इरान युद्धको असर पूरै मध्यपूर्वमा, नेपाली र भारतीयसमेत ६०६ जना मारिए « Khabarhub

इरान युद्धको असर पूरै मध्यपूर्वमा, नेपाली र भारतीयसमेत ६०६ जना मारिए

कुन देशमा कति नागरिकले गुमाए ज्यान ?


१८ फाल्गुन २०८२, सोमबार  

पढ्न लाग्ने समय : 3 मिनेट


243
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- यही शनिबारदेखि इजरायल र अमेरिकाले इरानमा थालेको आक्रमणका क्रममा ज्यान गुमाउनेको संख्या ६ सय नाघेको छ।

अल जजीराको लाइभ ट्र्याकर सबैभन्दा बढी ५५५ जना इरानमा मारिएका छन् । इरानसहित विभिन्न देशमा युद्धका कारण मारिनेको संख्या ६०६ पुगेको छ।

अमेरिका-इजरायलले थालेको युद्धपछि इरानले प्रत्याक्रण गर्दा मध्यपूर्वका विभिन्न देशहरूमा हताहत हुनेको संख्या चुलिँदै गएको हो ।

मानवीय क्षतिको विवरण

इरान – मृत्यु : ५५५, घाइते : सयौँ

संयुक्त अमेरिकी–इजरायली आक्रमणमा इरानका १३१ जिल्लामा हालसम्म कम्तीमा ५५५ जनाको मृत्यु भएको छ । इरान रेड क्रिसेन्ट सोसाइटीले जनाएअनुसार एउटा विद्यालयमा भएको आक्रमणमा नरसंहार नै भएको छ।

सबैभन्दा घातक घटना दक्षिणपूर्वी सहर मिनाबमा भएको छ, जहाँ एक बालिका प्राथमिक विद्यालयमा गरिएको आक्रमणमा ठूलो संख्यामा बालबालिका मारिएका छन्।

इरानको स्वास्थ्य मन्त्रालयका जनसम्पर्क प्रमुख होसेन केर्मानपुरका अनुसार आइतबार भएको उक्त आक्रमणमा करिब १८० बालिकाको ज्यान गएको छ।

इजरायल – मृत्यु: १०, घाइते: सयौँ

आइतबार केन्द्रीय इजरायलको बेइत शेमेशमा इरानी ब्यालेस्टिक मिसाइल आक्रमणमा ९ जनाको मृत्यु र २० भन्दा बढी घाइते भएका छन्। शनिबार राति तेल अवीव क्षेत्रमा एक महिलाको मिसाइल लागेर मृत्यु भएको पुष्टि गरिएको छ।

हार्टेजका अनुसार शनिबार इरानी आक्रमणमा तेल अभिभका कम्तीमा ४० भवन क्षतिग्रस्त भएका छन्।

अमेरिकी सैनिक – मृत्यु : ३, घाइते: ५

कुवेतमा इरानी आक्रमणमा तीन अमेरिकी सैनिकको मृत्यु भएको छ । उक्त क्रममा पाँच जना गम्भीर घाइते भएका छन्। युनाइटेड स्टेट्स सेन्ट्रल कमान्डका अनुसार केही सैनिक सामान्य घाइते भएर पुनः सेवामा फर्किने प्रक्रियामा छन्।

बहराइन – मृत्यु : १, घाइते: ४

इरानी मिसाइलले बहराइनको जुफैर क्षेत्रमा रहेको अमेरिकी नौसेनाको पाँचौं बेडाको मुख्यालयलाई लक्षित गरेको बताइएको छ। बहराइनको आन्तरिक मन्त्रालयका अनुसार एकजना भारतीय कामदारको मृत्यु भएको छ । अन्य चार जना घाइते भएका छन्।

ओमानमा एक तेल ट्यांकरमाथि मिसाइल हमला हुँदा ती भारतीय मारिएका हुन् । उनी उक्त ट्यांकरका चालक रहेको खुलेको छ।

इराक – मृत्यु : २, घाइते : ५

दक्षिणी इराकको जुरफ अल-साखेर (जुरफ अल-नस्र) आधार शिविरमा अमेरिकी र इजरायली आक्रमणमा दुई लडाकुको मृत्यु र पाँच जना घाइते भएका छन्।
उक्त आधारमा लोकप्रिय मोबिलाइजेसन फोर्सेस र काटाबी हिज्बोल्लाहका सदस्यहरू तैनाथ छन्।

उत्तरी इराकको एर्बिलमा रहेको अमेरिकी कन्सुलेटनजिक विस्फोटको आवाज सुनिएको थियो, तर हवाई प्रतिरक्षा प्रणालीले ड्रोन रोकिएको बताइएको छ।

जोर्डन – मृत्यु : ०, घाइते : ०

जोर्डनका सशस्त्र बलले आफ्नो हवाई क्षेत्रमा प्रवेश गरेका ४९ ड्रोन र मिसाइल अवरोध गरेको जनाएको छ। केही टुक्राले सम्पत्तिमा सामान्य क्षति पुगे पनि मानवीय क्षति भएको छैन।

