प्राविधिक समस्याका कारण ‘गाजा प्रशासनिक समिति’को प्रवेशमा ढिलाइ « Khabarhub

प्राविधिक समस्याका कारण ‘गाजा प्रशासनिक समिति’को प्रवेशमा ढिलाइ


१९ माघ २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– प्राविधिक समस्याका कारण रफाह नाका हुँदै गाजाको ‘नवगठित प्रशासनिक समिति’का सदस्यहरूको प्रवेशमा ढिलाइ भएको छ ।

गाजाको प्रशासन सञ्चालनका लागि गठन गरिएको राष्ट्रिय समितिका सदस्य ऐद याघीका अनुसार समितिका सदस्यहरू हाल इजिप्टको राजधानी काइरोमै रोकिएका छन् । 

उनका अनुसार विभिन्न प्राविधिक समस्या र अन्य अवरोधका कारण समितिको १५ सदस्यीय टोली निर्धारित समयमै गाजा प्रवेश गर्न सकेको छैन । तर समस्या समाधान भएमा आगामी केही दिनभित्र गाजामा प्रवेश गर्न सकिने आशा गरिएको छ ।

समितिका अर्का एक सदस्यले नाम नबताउने शर्तमा समितिसँग हालसम्म स्थायी कार्यालय नहुनुका साथै दैनिक कार्य सञ्चालनका लागि आवश्यक बजेटसमेत नजुटेको जानकारी दिए । उनका अनुसार हालसम्म कुनै आर्थिक सहयोग प्राप्त भएको छैन । यद्यपि, समितिले गाजा सहरमा छिट्टै एउटा भवन भाडामा लिएर औपचारिक रूपमा काम सुरु गर्ने तयारी गरिरहेको छ ।

गाजामा प्रवेश गरेपछि समितिका सदस्यहरूले विभिन्न प्यालेस्टिनी राजनीतिक गुटहरू तथा सम्बन्धित सरकारी निकायहरूसँग छलफल गर्ने योजना बनाएका छन् । ती छलफलमार्फत मन्त्रालय र सरकारी कार्यालयहरूको जिम्मेवारी हस्तान्तरण तथा प्रशासनिक समन्वय प्रक्रिया अघि बढाइने बताइएको छ ।

यसैबीच, प्यालेस्टिनी सुरक्षा स्रोतहरूका अनुसार सोमबार रफाह नाका हुँदै करिब ५० जना बिरामी गाजामा फर्किने अपेक्षा गरिएको छ । तर गाजाबाट बाहिर जान चाहने व्यक्तिहरूका लागि अपनाइने प्रक्रिया र मापदण्ड अझै स्पष्ट नभएको जनाइएको छ ।

रफाह नाका १८ महिनाभन्दा बढी समयसम्म पूर्ण रूपमा बन्द रहेपछि आइतबार प्रयोगात्मक रूपमा आंशिक रूपमा पुनः सञ्चालनमा ल्याइएको हो । नाकाको पुनः सञ्चालनले मानवीय आवतजावतमा केही सहजता ल्याउने अपेक्षा गरिएको छ ।
 

प्रकाशित मिति : १९ माघ २०८२, सोमबार  १ : १४ बजे

छानबिन प्रतिवेदनलाई अपूर्ण र पूर्वाग्रही भन्दै अर्को आयोग गठन गर्न नेकपा संयुक्तको माग

नेकपा संयुक्तले पूर्वन्यायाधीश गौरीबहादुर कार्की नेतृत्वको आयोगको प्रतिवेदनलाई अपूर्ण र

ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु, दुई गम्भीर घाइते

किमाथांका– कोशी राजमार्गअन्तर्गत सङ्खुवासभाको खाँदबारी–तुम्लिुङटार सडकखण्डमा ट्याक्टर दुर्घटना हुँदा एक

इस्लामावादमा अमेरिका-पाकिस्तान-इरानबीच प्रत्यक्ष वार्ता सुरु

काठमाडौं- पाकिस्तानको राजधानी इस्लामावादमा अमेरिका, इरान र पाकिस्तानबीच उच्चस्तरीय त्रिपक्षीय

लुम्बिनी प्रदेश मुख्यमन्त्री कप पुरुष भलिबलको उपाधि गुल्मीलाई

घोराही– दोस्रो मुख्यमन्त्री कप लुम्बिनी प्रदेशस्तरीय पुरुष भलिबल प्रतियोगिताको उपाधि

इरानी र अमेरिकी प्रतिनिधिमण्डलसँग पाकिस्तानी प्रधानमन्त्रीको छुट्टाछुट्टै भेटवार्ता

इस्लामावाद– इरानी प्रतिनिधिमण्डलले शनिबार पाकिस्तानका प्रधानमन्त्रीलाई भेटेर उपराष्ट्रपति जेडी भान्सको