झापामा भोट माग्न सादा पोशाकका प्रहरी प्रयोग, बालेन्द्रलाई आयोगले सोध्यो दोस्रो पटक स्पष्टीकरण « Khabarhub

झापामा भोट माग्न सादा पोशाकका प्रहरी प्रयोग, बालेन्द्रलाई आयोगले सोध्यो दोस्रो पटक स्पष्टीकरण


१९ माघ २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


2.3k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- निर्वाचन आयोगले काठमाडौं महानगरपालिकाका पूर्वमेयर बालेन्द्र साहलाई दोस्रो पटक स्पष्टीकरण सोधेको छ।

निर्वाचन आचारसंहिता उल्लङ्घन गर्ने थप नौ जनालाई स्पष्टीकरण सोध्ने क्रममा बालेन्द्र पनि परेका हुन् । शनिबारसम्म आयोगले २१ स्पष्टीकरण सोधेको थियो । आइतबार र सोमबार बालेन्द्रसहित थप नौजनालाई स्पष्टीकरण सोधिएको हो ।

आयोगका सहायक प्रवक्ता कुलबहादुर जिसीका अनुसार झापा ५ मा चुनाव प्रचारका क्रममा बालेन्द्र पत्नी सविना काफ्लेले सादा पोशाकका प्रहरी प्रयोग गरेको जानकारी आएपछि स्पष्टीकरण सोधिएको बताए ।

निर्वाचन आचारसंहिता, २०८२ को दफा २१ को खण्ड (च), दफा २५ को उपदफा (१) को खण्ड (च) र (ज) बमोजिम उम्मेदवार साहलाई तीन दिनभित्र जवाफ माग गरिएको प्रवक्ता जिसीले बताए।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट झापा क्षेत्र नं. ५ का उम्मेदवार साहलाई आयोगले आइतबार दोस्रोपटक स्पष्टीकरण सोधेको हो ।

बालेन्द्रलाई जिताउन भन्दै सविना झापामा खटिएकी थिइन् । उनले त्यहाँ भोट माग्ने क्रममा सादा पोसाकका प्रहरी पनि खटाएको समाचार आएको थियो ।

सादा पोशाकका प्रहरी उतारेर बालेनलाई भोट माग्दै भन्ने श्रव्यदृश्य सामग्री प्राप्त भएपछि दोस्रोपटक स्पष्टीकरण सोधिएको आयोगले जनाएको छ ।

साहको निर्वाचन प्रचारप्रसारका क्रममा उनकी श्रीमतीसँग सादा पोसाकका प्रहरी खटिएका थिए । उनीहरू सविनासँगै हिँडेको भिडियोमा देख्न सकिन्छ ।

‘त्यस सम्बन्धमा के कसो भएको हो ?’, आयोगले स्पष्टीकरण सोध्ने क्रममा भनेको छ। साहलाई तीन दिनभित्र जवाफ आयोगले स्पष्टीकरण सोधेको प्रवक्ता जिसीले बताए।

यसअघि १३ माघमा आयोगले बालेन्द्रसहित सामाजिक सञ्जालमा भाइरलहरू चारजनालाई एकसाथ स्पष्टीकरण सोधेको थियो ।

आयोगले राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन, नेकपा एमालेका सचिव महेश बस्नेत, श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङ र उम्मेदवार निकोलस भुसाललाई निर्वाचन आचारसंहिता उल्लंघनको आरोपमा स्पष्टीकरण सोधेको थियो ।

प्रकाशित मिति : १९ माघ २०८२, सोमबार  ४ : ३९ बजे

५ दिनमै तयार भयो एक्रो ब्रिज, देवीघाटमा भोलिदेखि आवतजावत खुल्ने

नुवाकोट – रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीका कारण पक्की पुल

ऊर्जामन्त्री श्रेष्ठ र युएनओपीएसका क्षेत्रीय निर्देशकबीच भेटवार्ता

काठमाडौं – ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठ र संयुक्त

भोटेकोसी बाढीपछि भारतबाट राहतको आठौँ खेप आइपुग्यो, १३० टनभन्दा बढी सहयोग सामग्री

काठमाडौं – गत भदौ १० गतेको विनाशकारी बाढीपहिरोपछि जारी खोज,

उपेन्द्र यादवको आरोप : लुम्बिनीका सभामुखले स्वेच्छाचारी निर्णय गरे

काठमाडौं – जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले

नेपाल भलिबल लिगमा काठमाडाैंको तेस्रो जित, कर्णालीको पहिलो हार

काठमाडाैं – पहिलो संस्करणको एक्सट्रिम इनर्जी ड्रिङ्क नेपाल भलिबल लिग