अमेरिकी–इजरायल आक्रमणमा इरानका सर्वाेच्च नेता खामेनेईकी पत्नीको पनि मृत्यु « Khabarhub

अमेरिकी–इजरायल आक्रमणमा इरानका सर्वाेच्च नेता खामेनेईकी पत्नीको पनि मृत्यु


१८ फाल्गुन २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


171
Shares
  • change font
  • change font
  • change font

तेहरान-इरानको सरकारी मिडियाले दिवंगत सर्वोच्च नेता अयातुल्ला अली खामेनेईकी पत्नी मन्सूरेह खोझस्तेह बघेरजादेहको पनि मृत्यु भएको छ।

अमेरिकी–इजरायली हवाई हमलाका क्रममा लागेको चोटका कारण उनको सोमबार मृत्यु भएको छ। खामेनेईको शनिबार नै निधन भइसकेको छ ।

खामेनेई र मन्सूरेहले सन् १९६४ मा विवाह गरेका थिए। मन्सूरेह खोझस्तेह बघेरजादेहले सन् १९६४ मा अयातुल्ला अली खामेनेईसँग विवाह गरेकी थिइन्।

मशहदमा परम्परागत धार्मिक रीतिरिवाजअनुसार सम्पन्न भएको यो विवाह खामेनेई युवा धर्मगुरुका रूपमा सक्रिय रहेका बेला भएको थियो।

सन् १९४७ मा मशहदमा जन्मिएकी मंसूरेह धार्मिक परिवारबाट आएकी थिइन्। उनका पिता आयतुल्लाह मोहम्मद बघेर खोझस्तेह मशहदका प्रतिष्ठित धर्मगुरु थिए।

सर्वोच्च नेताकी पत्नी भए पनि उनले सार्वजनिक र राजनीतिक जीवनबाट दूरी कायम राखिन्। त्यसैले उनको दायरा मुख्यतः पारिवारिक र धार्मिक परिवेशमै सीमित रह्यो।

उनका छ सन्तान छन्, चार छोरा र दुई छोरी। परिवार सामान्यतया मिडियाबाट टाढै रहँदै आएको छ। लो-प्रोफाइल र सादगीपूर्ण जीवनशैलीका लागि चिनिने मन्सूरेह खोझस्तेह बघेरजादेह इरानको धार्मिक–राजनीतिक संरचनाको महत्वपूर्ण तर पर्दा पछाडिकी पात्रका रूपमा मानिन्थिन्।

प्रकाशित मिति : १८ फाल्गुन २०८२, सोमबार  ९ : १८ बजे

आइतबारका लागि विदेशी मुद्राको विनिमयदर यस्तो छ

काठमाडौँ– नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

आज आइतबार, सूर्यदेवको पूजा गर्नुहोस्

काठमाडौँ– आज २०८३ साल असोज १८ गते आइतबार सन् २०२६

आज २०८३ साल असोज १८ गते आइतबारको राशिफल

काठमाडौँ – २०८३ साल असोज १८ गते आइतबार सन् २०२६

फ्रान्समा अवैध आप्रवासी बोक्ने बेलायती भ्यानभित्र मृत शरीर भेटियो

लिल, फ्रान्स – उत्तरी फ्रान्सको सडकको विश्रामस्थलमा पार्क गरिएको बेलायती

चर्को ध्वनिसहित मोटरसाइकल चलाउनेविरुद्ध कारबाही

गण्डकी – स्वरूप परिवर्तन (मोडिफाइड) गर्ने र चर्को ध्वनिसहित मोटरसाइकल