महावीर पुन सांसद भएर पनि किन किताब बेच्छन् ? « Khabarhub

महावीर पुन सांसद भएर पनि किन किताब बेच्छन् ?


१९ चैत्र २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


84
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – प्रतिनिधि सभा सदस्य तथा राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक महावीर पुनले आफ्ना परियोजनाहरू सञ्चालनका लागि आर्थिक स्रोत जुटाउन किताब बेचिरहेको बताएका छन् । सांसद हुँदा र नहुँदा पनि आफूले किताब बेचिरहनुको पछाडि बाध्यता रहेको उनले स्पष्ट पारेका छन् ।

पुनका अनुसार हाल राष्ट्रिय आविष्कार केन्द्र, पोखरा आइसीटी इनोभेसन ल्याब र वीरगन्ज कृषि औजार कारखाना गरी तीनवटा क्षेत्रमा ठुलो जनशक्ति कार्यरत छ । जसमा आविष्कार केन्द्र र पोखरा ल्याबमा ३८ जना तथा वीरगन्जमा ४५ जना गरी कुल ८३ जना युवाले प्रत्यक्ष काम गरिरहेका छन् । यसबाहेक १० देखि १५ जनाले इन्टर्नसीप गरिरहेका छन् ।

मासिक २५ लाख रुपैयाँ पारिश्रमिकमै खर्च
उनले करिब ९० जनाको दैनिक खानपिन र पूर्णकालीन कर्मचारीको पारिश्रमिकमा मात्रै मासिक २५ लाख रुपैयाँ खर्च हुने जानकारी दिए । अनुसन्धान र नवप्रवर्तनका लागि आवश्यक मेसिनरी तथा कच्चा पदार्थ खरिदमा पनि ठुलो रकम खर्च हुने उनको भनाइ छ ।

‘आम जनताले दान गरेको पैसाले मात्र पुग्दैन, त्यसैले बाध्य भएर किताब बेचेको हुँ’, पुनले भनेका छन् । उहाँले आफ्नो अवस्थालाई हिन्दी उखान ‘मर्ता क्या नही कर्ता’ सँग तुलना गर्दै काम गर्ने आँट नभई मुख मात्र चलाउनेलाई समेत चुनौती दिनुभएको छ ।

प्रकाशित मिति : १९ चैत्र २०८२, बिहीबार  १० : १४ बजे

देवकुमारी थापा स्मृति पुरस्कार ज्ञान उदासलाई

विराटनगर– देवकुमारी थापा स्मृति गुठीले देवकुमारी थापा स्मृति सम्मान कवि

प्रतिनिधि सभाको बैठकलाई सम्बोधन गर्दै रवि लामिछाने

काठमाडौँ – गत फागुन २१ मा सम्पन्न प्रतिनिधिसभा सदस्यको निर्वाचनपछि

सुनचाँदीको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ?

काठमाडौँ– नेपाली बजारमा सुनचाँदीको मूल्यमा केही गिरावट आएको छ ।

लागूऔषधसहित विभिन्न स्थानबाट २८ जना पक्राउ

काठमाडौँ– नियमित गस्तीमा रहेको प्रहरी टोलीले देशका विभिन्न भागबाट २८

निर्माण व्यवसायी महासंघको नेतृत्वका लागि आज निर्वाचन हुँदै

काठमाडौँ– नेपाल निर्माण व्यवसायी महासंघको १३औँ महाधिवेशन अन्तर्गत आज नयाँ