नेपालीले मापदण्डभन्दा दोब्बर नुन खान्छन् : डा. उप्रेती  « Khabarhub

नेपालीले मापदण्डभन्दा दोब्बर नुन खान्छन् : डा. उप्रेती 


१९ माघ २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपालीहरूले विश्व स्वास्थ्य सङ्गठनले तोकेको मापदण्डभन्दा दोब्बर बढी नुन उपभोग गरिरहेको पाइएको छ । 

डब्ल्यूएचओका अनुसार एक व्यक्तिले दैनिक ५ ग्राम (एक चम्चा) मात्र नुन खानुपर्नेमा नेपालमा सोभन्दा धेरै गुणा बढी प्रयोग भइरहेको छ ।

राष्ट्रिय उपभोक्ता मञ्चद्वारा आयोजित एक कार्यक्रममा बोल्दै जनस्वास्थ्यविद् डा.अरुणा उप्रेतीले नुनको अत्यधिक प्रयोगले स्वास्थ्यमा गम्भीर असर पारिरहेको बताइन् । उनले नुनलाई औषधिको रूपमा थोरै मात्रामा मात्र प्रयोग गर्नुपर्नेमा धेरै खाँदा त्यो ‘विञष’ सरह हुन सक्ने चेतावनी दिएकी छन् । 

डा. उप्रेतीका अनुसार बढी नुनको सेवनले मुटु, मिर्गौला र फोक्सोमा प्रत्यक्ष असर पार्छ । साथै, हाल बजारमा पाइने नुनमा आयोडिनको मात्रा पनि आवश्यकताभन्दा बढी देखिएकाले सचेत भएर तोकिएको मात्रामा मात्र नुन प्रयोग गर्न विज्ञहरूले सुझाव दिएका छन् ।

प्रकाशित मिति : १९ माघ २०८२, सोमबार  ४ : ३४ बजे

नेपाल भलिबल लिगमा काठमाडाैंको तेस्रो जित, कर्णालीको पहिलो हार

काठमाडाैं – पहिलो संस्करणको एक्सट्रिम इनर्जी ड्रिङ्क नेपाल भलिबल लिग

राहदानी आवेदनका लागि तोकिएको समयमा उपस्थित हुन विभागको आग्रह

काठमाडौं – राहदानी विभागले राहदानी आवेदन गर्ने सेवाग्राहीको सङ्ख्यामा पुनः

नेपाल भलिबल लिग : अन्नपूर्णको तेस्रो जित

काठमाडाैं – अन्नपूर्ण स्पाइकर किङ्सले एक्सट्रिम इनर्जी ड्रिङ्क नेपाल भलिबल

भोटेकोशी बाढीमा ललितपुरका १५७ जना बेपत्ता

ललितपुर – रसुवाको भोटेकोशीमा यही भदौ १० गते गएको बाढीमा

चीनतर्फ अलपत्र ६७० नेपालीको तातोपानी नाकाबाट सकुशल उद्धार

सिन्धुपाल्चोक – रसुवाको भोटेकोशी नदीमा गएको बाढीका कारण चीनको केरुङ