निर्वाचनलाई मानवअधिकारमैत्री बनाउन जोड « Khabarhub

निर्वाचनलाई मानवअधिकारमैत्री बनाउन जोड


१९ माघ २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


15
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रिय मानवअधिकार आयोगका अध्यक्ष तपबहादर मगरले स्वच्छ, निष्पक्ष र मानव अधिकारमैत्री निर्वाचन बनाउनुपर्ने बताए।

आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका सन्दर्भमा आयोगले आज यहाँ आयोजना गरेको ‘निर्वाचनमा मानवअधिकार र राजनीतिक दलको भूमिका’ विषयक छलफलमा उहाँले स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा निर्वाचन हुनुपर्नेमा जोड दिए ।

अध्यक्ष मगरले भयरहित वातावरणमा निर्वाचन हुने अवस्थाको सुनिश्चितता गर्न आयोगले अनुगमनलाई जोड दिइरहेको बताए। उनले निर्वाचनलाई मानव अधिकारमैत्री बनाउन राजनीतिक दलको भूमिका महत्त्वपूर्ण हुने भन्दै त्यसमा सहयोग गर्न आग्रह गरे।

कार्यक्रममा सहभागी राजनीतिक दलका प्रतिनिधिहरूले पनि निर्वाचनलाई स्वच्छ, निष्पक्ष र धाँधलीरहित बनाउन भूमिका निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । 

नेताहरूले निर्वाचनमा मानवअधिकारको अवस्था अनुगमनलाई आयोगले थप प्रभावकारी बनाउनुपर्ने र निर्वाचनका सम्बन्धमा आयोगबाट यसअघि भएका सिफारिस कार्यान्वयन हुनुपर्नेमा जोड दिएका छन् । 

आयोगले विगतमा पनि निर्वाचनमा मानवअधिकारको अवस्था अनुगमन गरी नेपाल सरकार, राजनीतिक दल र निर्वाचन आयोगलाई सुझाव तथा सिफारिसहरू गर्दै आएको छ ।
 

प्रकाशित मिति : १९ माघ २०८२, सोमबार  ६ : ३८ बजे

नेपालमा बोलिने सबै भाषा हाम्रा सम्पत्ति हुन् : प्रधानमन्त्री कार्की

काठमाडौं– प्रधानमन्त्री सुशीला कार्कीले नेपालमा बोलिने भाषाहरू हाम्रा सम्पत्ति भएकाले

भ्रष्टाचारको आरोपमा चीनका पूर्व न्यायमन्त्रीलाई जन्मकैदको सजाय

एजेन्सी– एक दशकभन्दा बढी अवधिमा झण्डै दुई करोड अमेरिकी डलर

जो चर्चामा छन्, जो चर्चामा छैनन्

काठमाडौं– प्राचीन ग्रीसका दार्शनिक प्लेटोले भनेका छन्- ‘राजनीति न्यायपूर्ण राज्य

समानुपातिक बन्दसूचीबाट ७६ उम्मेदवारको नाम हट्यो, २१ जना कर्जा सूचना केन्द्रको कालोसूचीमा भेटिए

काठमाडौं – निर्वाचन आयोगले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा