इरानी आक्रमणमा मारिने नेपाली गोरखाका २९ वर्षीय दिवस श्रेष्ठ « Khabarhub

इरानी आक्रमणमा मारिने नेपाली गोरखाका २९ वर्षीय दिवस श्रेष्ठ


१८ फाल्गुन २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


210
Shares
  • change font
  • change font
  • change font

अबुधाबी– संयुक्त अरब इमिरेट्सको अबुधाबीस्थित जायेद अन्तर्राष्ट्रिय विमानस्थलमा ड्रोन निष्क्रिय पार्ने क्रममा एक नेपाली नागरिकको मृत्यु भएको छ।

मृतक गोर्खा घर भएका २९ वर्षीय दिवस श्रेष्ठ रहेको अबुधाबीस्थित नेपाली दूतावासले जनाएको छ। दूतावासका अनुसार श्रेष्ठ ‘मध्य पूर्व कम्पनी’ मा सेक्युरिटी गार्डका रूपमा कार्यरत थिए।

घटनाबारे यूएईको परराष्ट्र मन्त्रालयबाट आधिकारिक जानकारी प्राप्त भएको दूतावासले पुष्टि गरेको छ। घटनाको प्रकृति र थप विवरण सम्बन्धित निकायले सार्वजनिक गर्ने जनाइएको छ।

दूतावासले श्रेष्ठको निधनप्रति गहिरो दुःख व्यक्त गर्दै दिवंगत आत्माको चिरशान्तिको कामना गरेको छ भने शोकसन्तप्त परिवारप्रति समवेदना प्रकट गरेको छ।

परिस्थिति सहज भएपछि श्रेष्ठको पार्थिव शरीर यथाशीघ्र स्वदेश फिर्ता ल्याउन आवश्यक सम्पूर्ण सहजीकरण गर्ने दूतावासले जनाएको छ।

यसैबीच, दूतावासले यूएईमा रहेका नेपाली नागरिकलाई संयमता अपनाउन, सुरक्षित स्थानमा बस्न र यूएई सरकारले जारी गरेका सुरक्षा मापदण्डहरू पूर्ण रूपमा पालना गर्न आग्रह गरेको छ।

प्रकाशित मिति : १८ फाल्गुन २०८२, सोमबार  २ : १४ बजे

राष्ट्रपतिले जारी गरे विपदसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले एक अध्यादेश जारी गरेका छन् ।

दसैँअघि नै उखु किसानलाई भुक्तानी दिन मन्त्री चौधरीको निर्देशन

काठमाडौं– कृषि, वन तथा पर्यावरणमन्त्री गिता चौधरीले दसैँअघि नै उखु

दशैंमा उपत्यकाका ६ ठाउँबाट ग्यास बिक्री गरिने, जुनसुकै ब्राण्डको सिलिण्डर साटफेर गर्न पाइने

काठमाडौं– नेपाल एलपी ग्यास उद्योग संघले उपत्यकामा चाडबाडको समयमा खाना

एमालेले पार्टीका रिक्त पदमा मनोनयन गर्ने

काठमाडौं– नेकपा एमाले स्थायी कमिटी बैठकमा पार्टीका रिक्त पदमा मनोनयन

कांग्रेस महाधिवेशनमा सभापतिको मतगणना आजै सुरु गरिने, अरुबारे निर्णय हुन बाँकी

काठमाडौं- नेपाली कांग्रेसको १५औं महाधिवेशनमा नेतृत्व चयनका लागि मतदान जारी