तनहुँका एक हजार ५०० जनाको निःशुल्क आँखा जाँच « Khabarhub

तनहुँका एक हजार ५०० जनाको निःशुल्क आँखा जाँच


१९ चैत्र २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


15
Shares
  • change font
  • change font
  • change font

दमौली– तनहुँको भानु नगरपालिकामा सञ्चालन गरिएको निःशुल्क आँखा परीक्षण शिविरमा एक हजार पाँच सय जनाको परीक्षण गरिएको छ। 

नेपाल नेत्रज्योति सङ्घद्वारा सञ्चालित भरतपुर आँखा अस्पतालको प्राविधिक सहयोगमा सञ्चालित सो शिविरमा मोतियाबिन्दुको समस्या देखिएका ११० जनाको शल्यक्रिया समेत गरिएको छ । 

आइतबारदेखि सुरु भई बुधबार सकिएको शिविर अन्तर्गत भानु–१३, भानु –९, भानु–१ र भानु –३ मा आँखा शिविर सञ्चालन गरिएको थियो । आर्थिक अभावका कारण उपचारबाट वञ्चित स्थानीयवासीका लागि शिविरले सहयोग गरेको बताइएको छ । नेत्र विशेषज्ञ डा मारिया गौतम सहितको टोलीले आँखाको शल्यक्रिया गरेका थिए । 

भानु–२ नारेश्वटारस्थित भानु सामुदायिक स्वास्थ्य केन्द्रमा समस्या भएकाको शल्यक्रिया गरिएको स्वास्थ्य शाखा प्रमुख ऐश्वर्यचन्द्र भट्टराईले जानकारी दिए। उनले भने, ‘आँखा जस्तो संवेदनशील अङ्गको उपचार समयमै हुनसकेन भने मानिसको जीवनस्तरमा प्रत्यक्ष असर पर्छ । भानु नगरपालिकाले यही कुरालाई ध्यानमा राख्दै प्रत्येक वर्ष निःशुल्क आँखा शिविर सञ्चालन गर्दै आएको छ । यसवर्ष पनि उल्लेख्य सङ्ख्यामा बिरामीहरूले सेवा लिनुभएको छ ।’

आँखा परीक्षणका लागि सदरमुकाम दमौली, पोखरा वा चितवन जानुपर्ने बाध्यताको अन्त्यका लागि नगरपालिकाले स्थानीयस्तरमै शिविर गरी शल्यक्रिया सेवा प्रदान गरेको भानु नगरपालिकाका प्रमुख आनन्दराज त्रिपाठीले जानकारी दिए ।

‘स्वास्थ्य सेवा नागरिकको आधारभूत अधिकार हो । त्यसैले टाढाटाढा धाउनुपर्ने अवस्थाको अन्त्य गर्न हामीले आफ्नै नगरभित्र विशेषज्ञ सेवा ल्याएका हौँ,’ उनले भने, ‘यसले विशेषगरी आर्थिक रूपमा कमजोर तथा ज्येष्ठ नागरिकलाई प्रत्यक्ष लाभ पुगेको छ ।’
 

प्रकाशित मिति : १९ चैत्र २०८२, बिहीबार  १२ : ३७ बजे

प्रतिनिधि सभाको पहिलो बैठकमा प्रधानमन्त्रीसहित सबै मन्त्रीहरू उपस्थित

काठमाडौं – प्रतिनिधि सभाको पहिलो बैठकमा प्रधानमन्त्री बालेन्द्र शाहसहित मन्त्रिपरिषद्का

संसद्को पहिलो बैठक बस्नेबित्तिकै एमालेको विरोध

काठमाडौं- प्रतिनिधि सभाको पहिलो बैठक बस्नेबित्तिकै नेकपा एमालेले अवरोध गरेको

प्रतिनिधि सभाको पहिलो बैठक (लाइभ)

काठमाडौं–  संघीय संसद् प्रतिनिधि सभाको पहिलो बैठक सुरु भएको छ

नदी कटान रोक्न जैविक तटबन्ध

दोधारा चाँदनी– कञ्चनपुरमा नदी नियन्त्रणका लागि दातृ निकाय र जनश्रमदानमा

एमालेका युवाहरूले घेरे च्यासलस्थित पार्टी कार्यालय (तस्बिरहरू)

काठमाडौं- नेकपा (एमाले) सम्बद्ध युवाहरूले ललितपुरको च्यासलस्थित पार्टी कार्यालय घेरेका