महावीर पुन सांसद भएर पनि किन किताब बेच्छन् ? « Khabarhub

महावीर पुन सांसद भएर पनि किन किताब बेच्छन् ?


१९ चैत्र २०८२, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


99
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – प्रतिनिधि सभा सदस्य तथा राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक महावीर पुनले आफ्ना परियोजनाहरू सञ्चालनका लागि आर्थिक स्रोत जुटाउन किताब बेचिरहेको बताएका छन् । सांसद हुँदा र नहुँदा पनि आफूले किताब बेचिरहनुको पछाडि बाध्यता रहेको उनले स्पष्ट पारेका छन् ।

पुनका अनुसार हाल राष्ट्रिय आविष्कार केन्द्र, पोखरा आइसीटी इनोभेसन ल्याब र वीरगन्ज कृषि औजार कारखाना गरी तीनवटा क्षेत्रमा ठुलो जनशक्ति कार्यरत छ । जसमा आविष्कार केन्द्र र पोखरा ल्याबमा ३८ जना तथा वीरगन्जमा ४५ जना गरी कुल ८३ जना युवाले प्रत्यक्ष काम गरिरहेका छन् । यसबाहेक १० देखि १५ जनाले इन्टर्नसीप गरिरहेका छन् ।

मासिक २५ लाख रुपैयाँ पारिश्रमिकमै खर्च
उनले करिब ९० जनाको दैनिक खानपिन र पूर्णकालीन कर्मचारीको पारिश्रमिकमा मात्रै मासिक २५ लाख रुपैयाँ खर्च हुने जानकारी दिए । अनुसन्धान र नवप्रवर्तनका लागि आवश्यक मेसिनरी तथा कच्चा पदार्थ खरिदमा पनि ठुलो रकम खर्च हुने उनको भनाइ छ ।

‘आम जनताले दान गरेको पैसाले मात्र पुग्दैन, त्यसैले बाध्य भएर किताब बेचेको हुँ’, पुनले भनेका छन् । उहाँले आफ्नो अवस्थालाई हिन्दी उखान ‘मर्ता क्या नही कर्ता’ सँग तुलना गर्दै काम गर्ने आँट नभई मुख मात्र चलाउनेलाई समेत चुनौती दिनुभएको छ ।

प्रकाशित मिति : १९ चैत्र २०८२, बिहिबार  १० : १४ बजे

जनकपुरले गुमायो दोस्रो विकेट

काठमाडौं- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली

जनकपुरले गुमायो पहिलो विकेट, सोमपालले दिलाए सफलता

काठमाडौं- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली

काठमाडौँका विभिन्न स्थानमा चोरी गर्ने चार भारतीय पक्राउ

काठमाडौँ– काठमाडौँका विभिन्न स्थानमा घर तथा फ्ल्याटमा कोही नभएको मौका

फिल्म फेस्टिभलमा शबाना आजमी र मार्को मुलर सहभागी हुने

काठमाडौँ- काठमाडौँ महानगरपालिकाले कात्तिक १३ गतेदेखि १५ गतेसम्म काठमाडौं फिल्म