हिउँ पन्छाइएपछि साङ्ता मतदान केन्द्र जाने सडक सञ्चालनमा « Khabarhub

हिउँ पन्छाइएपछि साङ्ता मतदान केन्द्र जाने सडक सञ्चालनमा


१८ फाल्गुन २०८२, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

मुस्ताङ– मुस्ताङको वारागुङ मुक्तिक्षेत्र–५ स्थित साङ्ता मतदान केन्द्र जाने (मुस्ताङ-डोल्पा) सडक हिउँ लगातार ६ दिनसम्म पन्छाइएपछि सञ्चालनमा आएको छ । 

जिल्ला प्रशासन कार्यालयको समन्वयमा वारागुङ मुक्तिक्षेत्र गाउँपालिका र सडक डिभिजन कार्यालय बाग्लुङको डोजर प्रयोग गरी सडक सञ्चालनमा ल्याइएको हो ।

यही फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि साङ्ता गाउँबाहिर रहेका मतदातालाई गाउँ फर्काउन र मतदानस्थलको सुरक्षामा खटिने कर्मचारी तथा सुरक्षा निकायलाई उक्त मतदान केन्द्रसम्म आउजाउ गर्न असहज भएकाले सडकको हिउँ पन्छाएर सडक सञ्चालनमा ल्याइएको वारागुङ मुक्तिक्षेत्रका अध्यक्ष रिनजिननामगेल गुरुङले जानकारी दिए । 

मुस्ताङ र डोल्पा जिल्लाको सिमानामा पर्ने साङ्ता गाउँस्थित हिमाली आधारभूत विद्यालय मतदान केन्द्र जाने (मुस्ताङ-डोल्पा) सडक गत कात्तिक १० गते र त्यसयता तीनपटक परेको हिमपातले पूर्ण रूपमा अवरुद्ध भएको थियो । 

वारागुङ मुक्तिक्षेत्र गाउँपालिकाका अध्यक्ष गुरुङका अनुसार मुस्ताङको साङ्तास्थित हिमाली आधारभूत मतदान केन्द्र जाने करिब सात किलोमिटर सडकको बाक्लो हिउँ डोजरको सहायताले पन्छाइएपछि सडक सञ्चालनमा आएको हो । यही फागुन २१ गते हुने निर्वाचनका लागि गाउँपालिकाको लगानीमा सडक खुलाइएको अध्यक्ष गुरुङको भनाइ छ ।

साङ्ता मतदान केन्द्र जाने सडक कतिपय स्थानमा १३ फिटसम्म हिउँ जमेर अवरुद्ध भएको थियो । वडाध्यक्ष सुरेन्द्र गुरुङका अनुसार हिउँ पन्छाइएपछि साङ्ता गाउँ तथा डोल्पा जाने छुकसम्वसम्मको सडक सञ्चालनमा आएको छ । 

हिउँ पन्छाएपछि माथिल्लो डोल्पाको छार्काताङसुङ गाउँपालिकाका मतदाता आ–आफ्नो गाउँ प्रस्थान गरेका छन् ।  सडकको हिउँ पन्छाइएपछि माथिल्लो डोल्पाका नागरिकलाई खाद्यान्न ढुुवानी गर्न समेत सहज भएको वडाध्यक्ष गुरुङले जानकारी दिए । 

यसैगरी, मुस्ताङ-डोल्पा सडकको जोड्ने साङ्ता मतदान केन्द्र जाने सडकको हिउँ पन्छाइएपछि जोमसोमबाट नेपाल विद्युत् प्राधिकरणका कर्मचारीले तीन महिनादेखि अवरुद्ध रहेको टेलिफोन टावर मर्मत गरिसकेको वडाध्यक्ष गुरुङले बताए । 

यसअघि मुस्ताङको साङ्तास्थित हिमाली आधारभूत विद्यालय मतदान केन्द्रलाई सोही वडाको फल्याकमा सार्न त्यहाँको वडा कार्यालयले सम्बन्धित निकायलाई लिखित अनुरोध गरेको थियो । तर, जिल्ला स्तरमा मतदान केन्द्र सार्ने विषयमा सहमति नहुँदा उक्त मतदान केन्द्र नै कायम भएको थियो ।

साङ्तामा १३ घरधुरीका ३९ मतदाता छन् । विसं २०७९ को निर्वाचनमा साङ्ता गाउँमा ३४ मतदाता रहेका थिए । साङ्ता मुस्ताङ र डोल्पाको सीमावर्ती गाउँ हो । त्यहाँका नागरिक बर्सेनि हिउँदयामको जाडो छल्न गाउँ छोडेर मुस्ताङको जोमसोम आसपासका गाउँमा बस्ने गर्छन् । गर्मीयाम सुरु भएपछि मात्र उनीहरु चैत-वैशाखमा साबिकको स्थानमा फर्किन्छन् । 

माथिल्लो डोल्पाका नागरिकलाई पोखरा-काठमाडौँ र जोमसोमबाट मालसामान ढुवानी गर्न सबैभन्दा छोटो दूरीको सडक यही नै हो ।

प्रकाशित मिति : १८ फाल्गुन २०८२, सोमबार  १ : ५६ बजे

अध्ययन बिदापछि सेवा नफर्कने त्रिविका शिक्षक-कर्मचारीबाट १६ करोड ५० लाख असुल

काठमाडौं– त्रिभुवन विश्वविद्यालयले अध्ययन बिदा लिएपछि विश्वविद्यालयको नियमानुसार सेवामा नफर्किएका

अमेरिकासँग तत्काल वार्ता गर्ने योजना छैन : इरानी मिडिया

तेहरान– संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागी हुन अमेरिका पुगेको इरानी प्रतिनिधिमण्डलले

उत्तरी नाइजेरियामा सशस्त्र समूहको आक्रमण, ८७ जनाभन्दा बढी अपहरण

अबुजा- उत्तरी नाइजेरियामा शनिबारदेखि जारी सशस्त्र समूहको आक्रमणमा ८७ जनाभन्दा बढी

नेसनल मेडिकल कलेजका आवासीय चिकित्सकको आन्दोलनबारे संघद्वारा प्रधानमन्त्रीलाई पत्र

काठमाडौं– नेसनल मेडिकल कलेज शिक्षण अस्पतालमा कार्यरत प्रथम वर्षका आवासीय

मधेस प्रदेशको पहिलो पेफा मूल्याङ्कन प्रतिवेदन सार्वजनिक, समग्र प्राप्ताङ्क ‘डी प्लस’

काठमाडौं– मधेस प्रदेश सरकारले प्रदेशको सार्वजनिक वित्तीय व्यवस्थापन प्रणालीको मूल्याङ्कन