफले आमा बनेपछि आफ्नो शारीरिक

नेपाल र बंगलादेशको एलडीसी स्तरोन्नतिको तयारी अवधि थप

काठमाडौँ – संयुक्त राष्ट्रसंघको महासभाले नेपाल र बंगलादेशलाई अतिकम विकसित मुलुक

नागरिकता प्रमाणपत्रको प्रतिलिपि अब अन्य जिल्लाबाट पनि लिन पाइने

काठमाडौँ– सरकारले नागरिकता प्रमाणपत्रसम्बन्धी सेवा प्रवाहलाई सहज र प्रविधिमैत्री बनाउने

हिमाली संकट समाधानका लागि नेपालका चार प्रस्ताव, ५३ देशको समर्थन

काठमाडौँ– ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री बिराजभक्त श्रेष्ठले हिमाली क्षेत्रमा जलवायु