कुवेतको रक्षा प्रणालीले खसालिदियो तीन अमेरिकी एफ-१५ फाइटर जेट « Khabarhub

कुवेतको रक्षा प्रणालीले खसालिदियो तीन अमेरिकी एफ-१५ फाइटर जेट


१८ फाल्गुन २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.6k
Shares
  • change font
  • change font
  • change font

कुवेत- अमेरिकी सेनाको सेन्ट्रल कमान्डले कुवेतले आफ्ना तीनवटा फाइटर जेट खसालिदिएको जनाएको छ।

संयुक्त अमेरिकी सेनाको कतारस्थित सेन्ट्रल कमान्डले सोमबार कुवेतको हवाई सुरक्षा प्रणालीले गल्तीले तीन अमेरिकी एफ-१५ई स्ट्राइक इगल लडाकु विमान खसालेको पुष्टि गरेको छ।

तर ती फाइटर जेटका सबै छ जना चालकले सफलतापूर्वक इजेक्शन गरेर बाँच्न सफल भएका छन्। उनीहरू सुरक्षित रूपमा उद्धार गरिएका छन् ।

हाल सबैजना स्थिर अवस्थामा रहेका अमेरिकी सेनाले जनाएको छ। सेन्टकमले कुवेतलाई यस घटनापछि अपरेशनमा सहयोगका लागि धन्यवाद दिएको छ।

घटनाको कारणको अनुसन्धान जारी रहेको सेन्टकमले जनाएको छ । स्थानीय बासिन्दाहरूले घटनास्थलमा पुग्दा विमान र चालक अमेरिकी रहेको पुष्टि गरेका छन्।

प्रकाशित मिति : १८ फाल्गुन २०८२, सोमबार  ६ : ०३ बजे

ओठमा गुलाब, अनुहारभरि रगत अनि आँखामा रिस !

काठमाडौं– बलिउडका ‘किङ खान’ शाहरुख खान यसपटक प्रेमी र हत्याराको

कर्णालीले गुमायो आठौँ विकेट

काठमाडौं– नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली

ह्यारी केनलाई विराट कोहलीको बधाई

काठमाडौं – इङ्ल्यान्डका फुटबल खेलाडी ह्यारी केनले विश्वकै उत्कृष्ट फुटबल

कर्णालीले गुमायो सातौँ विकेट, कप्तान कामी आउट

काठमाडौं- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली

कर्णालीले गुमायो छैठौँ विकेट

काठमाडौं- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली