सरकारले राजस्व चुहावट नियन्त्रणलाई अभियानको रुपमा सञ्चालन गर्ने « Khabarhub

सरकारले राजस्व चुहावट नियन्त्रणलाई अभियानको रुपमा सञ्चालन गर्ने


१९ चैत्र २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


201
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सरकारले राजस्व चुहावट नियन्त्रणलाई अभियानको रुपमा सञ्चालन गर्ने भएको छ ।  

बिहीबार अर्थ मन्त्रालयमा बसेको केन्द्रीय राजस्व चुहावट नियन्त्रण समितिको बैठकले राजस्व चुहावट रोक्नका लागि अभियानको रुपमा सञ्चालन गर्ने निर्णय गरेको हो । 

बैठकमा राजस्व चुहावटका रोक्नका लागि विभिन्न विभागहरूले गरिरहेका कामका बारेमा सम्बन्धित निकायका प्रमुखहरूले जानकारी गराएका थिए ।

बैठकमा अर्थमन्त्री डा.स्वर्णिम वाग्ले र गृहमन्त्री सुधन गुरुङले राजस्व चुहावटलाई रोक्न शून्य सहनशीलताको नीति अपनाउन निर्देशन दिएका थिए । 

त्यस्तै मन्त्रीद्वयले सीमामा सूक्ष्म निगरानी राख्न र बजार अनुगमनका केन्द्रित हुन समेत निर्देशन दिएको अर्थ मन्त्रालयका सहसचिव एवं प्रवक्ता टंक प्रसाद पाण्डेयले जानकारी दिए  । 

राजस्वको लक्ष्यमा पुग्नका लागि टास्क फोर्स गठन गरेर कार्य योजनाका साथ नजिता देखिने गरी काम गर्ने र अर्को बैठकमा समीक्षा गर्ने गरी बैठक सकिएको प्रवक्ता पाण्डेयले बताए । 

बैठकले गरेका निर्णयहरू कार्यान्वयनका लागि सम्बन्धित निकायमा पठाउने उनले बताए । बैठकमा अर्थमन्त्री, गृहमन्त्री, विभागीय प्रमुखका साथै तीन वटै सुरक्षा निकायका प्रमुखहरूको समेत उपस्थिति रहेको थियो ।

प्रकाशित मिति : १९ चैत्र २०८२, बिहीबार  १ : ४८ बजे

काठमाडौं प्रवासी नेपालीलाई नेपालमा लगानी गर्न अर्थमन्त्रीको आग्रह 

काठमाडौं– अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले प्रवासमा रहेका नेपालीलाई नेपालमा ढुक्क

संरक्षणको अभावमा जीर्ण बन्दै कान्तिताल

राँझा– नेपालगञ्ज उपमहानगरपालिका–२२ पुरैनीस्थित कान्तिताल संरक्षणको अभावमा जीर्ण बन्दै गएको

जलविद्युत् आयोजनाको सहयोगमा फेदीखोलामा ट्रस पुल निर्माण

दमौली– तनहुँ जलविद्युत् आयोजनाको सहयोगमा भिमाद नगरपालिका–५ स्थित फेदीखोलामा ट्रस

कांग्रेस संस्थापनइतर समूहको राष्ट्रिय भेलामा विधान संशोधन सहितका प्रतिवेदन पेश

काठमाडौं – काठमाडौंको सुकेधारास्थित एक पार्टी प्यालेसमा जारी नेपाली कांग्रेसको संस्थापनइतर समूहको

पोखराको विजयपुर खोलाले बगाएर दुई बालक बेपत्ता

कास्की– पोखरामा आज दिउँसो विजयपुर खोलाले बगाएर दुई बालक बेपत्ता