चितवनमा दुर्गा प्रसाईंका कार्यकर्ता र प्रहरीबीच झडप, तीनजना पक्राउ « Khabarhub

चितवनमा दुर्गा प्रसाईंका कार्यकर्ता र प्रहरीबीच झडप, तीनजना पक्राउ


१९ माघ २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


240
Shares
  • change font
  • change font
  • change font

चितवन- स्थानीय प्रशासनले तोकेको स्थानमा भन्दा बाहिर कार्यक्रम गरेपछि दुर्गा प्रसाईं र उनका समर्थकहरूले सोमबार भरतपुरमा आयोजना गरेको कार्यक्रममा प्रहरीले हस्तक्षेप गरेको छ ।

प्रसाईंले भरतपुरको चौबिसकोठी चोकमा कार्यक्रम गर्न थालेपछि प्रहरीले हटाउन हस्तक्षेप गरेको थियो । त्यसपछि प्रहरी र प्रसाईं पक्षबीच झडप र धकेलाधकेल भएको हो ।

झडपका क्रममा प्रहरीले प्रसाईंका तीनजना कार्यकर्तालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता प्रहरी नायव उपरीक्ष रवीन्द्र खनालले बताए ।

‘प्रशासनले स्वीकृति दिएको ठाउँभन्दा बाहिर कार्यक्रम गरेपछि हटाउन खोजेका थियौँ, त्यसक्रममा ३ जनालाई नियन्त्रणमा लिएका छौं’, उनले भने ।

प्रशासनले प्रसाईंको समूहलाई केन्द्रीय बस टर्मिनल चोकको कुनामा कार्यक्रम गर्न अनुमति दिएको थियो ।

तर प्रसाई पक्षले चौबिसकोठी चोक परिक्रम गरेर बसपार्क चोकमा कार्यक्रम गर्ने अडानमा बसेपछि तनाव भएको हो । प्रहरीले चौबिसकोठी परिक्रमका लागि अनुमति दिएको थियो । तर चौबिसकोठी चोक परिक्रमा नगरी त्यहीँ कार्यक्रम गर्न खोज्दा प्रहरीले हटाएको हो ।

प्रकाशित मिति : १९ माघ २०८२, सोमबार  ४ : १० बजे

नेपाल भलिबल लिगमा काठमाडाैंको तेस्रो जित, कर्णालीको पहिलो हार

काठमाडाैं – पहिलो संस्करणको एक्सट्रिम इनर्जी ड्रिङ्क नेपाल भलिबल लिग

राहदानी आवेदनका लागि तोकिएको समयमा उपस्थित हुन विभागको आग्रह

काठमाडौं – राहदानी विभागले राहदानी आवेदन गर्ने सेवाग्राहीको सङ्ख्यामा पुनः

नेपाल भलिबल लिग : अन्नपूर्णको तेस्रो जित

काठमाडाैं – अन्नपूर्ण स्पाइकर किङ्सले एक्सट्रिम इनर्जी ड्रिङ्क नेपाल भलिबल

भोटेकोशी बाढीमा ललितपुरका १५७ जना बेपत्ता

ललितपुर – रसुवाको भोटेकोशीमा यही भदौ १० गते गएको बाढीमा

चीनतर्फ अलपत्र ६७० नेपालीको तातोपानी नाकाबाट सकुशल उद्धार

सिन्धुपाल्चोक – रसुवाको भोटेकोशी नदीमा गएको बाढीका कारण चीनको केरुङ