कोशी पाथीभरा इण्डो नेपाल टी–२० च्याम्पियनसीपको तयारी पूरा « Khabarhub

कोशी पाथीभरा इण्डो नेपाल टी–२० च्याम्पियनसीपको तयारी पूरा


१९ माघ २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

बनियानी – कोशी पाथीभरा इण्डो नेपाल टी–२० च्याम्पियनसीपको तयारी पूरा भएको छ । भद्रपुर क्रिकेट क्लबको आयोजनामा बुधबारदेखि २९ गतेसम्म झापाको भद्रपुर नगरपालिका–८ स्थित मेची क्याम्पसको क्रिकेट मैदानमा सञ्चालन हुन गइरहेको प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको हो ।

आज यहाँ आयोजित पत्रकार सम्मेलनमा प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको जानकारी दिइएको हो । लिग ढाँचामा सञ्चालन हुने प्रतियोगितामा नेपाल तथा भारतका आठ वटा टोलीको सहभागिता रहने प्रतियोगिता संयोजक गौरब सुब्बाले जानकारी दिए ।

मैदान व्यवस्थापन, पिचको स्तरीकरण, खेल तालिका, सुरक्षा व्यवस्था, अम्पायरिङ, स्वास्थ्य सेवा, खेलाडीको आवास तथा यातायात व्यवस्थापनलगायत खेलका लागि आवश्यक सबै तयारी पूरा भइसकेको उनले बताए । यहाँ कोशी प्रदेश सरकार, भद्रपुर नगरपालिका तथा स्थानीय दाताहरूको सहयोगमा करिब रु ६० लाखको लागतमा पिच निर्माण गरी स्तरीकरण गर्ने कार्य सम्पन्न भइसकेको छ ।

प्रतियोगितामा नेपालका तर्फबाट आयोजक भद्रपुर क्रिकेट क्लब, गण्डकी हिरोज पोखरा, ग्रेट हिमालयन क्रिकेट एकाडमी काठमाडौँ र फ्रेण्ड्स युथ क्लब डडेल्धुराको सहभागिता रहनेछ भने भारतका तर्फबाट राइनो ल्याण्ड क्रिकेट एकाडमी आसाम ९गोहाटी०, ग्लोबल स्टार क्रिकेट क्बल लखनउ, क्रिकेट कोचिङ उपाध्याय एकाडमी न्यू दिल्ली र स्नो लायन टिम अफ सिक्किम सहभागी रहने पत्रकार सम्मेलनमा जानकारी दिइयो ।

प्रतियोगिताका लागि करिब रु एक करोड २० लाख खर्च हुने आयोजक भद्रपुर क्रिकेट क्लबका अध्यक्ष आदित्य पराजुलीले जानकारी दिए । प्रतियोगितामा विजेताले नगद रु पाँच लाख, उपविजेताले रु तीन लाख पाउनेछ ।

प्रत्येक खेलको प्लेयर अफ दि म्याचले नगद रु ११ हजार ट्रफी, उत्कृष्ट बलर र ब्याट्स म्यानले नगद रु २५÷२५ हजार र ट्रफी, उदीयमान खेलाडीले नगद रु ११ हजार तथा प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी मेन अफ दि सिरिजलाई नगद रु ५१ हजार र ट्रफी प्रदान गरिने आयोजकले जनाएको छ ।

पत्रकार सम्मेलनमा भद्रपुर नगरपालिका प्रमुख गणेश पोखरेलले प्रतियोगितामा पालिकाले सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।

प्रकाशित मिति : १९ माघ २०८२, सोमबार  ८ : १९ बजे

पहिचान र परीक्षणका लागि १०२ शव पोखरा ल्याइयो

कास्की– त्रिशूली तथा नारायणी नदी किनारमा भेटिएका १०२ शव पहिचान

बाढी प्रभावितका लागि इप्पानले पाँच करोड सहयोग गर्ने

काठमाडौं– स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान)ले प्रधानमन्त्री दैवी प्रकोप

बाढी प्रभावितलाई बागलुङका पालिकाको २१ लाख ७० हजार सहयोग

बागलुङ– भोटेकोशी नदीमा आएको विनासकारी बाढीबाट प्रभावित नागरिकको राहत तथा

विद्युत् आपूर्ति नियमित हुँदै : मन्त्री श्रेष्ठ

काठमाडौं- ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले भोटेकोशी नदीमा आएको बाढीका

भोटेकोशी बाढी: ४१ पुल ध्वस्त, भारत र चीनसँग बेलिब्रिज माग्दै सरकार

काठमाडौँ – भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण रसुवा जोडिने