प्रभावकारी बन्दै विद्यालयमा ‘शून्य फोहोर’ कार्यक्रम « Khabarhub

प्रभावकारी बन्दै विद्यालयमा ‘शून्य फोहोर’ कार्यक्रम


१८ फाल्गुन २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

बाँके– नेपालगञ्ज उपमहानगरपालिकाभित्रका विभिन्न विद्यालयमा सञ्चालित ‘शून्य फोहोर कार्यक्रम’ प्रभावकारी बन्दै गएको छ ।

सरोकारवालाले कार्यक्रमको प्रभावकारिताको विषयमा अनुगमन गर्ने क्रममा विद्यालय तथा विद्यार्थीहरूमा फोहोर व्यवस्थापन, फोहोरको वर्गीकरण र वातावरणमैत्री व्यवहारमा सकारात्मक परिवर्तन देखिएको बताएका हुन् ।

विद्यालयहरूमा ‘रिड्युस, रियुज र रिसाइकल’ को अभ्यास, प्लास्टिक न्यूनीकरण तथा विद्यार्थीहरूमा वातावरण संरक्षणसम्बन्धी सचेतना अभिवृद्धि भएको पाइएको जनाइएको छ ।

कार्यक्रम सञ्चालित श्री देउतादिन माध्यमिक विद्यालय, नारायण मावि, धम्बोजी मावि, सरस्वती मावि, दारुल उलम बर्सतिया मावि, ज्ञानोदय विद्या निकेतन र फुलटेक्रा माविमा अनुगमन गरिएको थियो ।

नेपालगञ्ज उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामहरि शर्माले कार्यक्रमले विद्यालयस्तरबाटै दिगो वातावरणीय अभ्यासको सुरुआत गरिएको उल्लेख गर्दै यसलाई दीर्घकालीन रूपमा निरन्तरता दिन आवश्यक रहेको बताए ।

शिक्षा, युवा तथा खेलकुद महाशाखा प्रमुख गोर्खबहादुर थापाले विद्यार्थीमार्फत विद्यालय र समुदायसम्म सकारात्मक सन्देश प्रवाह हुने विश्वास व्यक्त गरे ।

सामाजिक विकास अधिकृत कृष्णप्रसाद जोशीले कार्यक्रममार्फत विद्यालयमा देखिएको सुधार उत्साहजनक रहेको भन्दै आगामी दिनमा थप विद्यालयमा कार्यक्रम विस्तार आवश्यक रहेको बताए ।

कार्यक्रमअन्तर्गत विद्यार्थीलाई फोहोर तथा फोहोरसम्बन्धी अभ्यासहरुको परिचय, फोहोर वर्र्गीकरण यसको बुझाइ, ‘थ्री आर’ विधि, फोहोरबाट कम्पोष्टको उत्पादन, फोहोर जलाउँदा हुने असरहरु, विद्युतीय फोहोर व्यवस्थापन र फोहोर र जलवायु परिवर्तनको विषयमा कक्षा सञ्चालन गरिएको छ ।

यसबाट विद्यालय परिसर सफा, स्वच्छ र वातावरणमैत्री बन्न सहयोग पुगेको सरोकारवालाहरूको भनाइ छ । विद्यालयमा शून्य फोहोर अवधारणा प्रभावकारी रूपमा कार्यान्वयन भएमा स्थानीय तहको समग्र वातावरण व्यवस्थापनमा समेत सकारात्मक योगदान पुग्ने अपेक्षा गरिएको छ ।

द कोकाकोला फाउन्डेसनको आर्थिक सहयोगमा वास नेपाल र स्वच्छ सफा नेपालद्वारा सञ्चालित ग्रिन नेपालगञ्ज सामुदायिक फोहोर रुपान्तरण परियोजनाअन्तर्गत सञ्चालित विद्यालयमा शून्य फोहोर कार्यक्रमको आइतबार अनुगमन गरिएको हो ।

अनुगमनमा नेपालगन्ज उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामहरि शर्मा, शिक्षा, युवा तथा खेलकुद महाशाखा प्रमुख गोर्खबहादुर थापा, सामाजिक विकास अधिकृत कृष्णप्रसाद जोशी, बास नेपालका केन्द्रीय अध्यक्ष शिवकुमार वर्मालगायत सहभागी थिए । (रासस)

प्रकाशित मिति : १८ फाल्गुन २०८२, सोमबार  ९ : ०१ बजे

गणेशमानलाई केआई सिंहको व्यंग्य- ‘कोपारा चोर पार्टीको त्यो पिलन्धरेलाई भोट किन दिने ?’

एउटा मानिस नक्कली नोट छाप्ने काम गर्थ्यो । पैसा छाप्दाछाप्दै

भोजपुरको भुल्केमा जलाधार क्षेत्र संरक्षण अभियान

भोजपुर– मानवीय क्रियाकलाप र जलवायु परिवर्तनका असरका कारण सुक्दै गएका

होली पर्वले मुलुकलाई समृद्धितर्फ अघि बढ्न प्रेरित गर्छ : उपराष्ट्रपति यादव

काठमाडौं– उपराष्ट्रपति रामसहाय प्रसाद यादवले फागुपूर्णिमा (होली) पर्व राष्ट्रिय एकता,

‘पोस्टरमा टाउको बिक्ने’ राजेशको त्यो समय, अहिले हल खाली

काठमाडौं – चुनाव आउन तीन दिन बाँकी छ । देश

प्रभावकारी बन्दै विद्यालयमा ‘शून्य फोहोर’ कार्यक्रम

बाँके– नेपालगञ्ज उपमहानगरपालिकाभित्रका विभिन्न विद्यालयमा सञ्चालित ‘शून्य फोहोर कार्यक्रम’ प्रभावकारी