धम्कीको भाषामा ट्रम्पले भने : इरानसँग युद्ध जितिसक्यौँ, अब पनि नमाने ढुंगे युगमा पुर्‍याइदिन्छौँ « Khabarhub

धम्कीको भाषामा ट्रम्पले भने : इरानसँग युद्ध जितिसक्यौँ, अब पनि नमाने ढुंगे युगमा पुर्‍याइदिन्छौँ


१९ चैत्र २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


135
Shares
  • change font
  • change font
  • change font

वासिङ्टन- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बिहीबार बिहान राष्ट्रका नाममा सम्बोधन गरेका छन्। उनले सम्बोधनमा अमेरिकाले इरानसँगको युद्धमा जित हासिल गरेको बताउका छन् ।

यसका साथै उनले चेतावनी दिँदै अमेरिकाले २–३ हप्ताभित्र इरानमाथि ठूलो आक्रमण गर्न सक्ने बताएका छन् ।

ट्रम्पले भने, ‘इरानको मिसाइल–ड्रोन क्षमता र नौसेना लगभग समाप्त भइसकेको छ । उसको सैन्य शक्ति निकै कमजोर भएको छ।’

उनका अनुसार यो सैन्य अभियानको प्रमुख उद्देश्य पूरा हुने चरणमा पुगेको छ। उनले थप चेतावनी दिँदै यदि सम्झौता नभए अमेरिका इरानलाई ‘स्टोन एज’ अर्थात् पाषाण युगमा फर्काइदिन सक्ने बताए।

यद्यपि उनले इरानमा सत्ता परिवर्तन भइसकेको र नयाँ नेतृत्व पहिलेभन्दा कम कट्टर भएको दाबी पनि गरेका छन् ।

नयााँ केही बोलेनन्

ट्रम्पले करिब १९ मिनेट लामो भाषण दिए। तर त्यसमा कुनै नयाँ घोषणा गरिएको थिएन। उनले पछिल्लो समयकाा कुरा दोहोर्‍याउँदै इरानलाई धम्की दिइरहे ।

युद्धको लागत र लामो समयसम्म चल्न सक्ने सम्भावनालाई लिएर चिन्तित अमेरिकी नागरिकहरूलाई उनले यो संघर्षलाई फरक दृष्टिकोणबाट हेर्न आग्रह गरे।
उनले इराक युद्ध (८ वर्ष) र भियतनाम युद्ध (१९ वर्ष) को उदाहरण दिँदै इरानसँगको युद्ध त अहिले दोस्रो महिनामै रहेको बताए।

ट्रम्पले युद्ध अन्त्यका लागि इरानसँग वार्ताको प्रस्ताव राखेका छन् । सम्बोधनको एक दिनअघि मात्रै उनले सम्झौताको आवश्यकता नभएको बताएका थिए।

होर्मुज जलडमरू मार्गको सुरक्षाबारे बोल्दै उनले यसको जिम्मेवारी अन्य देशहरूले लिनुपर्ने बताए । जबकि त्यसको अघिल्लो दिन उनले यो मार्ग खुला नभएसम्म कुनै सम्झौता नहुने बताएका थिए।

प्रकाशित मिति : १९ चैत्र २०८२, बिहीबार  १२ : १९ बजे

७ करोड लगानीमा ‘टप दरबार रोधी क्लब’ सञ्चालनमा, भदौ ५–७ सम्म भव्य उद्धाटन

काठमाडौं । काठमाडौंको जमलस्थित विश्वज्योति मलको चौथो तलामा करिब ७

नेपालको आर्थिक रूपान्तरणमा निजी क्षेत्र र संयुक्त राष्ट्रसंघबीच सहकार्यमा जोड

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठ र

मोदी खोलाले बगायो तातोपानी कुण्ड

कास्की । अन्नपूर्ण गाउँपालिका–११ झिनुस्थित मोदीखोला किनारमा रहेको तातोपानी कुण्ड

चिकित्सकहरूमाथि श्रम शोषण रोक्न सरकारले नियमित अनुगमन गर्ने

काठमाडौं । प्रधानमन्त्रीको सचिवालयले प्रशिक्षार्थी तथा आवासीय चिकित्सकहरूमाथि श्रम शोषण

कांग्रेसले सार्वजनिक गर्‍यो महाधिवेशन तालिका

काठमाडौं । नेपाली कांग्रेसले १५ औँ महाधिवेशनको तालिका सार्वजनिक गरेको