बाहिरिएका मन्त्रीको प्रतिरक्षा गर्दै प्रधानमन्त्री : बरु मलाई गाली गर्नुस् « Khabarhub

बाहिरिएका मन्त्रीको प्रतिरक्षा गर्दै प्रधानमन्त्री : बरु मलाई गाली गर्नुस्


१९ माघ २०८२, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


126
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– हात जोडेर आफैले मन्त्री बनिदिन आग्रह गरेकाले सरकारबाट बाहिरिएका मन्त्रीलाई आरोप नलगाउन प्रधानमन्त्री कार्कीले अनुरोध गरेकी छन् ।

सोमबार पहिलो पटक राष्ट्रिय सभालाई सम्बोधन गर्दै उनले सहमतिमै उहाँहरूको आगमन र बहिर्गमन भएको बताएकी हुन् । 

‘सरकारमा बसीबसी चुनावमा गए भने बेइमानी हो, तर उनीहरू पदबाट राजीनामा गरेर गएका छन् । सो समयमा जेन–जीको भावना समेट्नका लागि उहाँहरूलाई चुनाव लड्न पाउने गरी मन्त्रीपरिषद्मा आइदिन मैले शब्द दिएको थिए, उहाँहरूले र मैले पनि सोहीअनुरूप गरेका हौँ,’ उनले भनिन् । 

मन्त्री भए पनि चुनाव लड्न पाउनुपर्ने मन्त्रीलाई आफूले दिएको वचनका कारण जिम्मेवारीबाट फुकुवा गरेको उनले बताइन् । 

‘मन्त्रीपरिषद्मा ल्याउन जेन–जीको प्रेसर थियो भने उनीहरूको प्रेसर थियो निर्वाचन भएको खण्डमा फर्किने भन्ने त्यसैले चुनाव लड्ने व्यक्तिको अधिकार भएकाले अभियोग नलगाऊ बरु त्यसको दोष मलाई लगाउनुहोस्, उनले थपिन्, ‘उनीहरूको राजनीतिमा जाने उमेर छ । मन्त्री नियुक्ति गर्ने समयमा जेन-जीको प्रेसरले महावीर पुन, कुलमान जी लगायतलाई मैले नै अनुरोध गरेर उहाँहरूलाई नियुक्ति गरे ।’

निर्वाचनमा सहभागी हुनेबारे सबैलाई सोधेका थियौँ जानुहुन्छ भनेर जाने बकाइदा गए नजाने बसे । मन्त्रालयको चिया खाएर काम गरेका थिए उनीहरू गए । कुनै स्वार्थ जोडिएको छैन । उनले भनिन् । 

मन्त्रालय छोडेपछि सरकारसँग उहाँहरूको कुनै सम्पर्क नभएको समेत उनले बताइन् ।

प्रधानमन्त्रीका सम्बोधन तस्बिरहरू :

भिडियोमा पनि हेर्नुहोस् :

प्रकाशित मिति : १९ माघ २०८२, सोमबार  ३ : २१ बजे

ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु, दुई गम्भीर घाइते

किमाथांका– कोशी राजमार्गअन्तर्गत सङ्खुवासभाको खाँदबारी–तुम्लिुङटार सडकखण्डमा ट्याक्टर दुर्घटना हुँदा एक

इस्लामावादमा अमेरिका-पाकिस्तान-इरानबीच प्रत्यक्ष वार्ता सुरु

काठमाडौं- पाकिस्तानको राजधानी इस्लामावादमा अमेरिका, इरान र पाकिस्तानबीच उच्चस्तरीय त्रिपक्षीय

लुम्बिनी प्रदेश मुख्यमन्त्री कप पुरुष भलिबलको उपाधि गुल्मीलाई

घोराही– दोस्रो मुख्यमन्त्री कप लुम्बिनी प्रदेशस्तरीय पुरुष भलिबल प्रतियोगिताको उपाधि

इरानी र अमेरिकी प्रतिनिधिमण्डलसँग पाकिस्तानी प्रधानमन्त्रीको छुट्टाछुट्टै भेटवार्ता

इस्लामावाद– इरानी प्रतिनिधिमण्डलले शनिबार पाकिस्तानका प्रधानमन्त्रीलाई भेटेर उपराष्ट्रपति जेडी भान्सको

मुख्यमन्त्री कप महिला भलिबलको उपाधि रूपन्देहीलाई

घोराही– यहाँ जारी दोस्रो मुख्यमन्त्री कप लुम्बिनी प्रदेशस्तरीय महिला भलिबल