स्वास्थ्य बीमाको नयाँ दाबी निर्देशन, शिशुको उपचार आमाकै बीमा कोडबाट हुने  « Khabarhub

स्वास्थ्य बीमाको नयाँ दाबी निर्देशन, शिशुको उपचार आमाकै बीमा कोडबाट हुने 


१८ फाल्गुन २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


78
Shares
  • change font
  • change font
  • change font

काठमाडौैं– स्वास्थ्य बीमा बोर्डले स्वास्थ्य बीमा अन्तर्गत दाबी व्यवस्थापन प्रणालीलाई थप स्पष्ट, वैज्ञानिक र प्रभावकारी बनाउन स्वास्थ्य सेवा प्रदायक संस्थाहरूका लागि नयाँ निर्देशन जारी गरेको छ । 

शिशुको उपचार, अस्पताल भर्ना तथा ओपिडी–आकस्मिक सेवासम्बन्धी दाबी प्रक्रियामा देखिएको अन्योल हटाउने उद्देश्यले बोर्डले ४ बुँदे स्पष्टीकरण सार्वजनिक गरेको हो । बोर्डका अनुसार बीमा अवधि कायम रहेकै अवस्थामा जन्मिएका शिशुको उपचारका लागि अब छुट्टै बीमा दर्ता अनिवार्य नहुने भएको छ । 

यस्तो अवस्थामा शिशुको उपचार आमाकै ‘क्लेम कोड’ प्रयोग गरी गर्न सकिने व्यवस्था गरिएको छ । तर, आमा र शिशु दुवैको आवश्यक विवरण तथा कागजातहरू आइ एम आइ एस प्रणालीमा अनिवार्य रूपमा प्रविष्ट गरी स्पष्ट उल्लेख गर्नुपर्नेछ । त्यसैगरी अस्पताल भर्ना सम्बन्धी दाबी प्रक्रियालाई पनि व्यवस्थित गरिएको छ ।

 रिफरल, आकस्मिक वा ओपिडी सेवा हुँदै बिरामी अस्पताल भर्ना भएको अवस्थामा प्रणालीको भिजिट टाइप मा अन्य छनोट गरी  मा अनिवार्य रूपमा ‘क्ष्एम्’ उल्लेख गर्न निर्देशन दिइएको छ।

ओपिडी सेवाअन्तर्गत एकै दिन विभिन्न सेवा लिँदा छुट्टाछुट्टै क्लेम कोड नआउने भएकाले एउटै क्लेम कोड प्रयोग गरी केयर टाइपमा ओपिडी राखेर दाबी गर्नुपर्ने बोर्डले जनाएको छ । तर, कुनै बिरामीले एकै दिन ओपिडी र आकस्मिक दुवै सेवा लिनुपरेमा भने फरक–फरक क्लेम कोडमार्फत दाबी गर्न सकिने व्यवस्था गरिएको छ बोर्डका वरिष्ठ मेडिकल सुपरिटेन्डेन्ट डा।पवन कुमार शाहद्वारा जारी बिज्ञप्तिमा भनिएको छ ।

साथै, निर्देशन प्रभावकारी कार्यान्वयनका लागि सबै प्रदेश तथा जिल्ला सम्पर्क कार्यालयहरूलाई आवश्यक समन्वय गर्न भनिएको छ । नयाँ व्यवस्थासँगै स्वास्थ्य बीमा दाबी प्रक्रियामा देखिँदै आएको प्राविधिक अन्योल घट्ने र सेवा प्रवाह थप सहज हुने अपेक्षा गरिएको बोर्डले जनाएको छ ।

प्रकाशित मिति : १८ फाल्गुन २०८२, सोमबार  ३ : ५८ बजे

म्यान्मा : संसद् बैठकअघि १० हजारभन्दा बढी कैदी माफी

एजेन्सी– पाँच वर्षभन्दा बढी समयपछि संसद्को पहिलो बैठक बोलाउने तयारी भइरहेका

इरानमा फसेका विद्यार्थीहरूलाई बाहिरिन अनुमति

एजेन्सी– पश्चिम एसिया क्षेत्रमा तनाव बढ्दै जाँदा इरानमा फसेका भारतीयसहितका

रामेछापमा निर्वाचनका कर्मचारी सवार गाडी दुर्घटना

रामेछाप – रामेछाप नगरपालिका–२ देउराली स्वामिडाँडामा चुनावका लागि मतपेटिकासहितको सामग्री

मध्यपूर्व तनावमा संयम अपनाउन आईएईएको आग्रह

एजेन्सी– इरानमा अमेरिका–इजरायल आक्रमण र त्यसपछिका जबाफी क्षेप्यास्त्र प्रहारबीच अन्तर्राष्ट्रिय

भारत–क्यानाडा व्यापार ५० अर्ब डलर लक्ष्य

एजेन्सी– भारत र क्यानाडाले सन् २०३० सम्म द्विपक्षीय व्यापार ५०