वासिङ्टन- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको पछिल्लो भनाइलाई लिएर देशभित्रै विरोध सुरू भएको छ।
एकजना अमेरिकी सांसदले ट्रम्पको भनाइलाई आपत्तिजनक भन्दै कडा आलोचना गरेकी छन् ।
अमेरिकी सांसद यासमिन अनसारीले इरानलाई ढुंगे युगमा फर्काइदिने ट्रम्पको ‘स्टोन एज’ बयानको आलोचना गरेकी छन् ।
उनले सामाजिक सञ्जाल एक्समा लेखेकी छन्, ‘उनी ९ करोड जनसंख्या भएको देशबारे यस्तो कुरा गरिरहेका छन्, यो घृणित, डर लाग्दो र गलत हो।’
उता इरानी सेनाले अमेरिका र इजराइलमाथि भीषण आक्रमण गर्ने चेतावनी दिएको छ।
इरानको सैन्य कमान ‘खातम अल-अनबिया’ले युद्ध जारी रहने र शत्रुलाई कडा जवाफ दिने जनाएको छ। ट्रम्पको ‘स्टोन एज’ चेतावनीपछि यस्तो प्रतिक्रिया आएको हो।














प्रतिक्रिया