मध्यपूर्वको तनावप्रति सरकार गम्भीर, प्रधानमन्त्रीले भनिन्: आकस्मिक परिस्थितिका लागि कदम चाल्न तयार छौँ « Khabarhub

मध्यपूर्वको तनावप्रति सरकार गम्भीर, प्रधानमन्त्रीले भनिन्: आकस्मिक परिस्थितिका लागि कदम चाल्न तयार छौँ


१८ फाल्गुन २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रधानमन्त्री सुशीला कार्कीले इजरायल र अमेरिकाद्वारा इरानमाथि आक्रमणपछि मध्यपूर्व क्षेत्रमा गहिरिँदै गएको तनावप्रति सरकार गम्भीर र सतर्क रहेको बताएकी छन्।

देशवासीका नाममा सोमबार सम्बोधन गर्दै उनले इरान र वरपरको विकसित घटनाक्रमले चिन्ता बढाएको उल्लेख गरिन्।

नेपाल सरकारले पछिल्ला घटनाहरूलाई सूक्ष्म रूपमा नियालिरहेको उनले बताइन्। विशेषगरी त्यहाँ रोजगारी र विभिन्न कारणले बसोबास गरिरहेका नेपाली नागरिकको सुरक्षा सरकारको प्राथमिक चासोमा रहेको उनले स्पष्ट पारिन्।

उनले मध्यपूर्वमा रहेका सबै नेपाली नियोगहरूलाई आवश्यक सुरक्षा सहजीकरणमा सक्रिय बनाइएको जानकारी दिँदै परराष्ट्र मन्त्रालयमार्फत निरन्तर अनुगमन भइरहेको बताइन्। कुनै आकस्मिक परिस्थिति उत्पन्न भएमा आवश्यक कदम चाल्न सरकार तयार रहेको उनको भनाइ छ।

प्रधानमन्त्रीले विदेशमा रहेका नेपालीलाई सजग रहन, सम्बन्धित दूतावास र नियोगसँग सम्पर्कमा रहन आग्रह गरिन्। सरकारले जहाँ रहे पनि प्रत्येक नेपाली नागरिकको सुरक्षा र हितको रक्षा गर्ने प्रतिबद्धता दोहोर्‍याएको छ।

प्रकाशित मिति : १८ फाल्गुन २०८२, सोमबार  १२ : ५० बजे

जाँचबुझ आयोगको प्रतिवेदन : यी हुन् सामाजिक सञ्जालमार्फत भ्रामक सूचना फैलाउनेहरू

काठमाडौँ- भदौ २३ र २४ गतेको जेनजी आन्दोलनमा भ्रामक सूचना

युक्रेनमा व्यापक आक्रमण, कैयौँ सहरमा जनजीवन प्रभावित

मस्को – रुसले युक्रेनका कैयौँ सहरमा व्यापक र हवाई आक्रमण

जाँचबुझ आयोगको प्रतिवेदन : न्यायालय राजनीतिक चंगुलमा फस्यो

काठमाडौं– पूर्वन्यायाधीश गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगले न्यायालय राजनीतिक चंगुलमा

बेलायत र फ्रान्सले ‘स्ट्रेट अफ हर्मुज’ पुनः सञ्चालन गर्ने पहल गर्ने

लण्डन – बेलायत र फ्रान्सले मध्यपूर्व युद्धको सुरुवातदेखि इरानले प्रभावकारी

फेरि बढ्यो पेट्रोलियम पदार्थको मूल्य

कामठाडौं – नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य फेरि बढाएको