आगलागीका घटनामा वृद्धि, सावधानी अपनाउन प्राधिकरणको आग्रह « Khabarhub

आगलागीका घटनामा वृद्धि, सावधानी अपनाउन प्राधिकरणको आग्रह


१८ फाल्गुन २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


15
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रिय विपद् जोखिम न्यूनीकरण प्राधिकरणले यही फागुन १६ गते बिहान १० देखि १७ गते बिहानसम्म देशभर कुल २३ वटा विपद्का घटना घटेको जनाएको छ । त्यसमध्ये २२ वटा घटना आगलागीसँग सम्बन्धित थिए । एउटा मात्रै पहिरोको घटना थियो ।

सामान्य सावधानी अपनाउँदासमेत जोगिन सकिने आगलागीका कारण धनमालको क्षति भएको प्राधिकरणले जनाएको छ । विपदमा परेर एक जनाको ज्यान गएको छ भने पाँच जना घाइते भएका छन् । विपद्का कारण ५२ लाख ४५ लाख बराबरको क्षति भएको छ ।

प्राधिकरणका अनुसार, पाँचथर, झापा, मोरङ, सुनसरी र धनकुटामा आगलागी भएका छन् । यस्तै, सप्तरी, धनुषा, पर्सा र कैलालीका दुई स्थानमा आगलागीका घटना हुँदा सर्लाही, धनुषा, मकवानपुर, काभ्रेपलाञ्चोक, काठमाडौं, गोरखा, लम्जुङ, पाल्पा र प्यूठानका एक–एक स्थानमा आगलागी भएका छन् ।

बिजुलीको तार सर्ट भएको तथा दियो बालेर त्यत्तिकै छाडेका कारण आगलागी भएको जनाइएको छ । हिउँदमा सुक्खा बढी हुनाले आगलागीका घटनामा वृद्धि हुने हुँदा विशेष सावधानी अपनाउन प्राधिकरणले आग्रह गरेको छ ।

प्राधिकरणका अनुसार यही फागुन १६ गते कुल आठवटा विपद्का घटनामध्ये सातवटा आगलागीका मात्रै थिए । फागुन १५ गते प्राधिकरणमा दर्ता भएका कुल १९ वटा घटनामध्ये १७ वटा घटना आगलागीका थिए । यस आधारमा देशभर आगलागीका घटनामा वृद्धि भएको पाइएको छ ।

प्रकाशित मिति : १८ फाल्गुन २०८२, सोमबार  ७ : ११ बजे

पर्सामा एक हजार ९० अस्थायी मतदाता

पर्सा– आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा पर्सामा अस्थायी मतदाताको सङ्ख्या एक

थकाली समुदायमा ‘तोरनल्ह’ पर्व को रौनक

म्याग्दी– म्याग्दी र मुस्ताङमा बसोबास गर्ने अल्पसङ्ख्यक थकाली समुदायमा ‘तोरनल्ह’

सिधा सडकले जोडियो ढोरपाटन–तकसेरा

बागलुङ– बागलुङको ढोरपाटन र पूर्वी रुकुमको तकसेरा गाउँ सिधा सडक

हिजबुल्लाहको रकेट आक्रमणपछि इजरायलले गर्‍यो बेरुतमा बमबारी

काठमाडौं – इजरायलको उत्तरी क्षेत्र हाइफा नजिकै रहेको सैन्य अखडामा

‘लालिमा’को ट्रेलर सार्वजनिक, २४ घण्टा नबित्दै ट्रेन्डिङमा

काठमाडौं – चुनावका कारण फिल्मी गतिविधि शून्यप्रायः रहेका बेला फिल्म