ओली–दाहाल मिल्ने चर्चाबीच रामकुमारीको स्पष्टीकरण: कुनै दलसँग चुनावी सहकार्यको प्रस्ताव भएको छैन « Khabarhub

ओली–दाहाल मिल्ने चर्चाबीच रामकुमारीको स्पष्टीकरण: कुनै दलसँग चुनावी सहकार्यको प्रस्ताव भएको छैन


१९ माघ २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


174
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेकपा एमालेकी नेतृ रामकुमारी झाँक्रीले पार्टी अध्यक्ष केपी शर्मा ओलीले कुनै पनि दलसँग चुनावी गठबन्धन वा सहकार्यको प्रस्ताव नगरेको स्पष्ट पारेकी छन् ।

अध्यक्ष केपी शर्मा ओली र नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच आइतबार भेट भएको थियो।

उक्त भेटमा आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई केन्द्रमा राखेर सम्भावित चुनावी तालमेलबारे चर्चा भएको समाचार बाहिरिए पनि रामकुमारीले त्यसलाई असत्य भनेकी हुन् ।

‘हाम्रो पार्टी अध्यक्ष कमरेड केपी शर्मा ओलीले कसैसँग पनि गठबन्धन वा कुनै प्रकारको सहकार्यको प्रस्ताव गर्नु भएको छैन। मिडिया ट्रायल बन्द गरौँ’, उनले सोमबार भनेकी छन् ।

उक्त भेटमा अध्यक्ष ओलीले प्रचण्डलाई अन्य क्षेत्रबाट सहयोग लिएर झापा, दाङ लगायतका क्षेत्रमा एमालेलाई सहयोग गर्न प्रस्ताव राखेका थिए।

प्रचण्डले केही क्षेत्रमा केन्द्रित नभई आवश्यकता र सम्भावनाका आधारमा देशव्यापी सहकार्यको ढोका खोल्नुपर्ने जवाफ दिएको बताइएको छ । ओलीले उक्त ‘विकल्प’प्रति आफू खुला रहेको जवाफ दिएका बताइएको छ।

यस भेटलाई आगामी फागुन २१ गतेको चुनावमा सम्भावित सहकार्यको ‘वार्मअप’का रूपमा हेरिएको छ। नेकपा र एमाले दुवै पार्टीका नेताहरूले सम्भावित तालमेल र सहकार्यको सम्भावना जीवितै रहेको बताएका छन्।

प्रकाशित मिति : १९ माघ २०८२, सोमबार  ४ : ४७ बजे

नेपाल भलिबल लिगमा काठमाडाैंको तेस्रो जित, कर्णालीको पहिलो हार

काठमाडाैं – पहिलो संस्करणको एक्सट्रिम इनर्जी ड्रिङ्क नेपाल भलिबल लिग

राहदानी आवेदनका लागि तोकिएको समयमा उपस्थित हुन विभागको आग्रह

काठमाडौं – राहदानी विभागले राहदानी आवेदन गर्ने सेवाग्राहीको सङ्ख्यामा पुनः

नेपाल भलिबल लिग : अन्नपूर्णको तेस्रो जित

काठमाडाैं – अन्नपूर्ण स्पाइकर किङ्सले एक्सट्रिम इनर्जी ड्रिङ्क नेपाल भलिबल

भोटेकोशी बाढीमा ललितपुरका १५७ जना बेपत्ता

ललितपुर – रसुवाको भोटेकोशीमा यही भदौ १० गते गएको बाढीमा

चीनतर्फ अलपत्र ६७० नेपालीको तातोपानी नाकाबाट सकुशल उद्धार

सिन्धुपाल्चोक – रसुवाको भोटेकोशी नदीमा गएको बाढीका कारण चीनको केरुङ