कुवेत – मृत्यु : १, घाइते : ३२

अली अल-सालेम एयर बेसमाथि मिसाइल आक्रमण भएको कुवेतको रक्षा मन्त्रालयले जनाएको छ। सबै मिसाइल अवरोध गरिएको दाबी गरिएको छ। आइतबार स्वास्थ्य मन्त्रालयले एक जनाको मृत्यु र ३२ जना घाइते भएको जनाएको छ।

लेबनान – मृत्यु: ३१, घाइते: १४९

लेबनानको स्वास्थ्य मन्त्रालयका अनुसार इजरायली हवाई आक्रमणमा कम्तीमा ३१ जनाको मृत्यु र १४९ जना घाइते भएका छन्। हिजबोल्लाहले इरानी सर्वोच्च नेता खामेनेईको हत्याको प्रतिशोधस्वरूप उत्तरी इजरायलमा रकेट र ड्रोन आक्रमण गरेको दाबी गरेको छ।

ओमान – मृत्यु: ०, घाइते: ५

डुक्म बन्दरगाह नजिक दुई ड्रोन आक्रमणमा एक विदेशी कामदार घाइते भएका छन्। साथै मुसन्दाम नजिक पालाउ झण्डा बोकेको तेल ट्यांकरमाथि आक्रमण हुँदा चारजना घाइते भएका छन्।

कतार – मृत्यु: ०, घाइते: १६

कतारको आन्तरिक मन्त्रालयका अनुसार १६ जना घाइते भएका छन्, अधिकांशलाई झरेका टुक्राले चोट लागेको हो। रक्षा मन्त्रालयले अल उदेइद सैन्य आधारमा दुई ब्यालेस्टिक मिसाइल प्रहार भएको पुष्टि गरेको छ।

कतारी हवाई प्रतिरक्षा प्रणालीले ६५ मिसाइल र १२ ड्रोन अवरोध गरेको जनाएको छ। कतार सिभिल एभिएसन प्राधिकरणले हवाई उडान अनिश्चितकालका लागि स्थगित गरेको छ।

साउदी अरब – मृत्यु: ०, घाइते: ०

साउदी विदेश मन्त्रालयका अनुसार राजधानी रियाद र पूर्वी प्रान्तलाई लक्षित गरी आक्रमण भएको छ। हालसम्म मानवीय क्षति नभएको जनाएको छ।

संयुक्त अरब इमिरेट्स – मृत्यु : ३, घाइते: ५८

यूएईमा नेपाली कामदारसहित तीन जनाको मृत्यु र ५८ जना घाइते भएको पुष्टि गरिएको छ। यूएईमा गोरखाका २९ वर्षीय युवकले ज्यान गुमाएका हुन् ।

अबुधाबीको जायद अन्तर्राष्ट्रिय विमानस्थल नजिक झरेका टुक्राले एक पाकिस्तानी नागरिकको मृत्यु भएको छ। दुबई अन्तर्राष्ट्रिय विमानस्थल र पाम जुमेराह क्षेत्रमा पनि क्षति पुगेको छ।

युएईको रक्षा मन्त्रालयका अनुसार १६५ ब्यालेस्टिक मिसाइलमध्ये १५२ नष्ट गरिएको र दुई क्रुज मिसाइल अवरोध गरिएको छ।

प्रकाशित मिति : १८ फाल्गुन २०८२, सोमबार  ५ : ४८ बजे

अमेरिकी–इजरायल आक्रमणमा इरानका सर्वाेच्च नेता खामेनेईकी पत्नीको पनि मृत्यु

तेहरान-इरानको सरकारी मिडियाले दिवंगत सर्वोच्च नेता अयातुल्ला अली खामेनेईकी पत्नी

निर्वाचनका कर्मचारी चढेको गाडी दुर्घटना, मतदान अधिकृत र प्रहरीका असईको मृत्यु

काठमाडौँ- रामेछापममा निर्वाचनका कर्मचारी र सामग्री बोकेको गाडी दुर्घटना हुँदा

आजका समाचार : मध्यरातिदेखि मौन अवधि, मतदाता तान्ने दलहरूको अन्तिम प्रयास, चुनावले पहाडको होली खल्लो र मध्यपूर्वमा ज्यान गुमाउने ६ सय नाघे

मध्यपूर्वको तनावप्रति सरकार गम्भीर, प्रधानमन्त्रीले भनिन्स् आकस्मिक परिस्थितिका लागि कदम

बागलुङमा दुई हजार ३६८ अस्थायी मतदाता र दुई अस्थायी मतदान केन्द्र

ढोरपाटन– बागलुङमा आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि दुई हजार ३६८

मतदानपछि मतपेटिका खोल्नु अघि राष्ट्रिय सम्वाद आवश्यक : कांग्रेस

काठमाडौँ – नेपाली कांग्रेसले प्रतिनिधि सभाको निर्वाचन केवल सरकार परिवर्तन