‘क्यासिनो पर्यटनको हब बन्दै भैरहवा’ « Khabarhub

‘क्यासिनो पर्यटनको हब बन्दै भैरहवा’


१९ माघ २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

भैरहवा– रुपन्देहीको सदरमुकाम भैरहवामा पछिल्लो समय क्यासिनो पर्यटनका कारण बजारको चहलपहल उल्लेखनीय रूपमा बढेको छ। क्यासिनोमा रमाउन आउने स्वदेशी तथा विदेशी पर्यटकको आगमनले परम्परागत व्यापारिक केन्द्रका रूपमा चिनिएको भैरहवा बजार पुनः सक्रिय बनेको छ।

भारतको सीमावर्ती क्षेत्र सुनौली नजिकै अवस्थित भैरहवामा खुलेका क्यासिनोहरू अहिले यस क्षेत्रका प्रमुख मनोरञ्जन र पर्यटन आकर्षण बनेका छन्। कोरोना महामारीपछि सुस्त बनेको आर्थिक गतिविधि क्यासिनो पर्यटनका कारण विस्तारै चलायमान हुँदै गएको स्थानीय व्यवसायी बताउँछन्।

सिद्धार्थ उद्योग वाणिज्य सङ्घका अध्यक्ष नेत्रप्रसाद आचार्यले क्यासिनोका कारण विशेषगरी भारतीय पर्यटक आकर्षित भएको र त्यसको प्रत्यक्ष प्रभाव होटल, रेष्टुराँ, स्पा तथा अन्य व्यवसायमा देखिएको बताए। उनले सम्भावित पर्यटन क्षेत्रको सूक्ष्म अध्ययन गर्दै नीतिगत सुधार गर्न सके पर्यटन प्रवर्द्धनमा टेवा पुग्ने धारणा राखे।

‘पछिल्लो समय फस्टाएको क्यासिनो पर्यटनबाट भैरहवा क्षेत्र लाभान्वित भएको छ। समग्र व्यवसायीका लागि यो सकारात्मक संकेत हो,’ अध्यक्ष आचार्यले भने।

पर्यटन विकास परिषद् लुम्बिनी प्रदेश सरकारका सदस्य राजेश महोत्राले स्वदेशमै रोजगारी सिर्जना गर्न क्यासिनो व्यवसायले योगदान दिएको उल्लेख गरे। कामको खोजीमा युवा विदेशिनुपर्ने अवस्थालाई न्यूनीकरण गर्न यस्ता व्यवसायलाई व्यवस्थित र मर्यादित ढङ्गले सञ्चालन गर्न सरकारको भूमिका महत्वपूर्ण हुने उनको भनाइ छ।

‘भैरहवा क्यासिनोको ‘हब’ बन्दै जानु पर्यटन क्षेत्रका लागि उपलब्धिमूलक विषय हो,’ महोत्राले भने।

यसैगरी पर्यटन व्यवसायी अमित गुप्ताले नेपाल विश्वकै चर्चित पर्यटकीय गन्तव्य भएकाले क्यासिनो पर्यटनलाई समेत समेटेर प्रवर्द्धन गर्नुपर्नेमा जोड दिए। निजी क्षेत्र र सरकारी निकायबीच सहकार्य, स्पष्ट नीति, सुरक्षा व्यवस्था र नियमन प्रभावकारी भए राजस्व वृद्धि हुनुका साथै व्यवसायी पनि लाभान्वित हुने उनको भनाइ छ।

जिल्ला प्रशासन कार्यालय रूपन्देहीका अनुसार हाल भैरहवामा आठ र बुटवलमा एक गरी नौ वटा क्यासिनो सञ्चालनमा छन्। थप दुई वटा क्यासिनो खोल्ने तयारी भइरहेको छ। भैरहवास्थित क्यासिनोहरूबाट हाल करिब दुई हजारभन्दा बढीले प्रत्यक्ष रोजगारी पाएका छन्।

प्रकाशित मिति : १९ माघ २०८२, सोमबार  ६ : ०५ बजे

संसद् पुनःस्थापना हुँदैन, चुनाव हुन्छ : उपसभापति शर्मा

झापा – नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले ‘फागुन २१ गते

प्रदर्शनरत नेपाली चलचित्रको व्यावसायिक विवरण सार्वजनिक, कुनले कति कमाए ?

काठमाडौं – चलचित्र विकास बोर्डले प्रदर्शनरत नेपाली चलचित्रको व्यावसायिक विवरण

कोशी पाथीभरा इण्डो नेपाल टी–२० च्याम्पियनसीपको तयारी पूरा

बनियानी – कोशी पाथीभरा इण्डो नेपाल टी–२० च्याम्पियनसीपको तयारी पूरा

सेपाकताक्रो च्याम्पियनसिपमा सहभागी हुने टोलीको बिदाइ

काठमाडौं– श्रीलंकाको कोलम्बोमा हुने छैटौँ दक्षिण एसियाली सेपाकताक्रो च्याम्पियनसिपमा सहभागी

नेपालमा बोलिने सबै भाषा हाम्रा सम्पत्ति हुन् : प्रधानमन्त्री कार्की

काठमाडौं– प्रधानमन्त्री सुशीला कार्कीले नेपालमा बोलिने भाषाहरू हाम्रा सम्पत्ति भएकाले