सुशील र अञ्जना स्टारर ‘परिवर्तन’ले पनि बक्स अफिसमा गर्न सकेन कमाल « Khabarhub

सुशील र अञ्जना स्टारर ‘परिवर्तन’ले पनि बक्स अफिसमा गर्न सकेन कमाल


१९ माघ २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


54
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नायक सुशील श्रेष्ठ र नायिका अञ्जना बराइली स्टारर फिल्म ‘परिवर्तन’ बक्स अफिसमा कमजोर देखिएको छ ।

एक्सन जनराको ‘परिवर्तन’ले पनि दर्शकलाई हलसम्म तान्न नसकेको बक्स अफिस रिपोर्टले देखाएको छ ।

माघ ९ गतेबाट प्रदर्शनमा आएको यो फिल्मको ग्रस कलेक्सन निकै न्युन छ । माघ १७ सम्म यसले मात्रै ३१ लाख नौ हजार ग्रस कलेक्सन गरेको चलचित्र विकास बोर्डले साप्ताहिक ब्रिफिङमार्फत् जानकारी दिएको छ ।

उक्त अवधिमा यो फिल्म हेर्नका लागि ११ हजार ६ वटा टिकट बिक्री भएको छ ।

प्रदर्शनको सुरुवातदेखि नै कमजोर शो पाएको यो फिल्मले अकुपेन्सीमा जादु देखाउन सकेन । दोस्रो सोमबारमा आइपुग्दा यसले दैनिक ५ भन्दा कम शो पाउन थालेको छ ।

सुशील र अञ्जनाले फेरि एक पटक फ्लपको अनुभव गरेका छन् ।

प्रकाशित मिति : १९ माघ २०८२, सोमबार  १२ : ०५ बजे

रियादतर्फ प्रहार गरिएको ब्यालेस्टिक मिसाइल साउदीले निष्क्रिय पार्‍यो

रियाद– यमनका हुथी विद्रोहीहरूले साउदी अरबको राजधानी रियादतर्फ प्रहार गरेको ब्यालेस्टिक

फ्रान्समा प्रदर्शन नियन्त्रण गर्न ७० हजार सुरक्षाकर्मी परिचालन

पेरिस– गत साता भएका प्रदर्शनका क्रममा वर्षौँयताकै गम्भीर सहरी हिंसा

सम्पर्कविहीन दुई जापानी पर्वतारोहीको शव भेटियो

मनाङ– गङ्गापूर्ण हिमाल आरोहणका क्रममा सम्पर्कविहीन भएका जापानी पर्वतारोहीको शव

जलवायु न्यायको मागलाई गम्भीरतापूर्वक लिन विश्व समुदायलाई पूर्वराष्ट्रपति भण्डारीको आग्रह

 काठमाडौँ– पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले नेपालका हालैका अकल्पनीय प्राकृतिक विपद्का घटनाले

आईसीयू नहुँदा राप्ती प्रादेशिक अस्पतालका गम्भीर बिरामी जिल्ला बाहिर रेफर

तुलसीपुर– दाङको तुलसीपुरस्थित राप्ती प्रादेशिक अस्पतालमा सघन उपचार कक्ष (आईसीयू)