खानेपानीमा दलहरूको जोड : घरघरमा स्वच्छ पानी पुर्‍याउने प्रतिबद्धता « Khabarhub

खानेपानीमा दलहरूको जोड : घरघरमा स्वच्छ पानी पुर्‍याउने प्रतिबद्धता


१८ फाल्गुन २०८२, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपालका प्रमुख राजनीतिक दलहरूले आसन्न निर्वाचनलाई लक्षित गर्दै सार्वजनिक गरेका घोषणापत्रहरूमा स्वच्छ खानेपानीलाई मुख्य ‘एजेन्डा’का रूपमा अघि सारेका छन् । 

सुरक्षित, नियमित र गुणस्तरीय पिउने पानीको अभाव अझै पनि देशका धेरै क्षेत्रको प्रमुख समस्या रहेको भन्दै विभिन्न प्रमुख राजनीतिक दलले दीर्घकालीन योजना र संरचनात्मक सुधारका प्रतिबद्धता व्यक्त गरेका हुन् । 

मुख्य दलले स्वच्छ खानेपानीलाई जनस्वास्थ्य, लैङ्गिक समानता, जलवायु अनुकूलन र दिगो विकाससँग जोड्दै प्राथमिकतामा राखेका छन् । 

खानेपानी तथा सरसफाइ उपभोक्ता महासङ्घका अध्यक्ष राजेन्द्र अर्यालले विभिन्न राजनीतिक दलको ल्याएका घोषणापत्रमा राखिएका खानेपानीका व्यवस्थापनका योजना राम्रो रहे पनि बजेट व्यवस्थापन, आयोजना कार्यान्वयन, स्रोत संरक्षण र पारदर्शितामा प्रभावकारी सुधार नगरेसम्म प्रतिबद्धता व्यवहारमा उतार्नु चुनौतीपूर्ण रहेको बताए। 

    नेपाली कांग्रेसको प्रतिज्ञा : ‘सफा पानी, स्वस्थ जिन्दगानी’

नेपाली कांग्रेसले आफ्नो प्रतिज्ञापत्रमा ‘सफा पानी, स्वस्थ जिन्दगानी’ नारासहित सबै नागरिकलाई स्वच्छ पानीमा पहुँच सुनिश्चित गर्ने प्रतिबद्धता जनाएको छ । वर्षाको पानी सङ्कलन, भूमिगत जल पुनर्भरण, मुहान संरक्षण तथा पुराना पोखरी, कुवा, धारो र चापाकलको वैज्ञानिक पुनःनिर्माणमार्फत दिगो आपूर्ति व्यवस्था मिलाइने उल्लेख गरिएको छ ।

दलले जलवायु परिवर्तनका कारण सुक्दै गएका पानीका स्रोत संरक्षणलाई प्राथमिकतामा राख्दै समुदाय केन्द्रित व्यवस्थापन प्रणाली लागू गर्ने जनाएको छ । घण्टौँ हिँडेर पानी बोक्नुपर्ने अवस्थाको अन्त्य गर्न मुहानदेखि घरधुरीसम्मको वितरण प्रणालीलाई उच्च प्राथमिकतामा अघि बढाइने योजना छ ।

साथै, मेलम्चीलगायतका निर्माणाधीन सहरी तथा ग्रामीण खानेपानी आयोजना समयमै सम्पन्न गरी स्वच्छ पानीको पहुँच विस्तार गर्ने प्रतिबद्धता पनि कांग्रेसले व्यक्त गरेको छ ।

एमाले घोषणापत्र : मासिक १० हजार लिटरसम्म पानी निःशुल्क 

नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले आगामी पाँच वर्षभित्र सबै निर्माणाधीन खानेपानी आयोजना सम्पन्न गर्ने र प्रत्येक परिवारलाई मासिक १० हजार लिटरसम्म पानी निःशुल्क उपलब्ध गराउने घोषणा गरेको छ ।

एमालेले तराईका जिल्लामा नदीबाट पानी ल्याई थोक वितरण प्रणालीमार्फत आपूर्ति गर्ने योजना अघि सारेको छ । आगामी दुई वर्षभित्र सबै घरधुरीमा आधारभूत खानेपानी तथा सरसफाइ सुविधा पुर्‍याउने र पाँच वर्षभित्र गुणस्तरीय पानीमा पूर्ण पहुँच सुनिश्चित गर्ने लक्ष्य लिएको छ । पानी व्यवस्थापनमा जिआइएस नक्साङ्कन, स्मार्ट वितरण प्रणाली, चौबीसै घण्टा आपूर्ति, सुक्खाग्रस्त क्षेत्रका लागि वैकल्पिक व्यवस्था तथा विपद् पूर्वतयारी योजना लागू गरिने उल्लेख छ । साथै, जलवायु वित्तको निश्चित हिस्सा मुहान संरक्षणमा लगानी गर्ने, जलाधार क्षेत्र, सिमसार, ताल–तलैया र नदी संरक्षणमा जोड दिने प्रतिबद्धता जनाएको छ ।

  नेकपाको घोषणा : पाँच वर्षमा घरघरमा सफा पानी

नेपाली कम्युनिष्ट पार्टी (नेकपा)ले ग्रामीण तथा सहरी विकाससँगै खानेपानीलाई प्राथमिकतामा राख्दै पाँच वर्षभित्र सबै नेपालीको घरमा सफा पिउने पानी उपलब्ध गराउने घोषणा गरेको छ । दलले व्यवस्थित बस्ती विकास, २० सहरलाई ‘स्मार्ट सिटी’ र १०० ग्रामीण बस्तीलाई ‘स्मार्ट भिलेज’ बनाउने लक्ष्य सार्वजनिक गरेको छ । ‘एक परिवार, एक आवास इकाइ’ अवधारणाअन्तर्गत पाँच वर्षमा पाँच लाख नयाँ आवास इकाइ निर्माण गर्ने योजना पनि घोषणापत्रमा समावेश गरिएको छ ।

प्रकाशित मिति : १८ फाल्गुन २०८२, सोमबार  १ : ५१ बजे

इरानमा फसेका विद्यार्थीहरूलाई बाहिरिन अनुमति

एजेन्सी– पश्चिम एसिया क्षेत्रमा तनाव बढ्दै जाँदा इरानमा फसेका भारतीयसहितका

रामेछापमा निर्वाचनका कर्मचारी सवार गाडी दुर्घटना

काठमाडौं– रामेछाप नगरपालिका–२ देउराली स्वामिडाँडामा चुनावका लागि मतपेटिकासहितको सामग्री बोकेको

मध्यपूर्व तनावमा संयम अपनाउन आईएईएको आग्रह

एजेन्सी– इरानमा अमेरिका–इजरायल आक्रमण र त्यसपछिका जबाफी क्षेप्यास्त्र प्रहारबीच अन्तर्राष्ट्रिय

भारत–क्यानाडा व्यापार ५० अर्ब डलर लक्ष्य

एजेन्सी– भारत र क्यानाडाले सन् २०३० सम्म द्विपक्षीय व्यापार ५०

अवैध लागूऔषधसहित विभिन्न स्थानबाट तीन जना पक्राउ

काठमाडौं– झापाको गौरीगंज गाउँपालिका-२ बाहुन टोलबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ४