इजरायली प्रधानमन्त्री नेतन्याहुको कार्यालयमा इरानको मिसाइल आक्रमण « Khabarhub

इजरायली प्रधानमन्त्री नेतन्याहुको कार्यालयमा इरानको मिसाइल आक्रमण


१८ फाल्गुन २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


2.1k
Shares
  • change font
  • change font
  • change font

तेहरान- इरानको इस्लामिक रिभोल्युस्नरी गार्ड कर्प्स (आईआरजीसी) ले इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहूको कार्यालयमा मिसाइल आक्रमण गरेको जनाएको छ।

आईआरजीसीका अनुसार यो आक्रमण अचानक गरिएको हो । इजरायली एयर फोर्स कमाण्डरको स्थानलाई पनि लक्षित गरेर मिसाइल हानिएको थियो। आक्रमणपश्चात नेतन्याहुको अवस्था अस्पष्ट रहेको आईजीआरसीले जनाएको छ।

आईजीआरसीले टेलिग्राममार्फत् जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘आपराधिक इजरायली प्रधानमन्त्री नेतन्याहुको कार्यालय र शासनको एयर फोर्स कमाण्डरको स्थानलाई १०औँ लहरमा खेबर शेकान ब्यालेस्टिक मिसाइलद्वारा लक्षित र अचानक आक्रमण गरिएको छ।’

यो घोषणा व्यापक इजरायल–इरान द्वन्द्वको बीचमा आएको हो। अमेरिकी र इजरायली संयुक्त अपरेशनले साता अन्तमा अली खामेनेईको हत्या गरेपछि यो द्वन्द्व तीव्र भएको थियो।

जवाफस्वरूप, तेहरान र त्यसका सहयोगी मिलिसियाहरूले इजरायलका शहर र खाडी क्षेत्रमा अमेरिकी बेसहरूमा मिसाइल र ड्रोन आक्रमण गरेका छन्।

यसका साथै, राफायल ग्रोसीले इरानका आणविक सुविधासम्बन्धी अवस्था धेरै चिन्ताजनक भएको बताएका छन्।

उनले सम्भवतः रेडियो विकिरण चुहिँदा गम्भीर परिणाम दिन सक्ने बताएका छन्। जसमा ठूला शहरभन्दा ठूलो क्षेत्र खाली गर्नुपर्ने अवस्था आउन सक्ने उनको भनाइ छ । उनले भने, ‘इरानी आणविक नियामक अधिकारीसँग सम्पर्क प्रयास जारी छ, तर अहिलेसम्म कुनै प्रतिक्रिया आएको छैन।’

इरानका आईएईए राजदूत रेजा नजाफीले पनि अमेरिकी र इजरायली सेनाले हिजो इरानी आणविक स्थलहरूमा हमला गरेको पुष्टि गरेका छन् । विशेष गरी नातन्ज आणविक केन्द्र लक्षित आक्रमण भएको हो। इजरायलले हालसम्म नेतन्याहुको कार्यालय वा नतान्ज साइटमाथिको आक्रमण पुष्टि गरेको छैन।

प्रकाशित मिति : १८ फाल्गुन २०८२, सोमबार  ४ : २३ बजे

ओ‌ली र लेखकलाई थुन्न हतार गरेका बालेन-सुधन सुनसरी घटनाबारे किन बोल्दैनन् ?

काठमाडौं- २०७९ को चुनावपछिको अवस्थामा वर्तमान प्रधानमन्त्री वालेन्द्र शाह सामाजिक

सङ्घीयता लोकतान्त्रिक गणतन्त्रलाई सबल बनाउने आधार हो : सभामुख यादव

जनकपुरधाम– मधेस प्रदेशका सभामुख रामअशिष यादवले सङ्घीयता केवल विकास वा

सञ्चारमन्त्रीसँग एनआरएनए प्रतिनिधिको भेट : नेपालमा थप पुँजी र प्रविधि भित्र्याउने विषयमा छलफल

काठमाडौं– सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनाले गैरआवासीय नेपाली (एनआरएन)

लुम्बिनीमा गत आवमा सवारी दुर्घटनाबाट ५८५ को मृत्यु

बुटवल– गत आर्थिक वर्ष २०८२/८३ मा लुम्बिनी प्रदेशका १२ जिल्लामा