घुससहित भन्सार अधिकृत पक्राउ « Khabarhub

घुससहित भन्सार अधिकृत पक्राउ


१९ माघ २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- अख्तियार दुरुपयोग अनुसन्धान आयोगले त्रिभुवन विमानस्थल भन्सार कार्यालयको वैदेशिक हुलाक भन्सार शाखामा कार्यरत अधिकृत ईन्द्र न्यौपानेसहित तीनजनालाई नियन्त्रणमा लिएको छ । आइतबार घुस रकमसहित उनीहरूलाई नियन्त्रणमा लिइएको अख्तियारले जनाएको छ ।

उनीहरूका साथबाट २३ थान मोबाइल पनि नियन्त्रणमा लिइएको अख्तियारद्वारा सोमबार जारी विज्ञप्तिमा उल्लेख छ ।

वैदेशिक हुलाक भन्सार शाखामा कार्यरत अधिकृत न्यौपाने, सोही कार्यालयका कार्यालय सहयोगी गणेशप्रसाद पुडासैनी र गोश्वरा हुलाक कार्यालय, पार्सल (निकासी) शाखामा कार्यरत नायब सुब्बा छविप्रसाद रिजालसहितका कर्मचारीले सेवाग्राहीसँग घुस मागेको भन्ने उजुरी परेपछि अख्तियारले उनीहरूमाथि निगरानी बढाएको थियो ।

अख्तियारको टंगालस्थित कार्यालयबाट खटिएको टोलीले उनीहरूलाई घुस लिएको दसी प्रमाणसहित गोश्वारा हुलाक डिल्लीबजारबाट नियन्त्रणमा लिएको हो । उनीहरूमाथि थप अनुसन्धान भइरहेको अख्तियारले जनाएको छ ।

अख्तियारको टोलीले पुडासैनीको कार्यकक्षमा रहेको टेबुलको घर्राबाट घुसबापत लिइसकेको १० हजार, सोही घर्राबाट स्रोत नखुलेको ४० हजार ३५० र उनको साथबाट स्रोत नखुलेको ९६ हजार ७० गरी कुल एक लाख ४६ हजार ४२० रुपैयाँ बरामद गरेको छ ।

रिजालको साथबाट घुसबापत लिइसकेको २० हजार र स्रोत नखुलेको १८ हजार ८४८ गरी कुल ३८ हजार ८४८ र अन्य स्रोत नखुलेको रकम समेत गरी दुई लाख ६८ हजार २८८ रुपैयाँ बरामद गरिएको अख्तियारले जनाएको छ ।

प्रकाशित मिति : १९ माघ २०८२, सोमबार  ९ : २४ बजे

प्रतिनिधि छनोट रोकेको भन्दै सभापतिका उम्मेदवार राठोर आक्रोशित

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा सभापतिको उम्मेदवारी घोषणा गरेका किशोरसिंह

एकसय १२ रोपनी जग्गा सरकारको नाममा दाखिला

काठमाडौं– काठमाडौं महानगरपालिका–४ को ११२ रोपनी जग्गा नेपाल सरकारको नाममा

नेपाल राष्ट्र बैंकद्वारा उपचार, आयात र सेवा क्षेत्रको सटही सुविधा वृद्धि

काठमाडौं– नेपाल राष्ट्र बैंकको विदेशी विनिमय व्यवस्थापन विभागले एकीकृत परिपत्र-२०८२

नाइजेरियामा सैन्य विमान दुर्घटना, ३२ जनाको मृत्यु

एजेन्सी– नाइजेरियाका राष्ट्रपति बोला टिनुबुले सोमबार देशको दक्षिणपश्चिमी ओन्डो राज्यमा

नवलपुरमा दुई महिनामा २७७ वटा सर्पदंशका घटना

नवलपुर– नवलपरासी (बर्दघाट–सुस्तापूर्व)मा पछिल्ला दुई महिनामा २७७ वटा सर्पदंशका घटना