निर्वाचनलाई उच्च प्राथमिकता दिन आयोग र सरकारी सञ्चारमाध्यमबीच छलफल « Khabarhub

निर्वाचनलाई उच्च प्राथमिकता दिन आयोग र सरकारी सञ्चारमाध्यमबीच छलफल


१९ माघ २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– निर्वाचन आयोगले आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनसम्बन्धी सत्य, तथ्य सूचना र सामग्रीलाई व्यापकता दिई मतदाता शिक्षाको प्रवर्द्धन, सञ्चार अनुगमनलगायतका विषयमा आज सरकारी स्वामित्वका सञ्चारमाध्यम र सम्बन्धित निकायसँग छलफल गरेको छ ।

आयोगले निर्वाचन आउन एक महिना बाँकी रहेको सन्दर्भमा निर्वाचनमय वातावरणको सिर्जना, निर्वाचन आचारसंहिताको प्रभावकारी कार्यान्वयन र स्वच्छ, निष्पक्ष, भयरहित, पारदर्शी एवं मितव्ययी रुपमा निर्वाचन सम्पन्न गराउन ती माध्यमसँग सहकार्यको योजना पनि मागेको छ ।

आयोगका निर्वाचन व्यवस्थापन महाशाखाका प्रमुख एवं सहसचिव राजेन्द्रकुमार केसीले सञ्चारमाध्यमले आफ्नो नियमित जिम्मेवारीका अतिरिक्त निर्वाचनपूर्व, निर्वाचनका समय र निर्वाचनपश्चात्को अवधिमा तथ्यपूर्ण सूचना र समाचार सामग्री उत्पादन तथा प्रकाशन-प्रसारण गरेर निर्वाचनको राष्ट्रिय दायित्वलाई सफल तुल्याउनुपर्नेमा जोड दिए।

छलफलमा राष्ट्रिय समाचार समिति (रासस) का महाप्रबन्धक सन्दीप राईले राससले चौबिसै घण्टा समाचारीय सेवा प्रवाहमार्फत ६ सयभन्दा बढी सेवाग्राहीलाई राष्ट्रिय-अन्तरराष्ट्रिय समाचार, आलेख, विचार, अन्तर्वार्ता, मातृभाषा सेवालगायत सामग्री सम्प्रेषण गरिरहेको बताए। उनले निर्वाचन क्षेत्र विशेषका समग्र समाचार संकलनका लागि निर्वाचन डेस्कको स्थापना गरी प्रभावकारी काम भइरहेको जानकारी दिए । 

विज्ञापन बोर्डका अध्यक्ष लक्ष्मण हुमागाइँले निर्वाचनका समयमा विज्ञापनमार्फत आचारसंहिताको उल्लङ्घन हुन सक्ने भएकाले त्यसका लागि बोर्डले नियमनको काम गरिरहेको जानकारी दिए । प्रेस काउन्सिल नेपालका मुख्य प्रशासकीय अधिकृत झविन्द्र भुसालले निर्वाचन आचारसंहिता र पत्रकार आचारसंहिताको कार्यान्वयनका लागि काउन्सिलले विशेष टोली बनाएर अनुगमन–कारावाहीका काम गरिरहेको जानकारी दिए।  

यस्तै सार्वजनिक प्रसारण संस्था (नेपाल टेलिभिजन-रेडियो नेपाल) का नायब महाप्रबन्धक राजकुमार थापा, गोरखापत्र संस्थानका निमित्त कार्यकारी सम्पादक नारद गौतमले आफ्ना संस्थाबाट निर्वाचनका विषयमा भइरहेका समाचारीय काम र भावी योजनाबारे जानकारी दिए ।

प्रकाशित मिति : १९ माघ २०८२, सोमबार  १ : ५४ बजे

छानबिन प्रतिवेदनलाई अपूर्ण र पूर्वाग्रही भन्दै अर्को आयोग गठन गर्न नेकपा संयुक्तको माग

काठमाडौं- नेकपा संयुक्तले पूर्वन्यायाधीश गौरीबहादुर कार्की नेतृत्वको आयोगको प्रतिवेदनलाई अपूर्ण

ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु, दुई गम्भीर घाइते

किमाथांका– कोशी राजमार्गअन्तर्गत सङ्खुवासभाको खाँदबारी–तुम्लिुङटार सडकखण्डमा ट्याक्टर दुर्घटना हुँदा एक

इस्लामावादमा अमेरिका-पाकिस्तान-इरानबीच प्रत्यक्ष वार्ता सुरु

काठमाडौं- पाकिस्तानको राजधानी इस्लामावादमा अमेरिका, इरान र पाकिस्तानबीच उच्चस्तरीय त्रिपक्षीय

लुम्बिनी प्रदेश मुख्यमन्त्री कप पुरुष भलिबलको उपाधि गुल्मीलाई

घोराही– दोस्रो मुख्यमन्त्री कप लुम्बिनी प्रदेशस्तरीय पुरुष भलिबल प्रतियोगिताको उपाधि

इरानी र अमेरिकी प्रतिनिधिमण्डलसँग पाकिस्तानी प्रधानमन्त्रीको छुट्टाछुट्टै भेटवार्ता

इस्लामावाद– इरानी प्रतिनिधिमण्डलले शनिबार पाकिस्तानका प्रधानमन्त्रीलाई भेटेर उपराष्ट्रपति जेडी भान्सको