मोरङ– मोरङ क्षेत्र नं. ६ मा कांग्रेसका उम्मेदवार डा. शेखर कोइरालालाई समर्थन गर्दै विभिन्न साना दलका उम्मेदवारहरूले आफू निष्क्रिय बस्ने निर्णय गरेका छन्।
नागरिक उन्मुक्ति पार्टीका बलराम खवास, जनता समाजवादी पार्टी नेपालका राजु मण्डल र जनमत पार्टीका सुधराम माझी थारूले छुट्टाछुट्टै विज्ञप्ति जारी गर्दै प्रत्यक्षतर्फ डा. कोइरालालाई सहयोग गर्ने र समानुपातिकतर्फ आफ्नै दललाई मत दिने निर्णय गरेका छन्।
त्यसैगरी नेपाल मजदुर किसान पार्टीका तिलक राजवंशी, जनता समाजवादी पार्टीका महमद जाविर र जेन्जी समूहका राम खत्रीले पनि डा. कोइरालालाई सघाउने प्रतिबद्धता जनाउँदै आफ्नो उम्मेदवारी निर्वाचन आयोगमा फिर्ता लिएका छन्।
उनीहरूले लोकतन्त्र र देशका हितका लागि डा. शेखर कोइरालाको जित आवश्यक भएको निष्कर्षमा पुगेको उल्लेख गरेका छन्।













प्रतिक्रिया