५० वर्षपछि पुनः चन्द्रमातर्फ मानव पाइला : आर्टेमिस-२ को सफल प्रक्षेपण « Khabarhub

५० वर्षपछि पुनः चन्द्रमातर्फ मानव पाइला : आर्टेमिस-२ को सफल प्रक्षेपण


१९ चैत्र २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


396
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – ५० वर्षभन्दा बढी समयपछि चन्द्रमाको परिक्रमा गर्ने पहिलो मिशन ‘आर्टेमिस–२’ ले सफलतापूर्वक उडान भरेको छ।

नासाले यसलाई अद्भूत दृश्य भनेको छ । पृथ्वीको कक्षमा नासाको अन्तरिक्षयान, १० दिने चन्द्र यात्रा सुरु गरेको हो ।

चार अन्तरिक्षयात्री बोकेर उडेको नासाको रकेटलाई उसले मानवताका लागि एक ऐतिहासिक उडान भनेको छ ।

प्रक्षेपणपछिको पत्रकार सम्मेलनमा नासाका एक अधिकारीले चालक दलका सदस्य ‘सुरक्षित र उच्च मनोबलमा’ रहेको जानकारी दिएका छन्।

उडान भरेको केही समयपछि अन्तरिक्षयात्री रीड वाइजम्यानले भने, ‘दृश्य अद्भूत छ, हामीले चन्द्रमा उदाएको निकै सुन्दर दृश्य देख्यौँ।’

बिबिसीका विज्ञान सम्पादकका अनुसार, प्रक्षेपण यति शक्तिशाली थियो कि रकेट उड्दाको बल शरीरभित्रै महसुस गर्न सकिन्थ्यो।

उडान भर्नुअघिका प्राविधिक समस्याहरू समाधान गर्दै ‘गो फर लन्च’ सम्मको घटनाक्रमलाई हाम्रा विज्ञान संवाददाताले समेटेका छन्।

१० दिने यस मिशनमा रहेका चार अन्तरिक्षयात्री चन्द्रमामा ओर्लिने भने छैनन्। उनीहरूले चन्द्रमालाई घेरेर परिक्रमा गर्नेछन्। यस क्रममा उनीहरू पृथ्वीबाट अहिलेसम्मकै सबैभन्दा टाढाको दूरीसम्म पुग्ने योजनामा छन्।

प्रकाशित मिति : १९ चैत्र २०८२, बिहीबार  ६ : ४३ बजे

अमेरिका–इरान तनाव चर्कियो, दुवै पक्षबाट आक्रमण जारी

वाशिङ्टन– अमेरिकी सेन्ट्रल कमाण्डले आइतबार इरानविरुद्धको सैन्य अभियानको तेस्रो चरण

‘स्वास्थ्य बीमा सामाजिक सुरक्षा हो, यसलाई हटाउने कल्पना गर्न सकिँदैन’

काठमाडौं– केही दिनअघि अर्थमन्त्री डा स्वर्णिम वाग्लेले एउटा अन्तर्राष्ट्रिय सञ्चारमाध्यमसँग

धरौटी नराखी व्यवसाय गर्न पाउनुपर्ने कन्सल्टेसी सञ्चालकको माग, सरकारको नयाँ नियमावलीमा असहमति

काठमाडौं– सरकारले कार्यान्वयनमा ल्याएको ‘शैक्षिक परामर्श, भाषा शिक्षण तथा तयारी

वैदेशिक रोजगारीबाट फर्किएका आचार्य व्यावसायिक सागसब्जी खेतीमा रमाउँदै

इनरुवा– जिल्ला सदरमुकाम इनरुवा–८ का गणेश आचार्य वैदेशिक रोजगारीबाट फर्किएपछि व्यावसायिक

संयुक्त राष्ट्रिय सुकुम्वासी मोर्चाद्वारा सरकारविरुद्ध प्रदर्शन (तस्बिरहरू)

काठमाडौं– सुकुम्वासीहरूलाई उचित व्यवस्थापन बिना नै उठीबास लगाएको भन्दै संयुक्त