साफ यु–१९ महिला च्याम्पियनसिपमा नेपालद्वारा भुटान पराजित « Khabarhub

साफ यु–१९ महिला च्याम्पियनसिपमा नेपालद्वारा भुटान पराजित


१९ माघ २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


75
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– पोखरामा जारी साफ यु–१९ महिला च्याम्पियनसिपमा नेपालले भुटानलाई पराजित गरेको छ । 

पोखरा रंगशालामा सोमबार सम्पन्न खेलमा नेपालले भुटानलाई २–१ गोल अन्तरले पराजित गरेको हो । 

नेपालको जितमा संगिता बडुवाल र प्रजिता राईले १–१ गोल गरे । संगिताले ३६औँ मिनेटमा गोल गर्दै नेपाललाई पहिलो हाफमा अग्रता दिलाएकी थिइन् । 

प्रजिताले दोस्रो हाफको ७०औँ मिनेटमा गोल गर्दै नेपालको अग्रता दोब्बर पारिन् । भुटानले ८७ औँ मिनेटमा गोल फर्काउँदै खेलमा फर्किने प्रयास गरे पनि सफल हुन सकेन । अब नेपालले अन्तिम खेल बुधबार बंगलादेशसँग खेल्नेछ ।

त्यस्तै सोमबार नै भएको अर्को खेलमा भारतविरुद्ध २–० को जित निकाल्दै साविक विजेता बंगलादेश साफ यु– १९ महिला च्याम्पियनसिपको फाइनल नजिक पुगेको छ । बंगलादेशलाई जित दिलाउन अर्पिता विश्वास अर्पिता र अल्पी अख्तरले १–१ गोल गरे । 

खेलको २९ औँ मिनेटमा अर्पिताको गोलमार्फत बंगलादेशले अग्रता लिएको थियो । ४० औँ मिनेटमा अख्तरले टोलीको अग्रता दोब्बर बनाइन् । 

लगातार दोस्रो जितसँगै बंगलादेशले २ खेलमा ६ अंक जोडेको छ । पहिलो पराजय व्यहोरेको भारतको समान खेलबाट ३ अंक छ ।

प्रकाशित मिति : १९ माघ २०८२, सोमबार  ७ : ०६ बजे

भोटेकोशी बाढीमा ललितपुरका १५७ जना बेपत्ता

ललितपुर – रसुवाको भोटेकोशीमा यही भदौ १० गते गएको बाढीमा

चीनतर्फ अलपत्र ६७० नेपालीको तातोपानी नाकाबाट सकुशल उद्धार

सिन्धुपाल्चोक – रसुवाको भोटेकोशी नदीमा गएको बाढीका कारण चीनको केरुङ

सर्वोच्च अदालतले आफूहरूलाई न्याय दिने पूर्वसभापति देउवाको विश्वास

भक्तपुर – नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले सर्वोच्च अदालतले पार्टीको

भारतले पठायो थप ३५ टन राहत सामग्री

काठमाडाैं – विनाशकारी बाढीबाट प्रभावित नेपालका लागि भारतले थप ३५

पाकिस्तानको सिन्धमा सडक दुर्घटना : छ जनाको मृत्यु, १८ घाइते

पाकिस्तान – पाकिस्तानको दक्षिणी सिन्ध प्रान्तमा ट्र्याक्टर–ट्रली बिजुलीको पोलमा ठोक्किँदा